April 13, 2013

मृत्युपछि तपाईँको इमेल अकाउण्ट ?

 गुगलले मृत्युपछि आफ्ना प्रयोगकर्ताहरुलाई उनीहरुको मृत्युपछि अकाउण्ट कसैलाई जिम्मा दिने कि डिलिट गर्ने भन्ने छनोट गर्ने अवसर दिने व्यवस्था गर्दैछ ।
 गुगलले युट्युब, तस्वीर सम्पादन गर्ने सफ्टवेयर पिकासा र ब्लगस्पटको आइडीमा समेत यो व्यवस्था गर्न लागेको हो । अमेरिकाको क्यालिफोर्नियामा मुख्यालय रहेको गुगलले पासवर्ड विश्वासपात्रलाई दिने वा डिलेट गर्ने भनेर रोज्ने अधिकार प्रयोगकर्तालाई नै दिएको छ ।
 इन्टरनेट मृत्युपछि मात्रै नभई यदि तपाईँलाई केही समय इन्टरनेटबाट टाढिन मन लाग्यो भने त्यो विकल्प रोज्ने अवसर दिन लागेको छ ।
 इन्टरनेट प्रयोगकर्ताहरुको यस सम्बन्धमा रहँदै आएको गुनासोलाई ध्यान दिएर नै गुगलले यो व्यवस्था गर्न लागेको हो । डिलीट गुगलका अनुसार प्रयोगकर्ताले आफ्नो इच्छा अनुसार तीन, छ, नौ वा बाह्र महिनामा आफ्नो अकाउण्टमा रहेका सूचना डिलिट गर्ने व्यवस्था लागू गराउन सक्दछन् ।
सूचना डिलिट गर्नुभन्दा अगाडि प्रयोगकर्तालाई इमेल वा अकाउण्टमा उल्लेखित फोन नम्बरमा एसएमएस गरेर जनकारी गराइन्छ ।
समाजिक सञ्जाल फेसबुकले पनि प्रयोगकर्ताको अकाउण्टमा भएका सामग्रीलाई उसको मृत्युपछि स्मरणीय बनाउने विकल्प तयार गरेको छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More