January 1, 2013

Energy drinks are harmful to health-होसियार! इनर्जी ड्रिंक्सले स्वास्थ्यलाई हानी गर्छ

रेडबुल, म्याट्रिक्स जस्ता अनेक नामका इनर्जी ड्रिंक्स बजारमा छन् । शक्तिबर्धक पेय भनिने यी स्वादिष्ट पेय पछिल्लो समयमा युवाहरुमाझ निकै लोकप्रिय पनि बनिरहेका छन् । पेडियाट्रिक्स नामक जर्नलमा छापिएको एक अध्ययनले समेत सन् २००३ मा १६ प्रतिशत किशोरकिशोरीले नियमित रुपमा इनर्जी ड्रिंक्स पिउने गरेकोमा यो संख्या सन् २००८ सम्म आइपुग्दा ३५ प्रतिशतले बढेको देखाएको थियो । त्यस यता इनर्जी ड्रिंक्स पिउनेको संख्यामा अझै नाटकीय वृद्धि भएको दाबी विज्ञहरुको छ ।

इनर्जी ड्रिंक्सले पूराउने लाभ तथा हानीका विषयमा समयसमयमा विभिन्न प्रकारका समाचार तथा हल्लाहरु सार्वजनिक नभएका होइनन् । तर, पछिल्लो समयमा अमेरिकामा यस्ता पेय पदार्थको अत्यधिक सेवनका कारण मानिसहरु विरामी हुने र ज्यानै समेत गुमाउने दर बढेपछि यस्ता ड्रिंक्स स्वास्थ्यका लागि कत्तिको हानिकारक छन् भन्ने विषयको खोजी निकै चासोको विषय बन्यो ।


आखिर इनर्जी ड्रिंक्समा के त्यस्ता हानिकारक रसायनहरु हुन्छन् ? जसले मानव स्वास्थ्यलाई हानी गर्छन् ? शोधकर्ताहरुले इनर्जी ड्रिंक्समा हुने यस्ता हानिकारक तत्वहरुको सूचि तयार पारेका छन्, त्यसमा:


क्याफिन: यो इनर्जी ड्रिंक्समा हुने सबैभन्दा प्राथमिक रसायन हो । यो तत्वको मात्रा इनर्जी ड्रिंक्सको प्रकार हेरी फरक फरक पाइन्छ । तरपनि सबैखाले इनर्जी ड्रिंक्समा यसको मात्रा मानव सरीरका लागि हानिकारक तहमै भएको पाइन्छ । क्याफिन नामक रसायन सरीरमा बढि हुँदा त्यसले ब्लड प्रेसर बढाउने, गर्भवती महिलामा समय भन्दा छिटो बच्चा जन्मिने तथा कहिलेकाहीँ व्यक्तिको तत्कालै मृत्यु हुन जस्ता समस्या निम्ताउँछ ।


गुआरना: गुआरनिन नामक रसायन पाइने यो एक दक्षिण अमेरिकी वनस्पती हो । गुआरनिन पनि क्याफिन रसायनको एक प्रकार नै हो । एक ग्राम गुआरना वनस्पतीमा ४० मिलिग्राम क्याफिन पाइन्छ । इनर्जी ड्रिंक्समा यो वनस्पतीमा पाइने गुआरनिन रसायन समेत मिसाइएको हुन्छ । यसो हुँदा इनर्जी डिं«क्समा क्याफिनको मात्रा अझै बढ्न गई झनै हानिकारक हुन्छ ।


चिनी: इनर्जी ड्रिंक्समा चिनीको मात्रा निकै उच्च हुन्छ । प्रत्येक ८ औँश इनर्जी ड्रिंक्समा २१ देखि ३४ ग्रामसम्म चिनी पाइन्छ । यसमा पाइने चिनी ग्लुकोज, सुक्रोज तथा फ्रुक्टोज लगायतका रुपमा पाइन्छ । तिनवटा इनर्जी ड्रिंक्सका क्यान पिउनेले १८० मिलिग्राम चिनी खाएको हुन्छ जुन मान्छेको दैनिक सन्तुलित मात्रा भन्दा ६ गुणा बढि हो । त्यसैले इनर्जी ड्रिंक्समा चिनीको मात्रा उच्च हुने भएकाले यसको सेवनले मोटोपनाको समस्या, दाँतको समस्या तथा चिनीजन्य अन्य समस्याहरु समेत देखा पर्छन् ।


