April 30, 2013

दर्ता गर्न पहिलो हैन जनता र देशको काम पहिलो प्राथमिकतामा राखेर गर्ने चै जनताको दर्ता सुचीमा पहिलो हुन्छ, चेतना भया !

सुन्दा हासो उठ्ला आज दल दर्ता गर्न जादा एमाले र माओबादी बीच को पहिला आएको, को पहिला दर्ता हुने भन्ने निहुमा कुटाकुट हुने स्थिति आएपछि निर्वाचन आयो सुरक्च्या निकायको सहयोग लिन बाध्य भएछ ।

को पहिलो , दोश्रो भन्दा पनि कुरो  यिनको  मनस्थितिको हो  यिनले नेपाली जनतालाइ अझै भेड़ा  नै सम्झ्या छन् जसको चुनाव चिन्ह अगाडी हुन्छ तेस्लाई भोट हालेर पहिलो बनाइदिञ्छन् भन्ने यिनको कोरा बुझाइको हो ।
लौ झगडा मिलेर एमालेले पहिलो दल दर्ता गर्ने अवसर पायो रे माओबादीलाइ पछि पार्यो भनेर केहि पत्रकार बन्धु हरुले ठोक्दिहाले तिनका पत्रिकाका भित्तामा, अफवाह फैलाउन माहिर पत्रकार हरुलाई के भन्ने हो   खै ?

जनतालाइ दर्ता गर्न पहिलो हैन जनता र देशको काम पहिलो प्राथमिकतामा राखेर गर्ने चै सधै जनताको दर्ता सुचीमा पहिलो हुन्छन जनताले तिनलाई चुन्ने हुन्  नकि  पहिलो नम्बरमा दर्ता गराउदा जनताले  झुक्याएर पहिला भोट हाल्ने मानसिकता परिबर्तन गर्न सकिन्छ भन्ने संकीर्ण सोच राख्ने हरुलाई ।
  
होला एमाले अगाडी पुग्यो दल दर्ता गर्न,एमाओबादी अलि ढिलो भो होला आपसी स्वहर्दता मा दर्ता गर्या भए भै हल्थियो नि     उसको लोकतन्त्र प्रतिको प्रतिबद्दता निष्ठा अनि चुनाव प्रतिको  बिश्वास होला तर यस्ता झिना मसिना  कुरामा झगडा गरेर  लोक हसाउने कुरो चै अलिक हजम हुदैन कि भन्ने मात्र हो ।

जनताका प्रस्न अझै अनुतरित छन् ???
खै के हुन् त यिनका प्राथमिकताका सुची ? फेरी पहिला को संबिधान सभाको जस्तै देशको ढुकुटी रित्याउने भएको राष्ट्रिय एकता पनि भताभुङ्ग पार्ने गिजोलेर देशलाई पहिला को भन्दा पनि बेहाल अवस्था मा लैजाने तेही हो प्रतिबद्द  ता ? के हुन  तिम्रा प्राथमिकता ? कि नया  संबिधान सभाले पहिलाको संबिधान सभाले जस्तो जनता को थालथालमा भात हल्दिंछ त फेरी पनि? 
संबिधान सभा नै देश को सबै समस्या को समाधान हो भन्ने के ग्यारेन्टी ? 
संबिधान बन्छ भन्ने ग्यारेन्टी के ? तिम्र सामुहिक प्रतिबद्दता खै ?

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More