July 1, 2012

असफल भइयो भनेर माफीमात्र मागेर लाचारीपन देखाउने कि शिर्ष नेताहरुले आफ्नो पदबाट राजिनामा दिएर समाधान दिनसक्ने पंगतीलाइ नेत्रित्वोको हस्तान्तरण गर्ने ?

लु बिताए है अब कुन माओबादी ले हो बुज्न गारो हुने भो ... भूमिसुधार कार्यालय बाराका प्रमुख जयकान्त झालाई कार्यकक्षमै आइतबार दिउँसो करिब दुई चन्दा नदिएको निउमा  एक माओबादी बताउने  समूहले कालो मोसो  खान्यायेचन |

जो सुकै बादी हुन् अब मोसो नै दल्चन खान्यौचन भने यो संबिधान सभालाइ संबिधान बनाउन छोडेर देश   भडखालोमा हाल्ने बार्ताको नाटक गरेर ४ वर्ष सम्म देशलाई सुनौलो अवसरबाट बन्चित गराउने टाउके नेताहरु सबैलाई पद छोड्न असफल भइयो भनेर मुखले मात्र भनेर लाचारीपन देखाउने गैरजिम्मेवार र नैतिकता सकिएका हरुलाई मुखले मात्र हैन   हैन पदबाट राजिनामा दिएर नया पुस्तालाइ देशको लगाम हस्तान्तरण गर्दिन खबरदारी गरेर , दबाब दिएर हुन्छ कि नत्र   मोसोदलेर, गलत्याएर हुन्छ, त्यो अभियान चालेभने चै  अपार समर्थन नपाउलान भन्न सकिन्न  | 
हिजोआज सबै सभासद , संबिधान सभा, बार्ता नाटकका प्रमुख पात्र बनेका नेता हरुको मुखमा एउटा मिठो बचन गल्ति भयो गल्ति को जिम्मेवारी लिन्छु भन्ने सुन्दर सब्द सुन्न सकिन्छ तर यिनको महसुस हृदय देखि र निस्वार्थ हो भने, राजिनामा दिएर अरुलाई जिम्मेवारी दिने साहस किन गर्दैनन् ?  किन  दोष एक अर्कामा मात्र सबै दोष थोपरेर आफु मात्र चोखो भएको नाटक गर्छन ?  सबै नेपालीले  यिनको नियत र देश र जनता प्रति को गद्दारी र गैरजिम्मेवारीपनको मनन गर्नु पर्ने बेला आएको हो कि ?
जुन नेत्रित्वो ले ४ वर्षसम्म केहि लछारपाटो लगाउन सकेन फेरी तेही नेत्रित्वोले सहमति गर्ला अनि देशले निकाश पाउला भन्ने मुर्खता अनि वर्तमान अवस्था मा आफ्नो कमजोरी लाई मुल्यांकन र मनन गर्दै अगरगामी  कदम चाल्नुको सट्टा फेरी पुरानै सत्तामुखी लेनदेन र फोहोरी आहालमा नै डुब्ने क्रियाकलाप जारीराख्नुले देशको बिकाश , उर्जा र अस्थित्वो र बैधानिकता नै संकट मा परिसकेको अवस्था छ| अब यो भन्दा बिकराल अवस्था के आउला देशमा सबै सजग नेपालीले सोच्ने र हेरिरहने मात्र हैन केहि गर्ने बेला आएकोछ अब कम्तिमा असफल नेताका बकम्फुसे भासन सुनेर तालि हैन  यिनलाई सार्बजनिक बहिस्कार र नया नेत्रित्वोको खोजि र काम गर्न उत्सुक र गर्न लागिपरिरहेका हारको खोजि र समर्थन गर्नु पर्ने बेला आएको हो कि ?

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More