September 3, 2012

Buddha was born in nepal not in india, बुद्धको जन्मस्थल भारत नभएर नेपाल हो

By : प्रा.डा. दयानन्द बज्राचार्य
भारतीय मूलका अमेरिकी पत्रकार फरिद जकारियाको पुस्तक ‘पोस्ट अमेरिकन वल्र्ड’मा बुद्धको जन्म र बौद्धधर्मको उत्पत्ति भारतमा भएको उल्लेख गरेकोमा केही समयअघि दिनानाथ शर्माले आपत्ति जनाएका थिए । जकारियाले गलत नियतले जानी-जानी आफ्नो पुस्तकमार्फत विश्वलाई बुद्धको जन्मस्थल भारत भएको झूटो सन्देश दिनखोजेका शर्माको निष्कर्ष थियो । हुन पनि जकारियाजस्ता बौद्धिक व्यक्तिलाई बुद्धको वास्तविक जन्मस्थल नेपाल हो भन्ने सामान्य ज्ञान नभएको विश्वास गर्न गाह्रो छ । आफ्नो विदेश भ्रमणका क्रममा मैले पनि पश्चिमी मुलुकमात्र नभएर द. कोरिया, जापान, चीन, भियतनाम, थाइल्यान्डजस्ता ठूलो संख्यामा बौद्धधर्म अनुयायी भएका देशमा समेत धेरै शिक्षित व्यक्तिलाई बुद्धको जन्मस्थल लुम्बिनी हो र उक्त भूभाग नेपालमा पर्छ भन्ने ज्ञान नभएको पाएको छु ।

केही वर्षअघि दक्षिण कोरियामा आयोजित एक वैज्ञानिक सम्मेलनमा भाग लिएको थिएँ । सम्मेलनपछि विदेशी पाहुनालाई सम्मेलनका आयोजकद्वारा कोरियाका विभिन्न सहर अनि राजधानी सोलबाट केही टाढा रमणीय पहाडमा अवस्थित एक बौद्धस्थलको भ्रमण गराइएको थियो । पाहुनाहरू बोकेको टुरिस्ट बसमा एक पेसावर महिला टुरिस्ट गाइड पनि थिइन् । उनले बौद्धस्थलबारे जानकारी दिँदै बुद्धको जीवनीबारे चर्चा गर्न थालिन् । यसैक्रममा उनले बुद्ध भारतमा जन्मिएको बताइन् । उनले सायद यस्तो गलत सन्देश धेरै वर्षदेखि विदेशी एवं स्वदेशी पर्यटकलाई दिँदै आएकी थिइन् । एक पेसावर टुरिस्ट गाइडलाई समेत बुद्धको जन्मस्थल नेपाल हो भन्ने ज्ञान नभएको थाहा पाउँदा निकै अचम्म लागेको थियो । मैले आफू नेपालबाट आएको परिचय दिँदै बसभित्रै उनलाई बुद्ध जन्मेको देश भारत होइन, नेपाल हो भनी सच्याउन खोज्दा उनी अकमक्क परेकी थिइन् । ती कोरियाली महिलालाई वास्तवमै बुद्धको जन्मभूमि नेपाल हो भन्ने थाहा रहेनछ । उनले विद्यार्थी छँदा बुद्धको जन्म र बौद्धधर्मको उत्पत्तिस्थल भारत भनेर पढेकी रहिछन् । बुद्धको जन्मस्थल र नेपालबारे थप अध्ययन गर्न मैले उनलाई आग्रह गरेको थिएँ । उनीमात्र होइन, बसमा यात्रा गरिरहेका सबैजसो विदशी पाहुनालाई पनि लुम्बिनीबारे र बुद्ध जन्मिएको देश नेपाल हो भन्ने थाहा रहेनछ ।

बौद्धस्थल पुग्दा त्यहाँ कोरियाली एवं विदशी पर्यटकको ठूलो घुइँचो थियो । शैक्षिक भ्रमणमा आएका विद्यार्थीको पनि निकै ठूलो भीड थियो । मन्दिरभित्र ढंुगाबाट निर्माण गरिएको बुद्धको विशाल तथा आकर्षक मूर्ति थियो । उक्त मूर्ति धेरै वर्षअघि भारतबाट आएका मूर्तिकारले तयार पारेको रहेछ । सायद यस्तै कारणले होला, त्यहाँ विभिन्न समूहमा पर्यटकलाई बुद्धको जीवनीबारे जानकारी दिइरहेका अन्य टुरिस्ट गाइडले पनि बुद्ध भारतमा जन्मिएकोे र बौद्धधर्म भारतबाट आएको बताइरहेका थिए । त्यहाँका केही भिक्षुगणलाई सोध्दा उनीहरूलाई पनि बुद्ध नेपालको लुम्बिनीमा जन्मिएकोे भन्ने ज्ञान रहेनछ । कोरियामात्र होइन, जापान, चीन, थाइल्यान्ड र भियतनामजस्ता बहुसंख्यक बौद्धधर्म अनुयायी भएका मुलुकको बौद्धस्थलहरू भ्रमण गर्दा मैले यस्तै अनुभव गरेको थिएँ । यी देशका थुपै्र मानिसलाई बुद्ध नेपालमा जन्मिएको भन्ने सामान्य ज्ञान रहेनछ । उनीहरू वास्तवमै बुद्धको जन्म भारतमा भएको ठान्छन् । यो मेरो व्यक्तिगत अनुभव हो ।

