Some of common health problem at home and their treatment at home instructions in nepali.
रोगभन्ने बित्तिकै हामीलाई डरलाग्छ । उपचारका लागि अस्पताल वाक्लिनिक कुँदिहाल्छौँ । गाउँघरतिर सानो तिनो रोगब्याधमा घरायासी औषधि र जडिबुटी प्रयोग गर्ने तथा झारफुक समेत गर्ने प्रचलन छ । तर सहरबजार तिर घरायासी औषधितथा घरेलु उपचारको बारेमा धेरैलाई थाहैँ हुँदैन । थाहाभएपनि घरेलु औषधिप्राप्त हुँदैनन् । यस्तो अवस्थामा क्लिनिक कुँदेर एलोप्याथिक औषधि लिनुको विकल्पहुँदैन । यद्यपि सहर बजारमा समेत हामीले घरकोठामै केही सामान्य रोगको घरेलु विधिबाटै उपचार गर्न सक्छौँ । यसो गरियो भने उपचार खर्च जोगिने मात्रहोइनऔषधिको नकारात्मक असर बाट पनि बँचिन्छ । यहाँ हामीले केही रोग र तिनका घरेलु उपचारका विषयमा जानकारी प्रस्तुत गरेका छौँ :
१. चिसो र रुघाखोकीः चिसो र रुघाखोकीलागेमा मरिच र सुकेको अदुवापिँधेर धुलो बनाउनुहोस्, त्यसलाई महमामोलेर दिनको २।३ पटक खानुहोस् । यसो गर्दा रुघाखोकी सन्चो हुन्छ । साथै बेसारमा मह मिसाएर खाने गरेमापनि रुघाखोकी र चिसो भाग्छ ।
२. वान्ताः वान्तावा उल्टी विभिन्नकारणले हुनसक्छ । सामान्य उल्टी रोक्नकालागिपानीमाकागतीको रस र केहीनुनहालेर खाँदाफाइदा हुन्छ । साथै कागतीको रस र चिनीमिसाएर पानीमाहालेर खाँदापनि उल्टी रोक्न मद्दत गर्छ ।
३. कब्जियतः रातमाखानाखाइसकेपछि
इशागोल र दूधमिलाएर खाँदाकब्जियतमाफाइदा
हुन्छ । साथै बिरे नुनको सेवनले पनिकब्जियतमा राहत पुग्छ ।
४. सुख्खाखोकीः दुइ तिनवटा ल्वांग घिउमा तताएर मुखमाहाल्नुहोस् र चपाउनुहोस् । नियमित रुपमायसो गर्दा सुख्खाखोकीकमहुँदै
जान्छ । साथै मरिच र अदुवाको धूलो बराबर मात्रामातातो घिउमा मिलाएर खाँदापनि हुन्छ ।
५.खकार सहितको खोकीः अदुवा, मरिच तथातुलसीका केहीपातमिलाएर पिँध्नुहोस् अनि तातो पानी मामिलाएर खानुहोस् । धनिया, चिनी र पानी मिलाएर पकाएर बिहानपखपिउँदापनिखकार
सहितको खोकीकम हुन्छ ।
६.अपचतथा पेटफुलिने, ग्यास भरिनेः ५ ग्राम सुकेको अदुवाको धूलो १ लिटर पानीमाउमालेर दिनको २।३ पटक पिउनुहोस् । साथै एक चम्चामनतातो पानीमा एक चिम्टी हिंग घोलेर पिउनुहोस् । यसो गर्दा अपचहुने तथा पेट फुलिने, डकार आउने जस्ता समस्याकम हुन्छन् ।
७. दाँतदुखेमाः ल्वांगको तेल किराले खाएको दाँतको प्वालमा राख्नुहोस् । साथै दाँतदुखाइकमगर्न हिंगतथानुनमिलाएर
दुखेको दाँतमा राख्नु पनिउपयुक्त हुन्छ । मरिच र ल्वांगमुखमा राखेर चपाउँदापनिदाँतको दुखाई केहीकम हुन्छ ।
८. कानदुखेमाः अदुवाको रस मनतातो गरी तताएर दुइचार थोपाकानमानियमित
राख्दाकानको दुखाइकम हुन्छ । साथै लसुनको रसकादुइचार थोपाकानमादिनको ३ पटक राख्नुहोस् । यसो गर्दा पनिकानको दुखाइकम हुन्छ ।
९. झाडापखालाः सुकेको अदुवाको धुलो र चिनीपानीमामिलाएर
दिनमा दुइपटक पिउनुहोस् । इशागोल र दहीमिलाएर दिनको दुइ पटक खानुहोस् । मोहीमाचियापत्तिमिलाएर खाँदापनि झाडापखाला कम हुन्छ ।
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.