bbc-साझासवाल टिमले नेपालका विभिन्न ठाउँमा गएर कृषि उधमी हरुसंग गरेको अन्तरबार्ता उनीहरुका प्रेरक कथा दिनहु हज्जारौको संख्यामा विदेश पलयान भैरहेका युवा र केहि गरौ भनि ठुलोठुलो काम सोचेर बसेका दाजुभाइ हरुलाई प्रेरणाको स्रोत बन्न सक्तछ ।
सधै नेताले बोलेका, हगेका , पादेका बकम्फुसे कुरा गरेर सबै नागरिकलाइ बिरक्त बनाउने भन्दा अब संचार माध्याम हरुले यस्ता खालका उत्प्रेरणा जगाउने कार्यक्रम ल्याए राष्ट्र र जनताका लागि साचो अर्थमा योगदान हुनेथियो ।
नारायण श्रेष्ठ र साझासवाल टिमलाइ यस कार्यको अगरसरता लिनुभएकोमा धन्यबाद र निरन्तरताको कामना।
आज हामी नियमित बहस भन्दा अलिक फरक ढंगको साझा सवाल प्रस्तुत गर्दैछौं।
साझा सवाल रेकर्डिङका लागि बेलाबेलामा हामी नेता, सरकारी कर्मचारी, विश्लेषकहरुसँगै देशको विभिन्न भागका नागरिकसम्म पुग्छौं । त्यो बेलाका नियमित बहस त तपाइहरुले सुन्दै हेर्दै आउनुभएको छ ।
तर विभिन्न ठाउँमा जाँदा हामीले त्यहाँ र त्यस वरपर कृषि क्षेत्रमामा उद्यम गरिरहेका नेपालीहरुलाई भेटेका छौं । तिनीहरुको संघर्ष, पौरख र चुनौतिका कथा यसपटकको साझा सवालमा । यो साता साझा सवालमा हामी धादिङ धार्केका बाख्रा पालक किसान नवराज आचार्य, गोरखा च्याङ्लीका गाई पालक किसान राजेन्द्रराज पन्त, गण्डकी रेन्वो ट्राउट फार्मका अमृत गुरुङ र लालचन गुरुङ, पोखरामा व्यवसायिक च्याउ खेती गरिरहेका टिका अर्याल र पर्वतको देउपुर गाविसका मौरीपालक देवीप्रसाद तिमिल्सिनाको कथा प्रस्तुत गर्दैछौं ।
The successful and inspirational stories of the agricultural entrepreneur of nepal. We really no need to go abroad for job we can do so many things in our country.
Soure: BBC sajha sawaal.
Soure: BBC sajha sawaal.
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.