August 6, 2012

रास्ट्रपतिको चेतावनी नेताहरुलाइ अख्तियारको चेतावनी कर्मचारीलाइ- कारण उही निकम्मा पन, अब त सरम लग्नु पर्ने हैन र ?


हिजोमात्र महामहिम रास्ट्रपति रामबरण यादवले अत्ति भो संबिधान सभा भडखालोमा हालेर २ महिना सम्म देशमा मुर्दा शान्ति र अनिश्चितता हुदा जनतामा निरासा छायो जनताको निरासाले बिकरालरुप लिएर आधि हुरी आयो भने तिमीहरुलाई बढारेर कहाँ लान्छ थाहा छैन भनेर चियापान कार्यक्रममा बोलाएर सम्झाईरहदा जिम्मेवार राजनीतिक दलका जिम्मेवार नेताले २ महिना सम्म एक अर्कामा सत्तोसराप गर्दै आफ्नो औकात प्रमाणित गरेर संबिधान सभा बिघटनहुदै  अब मुलुकनै बिघटनको बाटोमा गैरहेको अवस्थामा, आफ्नो अक्च्यमता यो भन्दा राम्रोसग प्रमाणित हुने ठाउँ नहुनु र  अहिले सम्म एउटा सहमति बन्न नसक्नुमा आफुमा अलिकति पनि लज्जाबोध गरेनन, हिनताबोध गरेनन | 


रास्ट्रपतिले चियापानमा बोलाउदा  सम्मान  गरेर बोलाए भन्ठाने होलान यी देश, घर भडुवाहरुले | यिनलाई असक्च्यमताको प्रमाणपत्र स्वोरुप चेतावनी र अन्तिम अवसर रास्ट्रपतिले दिरहदासम्म ठुलै सम्मान पाइयो भन्ने भान भो यिनलाई | देशको संकट टार्न अलिकतिपनि अत्तुरता देखिएन,  नेपाली उखान नै छ 'सुँगुर लाइ स्वोर्ग जा भन्दा गु चै खान पाइन्छ कि पाइदैन त्यहा होस् म त जान्न' भनेथ्यो रे सोइपरि यिनलाईअरु केहि बाल मत्लाबछैन यिनलाई मतलब छ त रणनीतिक सफलता , सत्ता , अराजक स्थितिमा आफ्नो उज्ज्वल राजनीतिक  भबिस्य,  खैर देश र जनताको दुहाइदिएर नथाक्ने  दिएर ठग र असक्च्यम हरुको अवसान समयले एकदिन अवस्य गर्नेनै छ |

अब संबिधान सभाको आयु लम्ब्याउदा-लम्ब्याउदा अत्ति गरेर संबिधानसभा नै बिना संबिधान अन्त्य गरि अत्ति बाट चार सम्म को स्थितिमा मुलुक पुगेको छ | 
बिदेशी खुफिया एजेन्ट लेखक , प्राध्यापकको भेषमा आएर खुलेआम प्रमाण सहित सत्ता र शक्तिको लागि बिन्ति चढाएकोपोल खोलेर जनतालाई भ्रमको थान्गनामा सुताएको,  रास्त्रियता,   सिद्धान्त  र आदर्शका जामा  फुस्किएर  निर्बस्त्र  हुदा, बिदेसी दलालहरुले रास्त्रियता पारिरहदा   चुइक्क  सम्म नबोल्ने ढोंगी   रास्ट्रबादी  पण्डितहरु  अलिकतिपनि लज्जा बोध भए जनता सामु च्यमयाचनागरि भएको के हो सम्म भन्ने आट गर्थिये होला अब यिनको हिसाब किताब चाडै हुने छ |

पक्कै पनि देशको यो कन्तबिजोक हुनुमा  बर्षबर्ष दिनमा आउने बतासे मन्त्रि र दलहरु भन्दा स्थाईरुपले रास्ट्रको ससान चलाइरहेका कर्मचारीहरुकोपनि ठुलो लापरबाही छ भन्ने कुरा जगजाहेर छ| 
घुसखोरीतन्त्रको बिकाशगर्न कर्मचारीतन्त्रनै हुन् ,   यिनलाई  सेवा दिदा हास्नु पर्ने सेवाभाव दर्शाउनु पर्ने अर्ति , बिना पुर्बग्रह सेवा दिनुपर्ने जस्ता अर्ति सुनिएको त भर्खरै १-२ दिन भो आज मात्र अक्तियारको  पोशाक भत्ता लिएर पोशाक नलगाई काममा आउने कर्मचारी हरुलाई दिएको आदेश सराहनीय छ | अक्थियारले  पोशाक नलगाउनेलाइ जिम्मेवारी नदिन सम्मको आदेश दियो रे तर जिम्मेवारी नदिने तलब दिने हो भने भोलि देखि फेरी कोहि काममा आउदैनन कसो ?  
पोशाक को नाममा ठुलो रकम सरकारले खर्च गरेको हुन्छ तर  पोशाक चै नलगाउने  भत्ता चै लिनेकामबाट नै अनुसासन र सेवाभाव को रिक्तता भान हुन्छ | सेवाग्राही हामि जनता अवस्य कर तिर्छौ र जनता लाइ सेवादिन भनेर सरकारले तलब भत्ता दिएर राखेको हो तर तिनै कर्मचारी नेतामुखी र पुर्बग्राही भएर जनतालाइ नै ठग्ने र भ्रस्टाचारको लागि  दुहुनो गाइको रुपमा लिने गर्छन यस्तो नगर्नेमा थोरै इमान्दार कर्मचारी होलान |  

खैर हामी जनतापनि गतिला नभएर होला खाली आलोचना गर्ने अधिकारका कुरागर्ने कर्तब्य पालना नगर्ने जंगलीपन पनि साथ्-साथै हट्दै जानु अनिबार्य भएको छ |  
आवस्यक कुरामा चुइक्क नबोल्ने आफ्नो काम चाडो गर्न भनसुन देखि टेबल तलबाट घुससम्म दिने हामी आफैपनि गतिला त  छैनौ क्यारे अब नया नेपाल बन्नमा मुखले कराएर , अर्ति उपदेश र गाली दिएर भन्दा पनि जिम्मेवार नागरिक भएर परिवार , गाउ  , समाज, नेता , नेत्रित्वो  सबै लै  जिम्मेवार बनाउने  जिम्मा  हाम्रै  हो निरन्तर  खबरदारी, निगरानी , राम्रोकाम गर्ने हरुलाई पुरस्कृत र भ्रस्ट हरुलाइ दण्डित गराउन हामीले नै अग्रसर लिनुपर्ने बेला आएको छ |

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More