May 1, 2013

भ्रस्टाचार, कालाबजारी , गुहिए राजनीतिको मारमा पिल्सिएका मजदुर Happy May day



आज मे १ , बिश्व मजदुर दिवस 
मजदुरका सपना बेचेर महल पुग्नेहरु आज फेरी चर्को स्वोरले  डुक्रिए  
मजदुरलाइ सबथोक दिने बाचा दिदै भ्रमको खेति  छरेर फुर्किए   
शासन सत्ता आफ्ना हातमा पुग्दा मजदुरका पेटमा लात हान्न  अग्रसर
महंगी , कालाबजारी , भ्रस्टाचारको उपहार दिएर आफै सप्रिए

नेताहरुका लागि बन्द, हड्ताल सहेर आन्दोलन गरिदिने मजदुर,
देश को अर्थतन्त्र , राजस्व सुचारु गर्ने मेरुदण्ड मजदुर,
जुनै सरकार , जुनै बादी आए पनि सधै दुख पाईराख्ने मजदुर,
कालाबजारी को महंगी सहिदिने मजदुर,
भ्रस्टचारीको दुहुनो गाइ सोझा सिधा मजदुर, 
खुन पसिना बगाएर पनि आधा पेट बस्नु पर्ने मजदुर |
धनि, भ्रस्ट, नेता सबै उच्च सेवा , सुबिधा, प्राथमिकतामा
अस्पतालमा अपहेलित त्यहिँ गरिब मजदुर
उपचारको अभावमा अकाल मर्ने मजदुर

सरकारी बिद्यालय राजनीति र घुसखोरीको मागीखाने भाडो
त्यो बिद्यालय पढायो बजारमा जागिर पाउन गारो
बाल बच्चा त्यो मजदुरले कसरि पढाउने ?
डाक्टर बन्ने सपना मजदुरका लाला बालाले कहिले देख्ने ?
निजि सिक्च्या प्रदान गर्न किड्नी , मुटु कलेजो बेच्ने ?

मजदुरका सपना बेचिखानेका भुडीफुले 
महल बने बनेका महल मा तला ठडिए 
कहिल्यै फुलेन मजदुरको सपनाको फुल
वर्ष दिनमा आउने हाम्रो मे दिवसमा 
तिनै  सपनाका ठेकेदारहरु मंचबाट दुक्रियेर भंचन 
हाम्म्रो अधिकारका लागि लड्ने मर्ने सबै थोक गर्ने दिन्चन भासन
हामी फेरी सुन्छौ तालि ठोकेर स्वागत गर्छौ   फेरी चल्छ तिनकै ससान
आखिर भोको पेटलाइ रोटिको सपना दिदा हुन्छनै ठुलो आस   
आसलाग्दा हरुबाटनै नहूने भएपछि अब कसबाट गर्ने हामीले आस ?         

गलत व्यक्तिलाइ हाम्रा  सपनाको खेति गर्न दिने, भएको छ हामी बाट महा भुल
लोभीपापी नियत खराबहरुको भरपरेर, फुलाउन सकिन्न सपनाको फुल 
राज्य लाई सबै भन्दा बढी योगदान गर्ने किसान, मजदुर
सबै सुबिधा सेवा भोग्ने भ्रस्ट नेता , कर्मचारी , कालाबजारी
जाग जाग मजदुर अब आफ्ना हित कालागि जाग
अब भ्रस्ट हरुको भर पर्ने हैन आ-आफ्नो ठाउँ बाट सजग भै आफै-आफै लाग

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More