.jpg)
हार्वर्ड मेडिकल स्कुलको अनुसन्धानकर्ताहरूका अनुसार, ईश्वरमा आस्था राख्ने व्यक्ति मानसिक रूपले मात्र स्वस्थ रहँदैनन्, डिप्रेसनको उपचारको समय उनीहरूमा राम्रो परिणाम देखिनेसमेत गरेको छ ।
यो अनुसन्धानमा डिप्रेसन भएको १ सय ५९ व्यक्तिलाई एक वर्षसम्म निरीक्षण गरियो । हरेक रोगीलाई ईश्वरमा तिनको आस्था र यसको उपचारमा पर्ने असरबारे १ देखि ५ सम्म अंक दिन भनियो । ईश्वरमा कम आस्था राख्ने व्यक्तिमा उपचारको असर ईश्वरमा आस्था राख्नेको तुलनामा कम देखियो ।
बदाम र ओखरले तौल कम
ड्राइफ्रुटको सेवनले मोटोपना बढ्दैन । बरु तौल कम गर्न सघाउ पुग्छ ।
यो अध्ययन स्पेनका वैज्ञानिकहरूले गरेका हुन् । त्यसअनुसार, दिनहुँ करिब ३० ग्राम ओखर र बोक्रा नताछिएको बदाम खाने गरे बोसो बढ्न पाउँदैन । बदाम र ओखरमा केही यस्तो तत्त्व पाइन्छ जसले मस्तिष्कमा भएको रसायन सेरोटोनिनको स्तरलाई बढाउँछ । यो रसायनले भोकको अनुभूति कम गर्छ ।
पक्षाघात, हृदयाघात र मधुमेहको लक्षणसहित मेटाबोलिज्मको समस्याले ग्रस्त २२ रोगीको १२ सातासम्म अध्ययन गरेर यो प्रभावको खोजी गरिएको हो । युनिभर्सिटी अफ बार्सिलोनाका वैज्ञानिकहरूले रोगीको खानपानमा बदाम र ओखरलाई सामेल गरे, जसले उनीहरूलाई तौल कम गर्न र स्वस्थ रहन सहयोग पुग्यो ।
कम खानाले मस्तिष्क तीक्ष्ण
कम खानाले दिमाग तेज हुन्छ । यो अनुसन्धानमा स्मरणशक्ति र सिक्ने प्रक्रियाको लागि महत्त्वपूर्ण सीआरईबी १ प्रोटिनमा ध्यान केन्दि्रत गर्ने निर्णय लिइएको थियो ।
वैज्ञानिकहरूले मुसामा प्रयोग गर्दा क्यालोरीको मात्रा कम गर्नाले सिक्ने प्रक्रियामा तीव्रता आउने पाए । स्मरणशक्ति बलियो बनाउनमा भिटामिन बीले सघाउँछ । अक्सफोर्ड युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले आपmनो अध्ययनमा पाएअनुसार, दिनहुँ कुनै न कुनै रूपमा भिटामिन बी सेवन गर्नाले बुढ्यौलीमा डिमेन्सिया र अल्जाइमरबाट बच्न सकिन्छ ।
यो अध्ययनमा अढाइ सयभन्दा बढी व्यक्तिले भाग लिएका थिए । यसमा ७० वर्ष र अझ पाको उमेरका ती व्यक्तिहरू थिए, जसको स्मरणशक्ति कमजोर थियो । उनीहरूलाई खानामा दुई वर्षसम्म निरन्तर अंकुरित अनाज, केरा, सिमी र रातो मासु आदि मजाले खान दिइयो ।
प्रशस्त भिटामिन बी भएका यी वस्तु सेवन गर्ने व्यक्तिको स्मरणशक्तिमा तीव्र गतिले सुधार
भयो । अनुसन्धानकर्ताका अनुसार, सप्लिमेन्टको दाँजोमा भिटामिन बीयुक्त वस्तुको सेवन बढी फाइदाजनक साबित हुन्छ । यसैले हामीले भिटामिन बी पाइने खाद्यपदार्थलाई भोजनको नियमित अंग बनाउनुपर्छ ।
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.