धेरै विदेशीलाई बुद्ध जन्मेको देश नेपाल नभएर भारत हो भन्ने भ्रम सिर्जना हुनुको प्रमुख कारण एकातिर भारतका विभिन्न पक्षले विभिन्न माध्यमबाट बुद्ध भारतमा जन्मिएका हुन् भन्ने गलत सन्देश समय-समयमा विश्वलाई दिँदै आउनु हो । त्यस्तै यसमा नेपालको पनि कमजोरी छ । नेपालले यसको सशक्त प्रतिवाद गर्दै बुद्धको जन्मभूमि भारत नभएर नेपाल हो भन्ने सही सन्देश विश्वभर प्रभावकारी ढंगले फैलाउनसकेको छैन ।

कुनै विदेशीले बुद्ध भारतमा जन्मिएकोे भन्दा हामी आक्रोशित हुन्छौं र त्यसको विरोध गर्छौं । केही वर्षअधि एउटा हिन्दी सिनेमामा बुद्ध भारतमा जन्मिएकोे भनेर देखाउँदा नेपालीहरू निकै आक्रोशित भएका थिए र सिने निर्माता एवं भारत विरुद्ध देशका विभिन्न भागमा जुलुस, हडताल र नाराबाजी भएका थिए । तर भावुकतावश गरिएका यस्ता आँधी-हुरीजस्ता प्रतिक्रिया क्षणिक हुन्छन् । हाम्रो आक्रोश पनि केही समयपछि शान्त हुन्छ, चियाको कपमा आएको आँधीजस्तो । अनि हामी सबै कुरा बिर्सिदिन्छौं । हामी बुद्ध जन्मिएकोे देशको नागरिक भनेर गर्वमात्र गर्छौं, तर बुद्धको जन्मस्थल भारत नभएर नेपाल हो भन्ने सन्देश विश्वमा फैलाउन कुनै समझदारीपूर्ण प्रयास गर्दैनौं । स्थानीय पत्रपत्रिकामा भारतको विरोध गरेरमात्र अन्तर्राष्ट्रिय जगतमा बुद्धको जन्मभूमिबारे व्याप्त भ्रमलाई निर्मूल गर्न सकिन्न । यसका निम्ति हामीले अन्तर्राष्ट्रिय स्तरमै प्रयास गर्न आवश्यक छ ।

भारतीय मूलका अमेरिकी पत्रकार फरिद जकारियाको पुस्तक ‘पोस्ट अमेरिकन वल्र्ड’मा बुद्धको जन्म र बौद्धधर्मको उत्पत्ति भारतमा भएको उल्लेख गरेकोमा केही समयअघि दिनानाथ शर्माले आपत्ति जनाएका थिए । जकारियाले गलत नियतले जानी-जानी आफ्नो पुस्तकमार्फत विश्वलाई बुद्धको जन्मस्थल भारत भएको झूटो सन्देश दिनखोजेका शर्माको निष्कर्ष थियो । हुन पनि जकारियाजस्ता बौद्धिक व्यक्तिलाई बुद्धको वास्तविक जन्मस्थल नेपाल हो भन्ने सामान्य ज्ञान नभएको विश्वास गर्न गाह्रो छ । आफ्नो विदेश भ्रमणका क्रममा मैले पनि पश्चिमी मुलुकमात्र नभएर द. कोरिया, जापान, चीन, भियतनाम, थाइल्यान्डजस्ता ठूलो संख्यामा बौद्धधर्म अनुयायी भएका देशमा समेत धेरै शिक्षित व्यक्तिलाई बुद्धको जन्मस्थल लुम्बिनी हो र उक्त भूभाग नेपालमा पर्छ भन्ने ज्ञान नभएको पाएको छु ।

केही वर्षअघि दक्षिण कोरियामा आयोजित एक वैज्ञानिक सम्मेलनमा भाग लिएको थिएँ । सम्मेलनपछि विदेशी पाहुनालाई सम्मेलनका आयोजकद्वारा कोरियाका विभिन्न सहर अनि राजधानी सोलबाट केही टाढा रमणीय पहाडमा अवस्थित एक बौद्धस्थलको भ्रमण गराइएको थियो । पाहुनाहरू बोकेको टुरिस्ट बसमा एक पेसावर महिला टुरिस्ट गाइड पनि थिइन् । उनले बौद्धस्थलबारे जानकारी दिँदै बुद्धको जीवनीबारे चर्चा गर्न थालिन् । यसैक्रममा उनले बुद्ध भारतमा जन्मिएको बताइन् । उनले सायद यस्तो गलत सन्देश धेरै वर्षदेखि विदेशी एवं स्वदेशी पर्यटकलाई दिँदै आएकी थिइन् । एक पेसावर टुरिस्ट गाइडलाई समेत बुद्धको जन्मस्थल नेपाल हो भन्ने ज्ञान नभएको थाहा पाउँदा निकै अचम्म लागेको थियो । मैले आफू नेपालबाट आएको परिचय दिँदै बसभित्रै उनलाई बुद्ध जन्मेको देश भारत होइन, नेपाल हो भनी सच्याउन खोज्दा उनी अकमक्क परेकी थिइन् । ती कोरियाली महिलालाई वास्तवमै बुद्धको जन्मभूमि नेपाल हो भन्ने थाहा रहेनछ । उनले विद्यार्थी छँदा बुद्धको जन्म र बौद्धधर्मको उत्पत्तिस्थल भारत भनेर पढेकी रहिछन् । बुद्धको जन्मस्थल र नेपालबारे थप अध्ययन गर्न मैले उनलाई आग्रह गरेको थिएँ । उनीमात्र होइन, बसमा यात्रा गरिरहेका सबैजसो विदशी पाहुनालाई पनि लुम्बिनीबारे र बुद्ध जन्मिएको देश नेपाल हो भन्ने थाहा रहेनछ ।

