March 3, 2013

यो मुलुक बन्द हड्ताल गर्ने, मार पिट गर्ने , जसको लाठि उसकैहो भैसी भन्ने हरुकै भाको हो त?


सधै भरको बन्द, हाद्ताल, चक्का जामको मारले  मुलुक गहिरो आर्थिक  भुमरीमा फसेको छ , दैनिक काम गरेर 2 छाक खानेको कन्तबिजोक छ , मुलुक रेमिटान्सले नै धानिदिएकोछ , राजनीतिक दल जनता र देशको सेवा गर्न हैन देश र जनताको दोहोलो काड्न राजनीति गर्छन । मिल्ने भए भरौटे , गुण्डागर्दी लागि पालेर राखेका ार्यकर्तालाइ घरघर लुट्न पठाएर हरेक  नेपालीलाइ नाङ्गेझारपारि भेडा बाख्रा जस्तो बेची सक्थिये होला ।
हद हुन्छ हरेक कुराको , अब कति बन्द ? आज निजि  सैछिक  संस्थाहरु,  फेरी आउदो बुधबार ड्यास  माओबादी को बन्द रे ..!

हुन पनि यहाँ हत्या हिम्सा , अराजकतालाई नै प्रसय द्दिने मलजल गर्ने काम गरिन्छ , हेरौन महिला हिम्सा बिरुद्द बालुवाटारमा सत्याग्र गर्ने चेलीहरुको  आवाज होस् या भ्रस्टाचार बिरुद्द मरण अनसन बसिरहेकी सारदा भुसाल हरुको आवाज 8 दिन सम्म सुन्न देख्न यहाका सबै निकायहरुका आखा, कान काम नलाग्ने  भए,  
अब बन्दुकका गोलि, लाठि र हिम्सा प्रयोग गरेर गरिने मागको मात्र सुनुवाई हुने गम्भीर प्रकारका  कुप्रथाको बिजारोपण हुन थालेको छ ।
निजि कलेजमा बिद्यार्थी संगठन दर्ता गर्न नदिएको निहुमा क्रान्तिकारी ड्यास माओबादीले गोल्डेन गेट कलेजको गाडी जलाइदिएको निहुमा फेरी सबै बन्दबिरुद्द आवाज निकाल्ने गुरुहरुले संस्थागत्  निर्णय गरि    सैछीक संस्थाहरु बन्द गरे अब यहाँ को भन्दा को कम ? 
यी सब अराजक क्रियाकलाप हरुले दुख पाउने हामी  जनता हैनौ र ? यी सबै अरजकता सिर्जना गर्ने  बतासेहरुलाई  तहलगाउन अब फेरी एकपटक हामि सबैको खबरदारी जरुरि भएको छ  सबैले बन्द बिरुद्द आवाज उठाऔ ...र भनौ हामीलाई गरिखाने बाताबरण बनाउन सहयोग गर्न सक्दैनौ भने बाताबरण बिगार्ने अधिकार तिमि  चन्दा र लुटपाटको धनमा बाचेका हरुलाई छैन ।खबरदार! होसियार !


0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More