फेरी चर्को मुल्यब्रिद्दी.... अब कलाबजारिया , माफिया अनि भ्रस्ट नेता मिलेर चाडबाडको मौकामा अझै बढाउचन नेपाली जनता लाइ लुट्ने समय नै अति आवस्यक पर्ने बेलामा हो नि ! मल चाहिने बेलामा मलको कलाबजरिले भाउ बढाइदिये अब खाद्य पधर्थमा त तेसै पनि छोइसक्नु छैन, अहिले सार्बजनिक यातायात र ग्यास वालाको हड्ताल को मूल्य बृद्दी गर्ने टेलर मात्र देखाछन् क्यारे ...... सधै मूल्य बृद्दी भैरहने नेपाली जनताको आय घटी रहने... लुट्ने प्रथा बढिरहने कठै हामी !

सोझा गरिब किसान त कुरा बुझ्दैनन् लुटिन तयार हुन्छन कृतिम अभाव सिर्जना गरि मिलेमतोमा खुले यो आम मूल्यबृद्दी गरेर लुट मचाउने परम्परा नै बसाउदापनि मौन रहने सरकारी निकाय, लाटाले केरा हेरे झैँ हेरी बस्ने पत्रिका र टिभी मा मुख मात्र देखाउने उपभोक्ताबादी भनौदा, डलर र एनजीओका ब्यापारीहरुले चै के भूमिका खेलेका छन् त आखिर हामि उपभोक्ता को अधिकारका लागि ?
बिश्वोबजारमा खाद्यान्नको मूल्यबृद्दी , दैनिक उत्पादनमा कमि र मागमा बढी हुनुको कारणले जुन अनुपातमा बढ्ने हो तेस्को दुइगुना सिन्डिकेट , कर्टेलिंग, दलाली अनि कालाबजारीको कमाल हो नेपाल मा मूल्य बृद्दी र त्यो भन्दा पनि बढी सरकार र प्रससानमा राज्य र जनताका समस्याको समाधान गर्ने जिम्मेवारी लिएर बेकम्मा भएर तलब खाएर राज्य को ढुकुटी उडाउने तर अराजकता नियन्त्रण हैन बढाउन मलजल गर्ने भ्रस्ट ससाक हरुको मुख्य जिम्मेवारी हो |
बिडम्बना खाध्यान्न उब्जाउने किशानले चै आफ्नो उत्पादन बेच्दा कौडीको मूल्यमा बेच्नुपर्ने अनि तुफान मुल्याब्रिद्दी गर्दिन्चन दलाल माथि दलाल हरुले जो बिकसित गरेका छन् नेताहरुले काम नगर्ने ठगि , दलाली गरि खाने प्रथाको भएको यहि हो |
कसले गर्ने जनता को हित का लागि काम आफ्ना सामग्री सहि सुफत मूल्यमा बजार मा बेच्ने व्यवस्था ब्यबस्थापक भनौदा नै लुट्न लागिपरेपाची ? कसरि होस् राष्ट्र को उन्नति अर्थतन्त्रमा लुटेरा , कमिसन खोर र दलाली हरुको हाबी रहुन्जेल |
सानो उदहारण सत्ताका लागि यहाँ दल र युवा हरु गाडी फोड्ने सडक जाम मा लागेका छन् तर महंगी नियन्त्रण र कालाबजारीको बिदुद कसले उठाएको छ आवाज ? अब यी घास खानेहरुले हाम्रो भलाई गर्लान कि आफ्नै नेता लाइ सत्ता मा पुर्याउने काम आफै भन्नुस ?
ठग त ठग भए अब यस्ता ठगलाइ तहलगाउने जनस्तरबाट नै खबरदारी , नियन्त्रण र अनुगमन नगरी सधै लुटिने त हामि हौ |
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.