बौद्धस्थल पुग्दा त्यहाँ कोरियाली एवं विदशी पर्यटकको ठूलो घुइँचो थियो । शैक्षिक भ्रमणमा आएका विद्यार्थीको पनि निकै ठूलो भीड थियो । मन्दिरभित्र ढंुगाबाट निर्माण गरिएको बुद्धको विशाल तथा आकर्षक मूर्ति थियो । उक्त मूर्ति धेरै वर्षअघि भारतबाट आएका मूर्तिकारले तयार पारेको रहेछ । सायद यस्तै कारणले होला, त्यहाँ विभिन्न समूहमा पर्यटकलाई बुद्धको जीवनीबारे जानकारी दिइरहेका अन्य टुरिस्ट गाइडले पनि बुद्ध भारतमा जन्मिएकोे र बौद्धधर्म भारतबाट आएको बताइरहेका थिए । त्यहाँका केही भिक्षुगणलाई सोध्दा उनीहरूलाई पनि बुद्ध नेपालको लुम्बिनीमा जन्मिएकोे भन्ने ज्ञान रहेनछ । कोरियामात्र होइन, जापान, चीन, थाइल्यान्ड र भियतनामजस्ता बहुसंख्यक बौद्धधर्म अनुयायी भएका मुलुकको बौद्धस्थलहरू भ्रमण गर्दा मैले यस्तै अनुभव गरेको थिएँ । यी देशका थुपै्र मानिसलाई बुद्ध नेपालमा जन्मिएको भन्ने सामान्य ज्ञान रहेनछ । उनीहरू वास्तवमै बुद्धको जन्म भारतमा भएको ठान्छन् । यो मेरो व्यक्तिगत अनुभव हो ।

धेरै विदेशीलाई बुद्ध जन्मेको देश नेपाल नभएर भारत हो भन्ने भ्रम सिर्जना हुनुको प्रमुख कारण एकातिर भारतका विभिन्न पक्षले विभिन्न माध्यमबाट बुद्ध भारतमा जन्मिएका हुन् भन्ने गलत सन्देश समय-समयमा विश्वलाई दिँदै आउनु हो । त्यस्तै यसमा नेपालको पनि कमजोरी छ । नेपालले यसको सशक्त प्रतिवाद गर्दै बुद्धको जन्मभूमि भारत नभएर नेपाल हो भन्ने सही सन्देश विश्वभर प्रभावकारी ढंगले फैलाउनसकेको छैन ।

कुनै विदेशीले बुद्ध भारतमा जन्मिएको भन्दा हामी आक्रोशित हुन्छौं र त्यसको विरोध गर्छौं । केही वर्षअधि एउटा हिन्दी सिनेमामा बुद्ध भारतमा जन्मिएकोे भनेर देखाउँदा नेपालीहरू निकै आक्रोशित भएका थिए र सिने निर्माता एवं भारत विरुद्ध देशका विभिन्न भागमा जुलुस, हडताल र नाराबाजी भएका थिए । तर भावुकतावश गरिएका यस्ता आँधी-हुरीजस्ता प्रतिक्रिया क्षणिक हुन्छन् । हाम्रो आक्रोश पनि केही समयपछि शान्त हुन्छ, चियाको कपमा आएको आँधीजस्तो । अनि हामी सबै कुरा बिर्सिदिन्छौं । हामी बुद्ध जन्मिएकोे देशको नागरिक भनेर गर्वमात्र गर्छौं, तर बुद्धको जन्मस्थल भारत नभएर नेपाल हो भन्ने सन्देश विश्वमा फैलाउन कुनै समझदारीपूर्ण प्रयास गर्दैनौं । स्थानीय पत्रपत्रिकामा भारतको विरोध गरेरमात्र अन्तर्राष्ट्रिय जगतमा बुद्धको जन्मभूमिबारे व्याप्त भ्रमलाई निर्मूल गर्न सकिन्न । यसका निम्ति हामीले अन्तर्राष्ट्रिय स्तरमै प्रयास गर्न आवश्यक छ ।

Source: Kantipur

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More