July 2, 2012

आलस भिटामिन र मिनरयुक्त शक्तिवर्धक आहार


आलस भिटामिन र मिनरयुक्त शक्तिवर्धक आहार हो । प्राचीनकालमा यसको उपयोग खाद्यपदार्थको रूपमा हुन्थ्यो । आयुर्वेदको चरक संहितामा समेत यसको चिकित्सा उपयोगबारे उल्लेख गरिएको छ ।
आधुनिक विज्ञान अनुसार, यसको तेलमा मुख्य रूपले ग्लिसराइड र अनेक महत्त्वपूर्ण बोसो भएको अम्ल हुन्छ । यस्तो अम्लमा 'लिनोलिक' र लिनोलेनिक एसिड, पामिटिक, स्टियरिक, ओलिक एसिडको बाहेक मुटुलाई स्वस्थ राख्ने 'ओमेगा-३' फ्याटी एसिड पाइन्छ । यसले रक्तनलीमा बोसो जम्मा हुन दिँदैन । 

आलसमा केही मात्रामा चिनी, प्रोटिन, क्याल्सियम, पोटासियम, फलाम, जिंक, फास्फोरस समेत पाइन्छ । यसमा कोलेस्ट्रोल र सोडियमको मात्रा अत्यन्त न्यून र रेसा (फाइबर) को मात्रा निकै बढी हुन्छ ।
सय ग्राम आलसमा प्रोटिन २०.३ प्रतिशत, बोसो ३७.१ प्रतिशत, खनिज तत्त्व २.४ प्रतिशत, रेसा अर्थात् फाइबर ४.८ प्रतिशत र कार्बोहाइड्रेड २८.९ प्रतिशत हुन्छ ।
कृषि विशेषज्ञहरूका अनुसार, आलसको बीउमा २७ प्रकारका क्यान्सररोधी तत्त्वको खोजी गरिसकिएको छ । आलसमा पाइने यी तत्त्वले क्यान्सररोधी हार्मोन्सलाई प्रभावकारी बनाउँछन् ।
विभिन्न तथ्यपत्रहरूको अनुसार मुख्यतः पुरुषमा 'प्रोस्टेट' र महिलामा स्तन क्यान्सर रोकथाम गर्न आलसको सेवन प्रभावकारी छ । त्यसैले आजकल आलसलाई 'सुपर-फुड' को श्रेणीमा राख्न थालिएको छ । अनुसन्धानहरू अनुसार अन्य भोज्य पदार्थको दाँजोमा आलसको बीउमा 'प्लान्ट हार्मोन' 'लिगनन्म' को मात्रा आठ सय गुणा बढी हुन्छ । यो क्यान्सरबाट बचाउ र मुटुलाई बलियो राख्न सहायक हुन्छ ।
आलसको फाइदा अनगिन्ती छन् । यो नियमित सेवन गर्दा शरीरले ऊर्जा पाउँछ, तनाव हट्छ । 
आलसले क्यान्सररोधी हार्मोन्सको सक्रियता बढाउँछ । सन्तुलित मात्रामा नियमित रूपले यसको सेवन गर्नाले रगतमा चिनी तथा कोलेस्ट्रोलको मात्रालाई कम गर्छ । यसले जोर्नीको कडापनलाई हटाउनुका साथै प्राकृतिक रेचक गुण हुने भएकोले पेटलाई सफा गर्छ । आलस सेवन गर्नेहरूलाई कब्जियतले सताउँदैन । यसको नियमित उपयोग हृदयरोगको खतरालाई कम गर्नुको साथै रक्तचाप नियन्त्रित गर्छ । क्यानाडाका डा. ग्रानट पियर्सको अनुसन्धान अनुसार, आलसको बीउबाट बनेको पदार्थ हृदयरोग निको पार्नमा सहयोगी हुन्छ ।
आलस सौन्दर्य बढाउन समेत प्रभावकारी मानिन्छ । आलसको नियमित उपयोगले छालालाई स्वस्थ राख्नुको साथै सुक्खापनालाई हटाएर 'एक्जिमा' आदिबाट बचाउ गर्छ । कपाल र नङलाई बढाउँछ, तिनलाई स्वस्थ र चम्किलो बनाउँछ । आलसले छालाको बढ्दो उमेरको असरलाई समेत कम गर्छ । 
आलसको नियमित सेवनले रजोनिवृत्तिसँग सम्बन्धित समस्या समेत कम हुन्छ । मासिक धर्मको समय हुने दुखाइ कम हुन्छ, गर्भाशयलाई स्वस्थ राख्छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More