टाउरिन: इनर्जी ड्रिंक्समा पाइने अर्को रसायन हो टाउरिन । यो निकै महत्वपूर्ण एमिनो एसिड हो जसले मस्तिष्कको विकाश तथा सरीरमा लवण र पानीको सन्तुलनमा सहयोग पूराउँछ । यसले व्यक्तिको खेलकुद क्षमता पनि बढाउँछ । तर इनर्जी ड्रिंक्समा यो तत्वको मात्रा आवश्यकता भन्दा बढि हुन्छ । यो तत्व आवश्यकता भन्दा बढि हुँदा खास के असर पर्छ भन्ने कुरा अहिलेसम्म पत्ता नलागेको भएपनि सरीरमा आवश्यकता भन्दा बढि प्रोटिनजन्य पदार्थ थुप्रिँदा त्यसले अवश्यपनि हानी पूराउँछ नै ।


गिन्सेंग: यो तत्वले सरीरमा व्यक्तिको खेलकुद क्षमता बढाउने, रोग प्रतिरोधी क्षमताको विकाशमा सहयोग पूराउने तथा व्यक्तिको मानसिक स्वास्थ्यमा पनि सहयोग गर्ने बताइन्छ । तरपनि यसको वैज्ञानिक पुष्टि विश्वसनीय रुपमा हुन सकेको छैन । उल्टै यो तत्वका विभिन्न खाले नकारात्मक असर पनि छन् । यसको मात्रा बढि भयो भने टाउको दुख्ने, उच्च तनाव तथा अनिद्रा जस्ता असरहरु देखिन्छन् । इनर्जी ड्रिंक्समा पाइने यो तत्व सर्जरी गराइरहेका वा केही निश्चित औषधिको सेवन गरिरहेका व्यक्तिहरुको लागि निकै हानिकारक मानिएको छ ।


भिटामिन बी लगायतका अन्य तत्व


भिटामिन बी सरीरका लागि निकै फाइदाजनक तथा अनिवार्य भिटामिन हो । यसले मानिसलाई मुटुसम्बन्धि रोग तथा क्यान्सर लगायतबाट बचाउन सहयोग गर्छ । तर इनर्जी डिं«क्सहरुमा भिटामिन बी को मात्रा निकै कम मात्रामा वा नाम मात्रैको हुन्छ । त्यसैले इनर्जी ड्रिंक्सहरुले आफुमा भिटामिन बी पाइने भन्दै गर्ने प्रचार निरर्थक रहेको र इनर्जी डिं«क्सहरुमा पाइने निकै न्यून मात्राको भिटामिन बीले सरीरमा कुनै प्रभाव पार्न अपर्याप्त हुने विज्ञहरु बताउँछन् ।


इनर्जी ड्रिंक्सहरुमा अरु विभिन्न नामका रसायन पनि हुन्छन् जसको कुनै फाइदा थाहा छैन र सम्भावित जोखिमको बारेमा पनि अध्ययन भएको छैन । विज्ञहरुका अनुसार कार्निटिन, योहिम्ब तथा बिटर अरेन्ज जस्ता तत्वहरुले मानव स्वास्थ्यमा पार्ने असरको बारेमा अनुसन्धान आवश्यक छ ।


इनर्जी ड्रिंक्सको नियमित सेवनले मानव स्वास्थ्यमा सकारात्मक भन्दा नकारात्मक असर बढि पूराउने निष्कर्ष विज्ञहरुले निकालेपनि यसमा अझै वैज्ञानिक र गहन शोध आवश्यक रहेको बताउँछन् । त्यसैले आफ्ना किशोरकिशोरी सन्तानको इनर्जी ड्रिंक्स बढि पिउने बानी नियन्त्रण गर्न अभिभावक चनाखो हुनुपर्ने सुझाव उनीहरुको छ । इनर्जी ड्रिंक्स प्रचार गरिएजस्तो शक्तिबर्धक पेय होइनन्, उल्टै यिनीहरुमा दीर्घकालमा सरीरको शक्ति वा स्वास्थ्य क्षय गर्छन् । विज्ञहरुका अनुसार इनर्जी ड्रिंक्समा रक्सी मिसाएर खानु अझै हानिकारक हो ।


0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More