April 9, 2012

के को बन्द के को प्रतिबाद ? बन्द गर्नु अपराध

संघियता नचाहिने हरुको बन्दा बिरुद्द संघियता चाहिने हरुको प्रतिबाद रे,  अब जहाँ जसको जे भएनी दैनिक गुजारा गरिखाने हरुलाई बन्द हड्ताल  अत्ति भो बन्द गर्न पाइदैन  नेपाली जनताले चाही बन्दा बिरुद्द  डण्डा प्रहार गर्ने घोसना गर्न जरुरि भो |  

राष्ट्रिय जनमोर्चा को  संघियता बिरुद्द बागमती अंचल बन्द बिरुद्द नेवा स्वायत्त राज्य परिसदले  बन्द असफल पार्न अवज्ञा गर्ने  रे 
संघियतामा गए देश टुक्रिने भबिस्यबाडि चित्रबहादुर केसी बुडाको छ  भने नया क्रान्तिकारी शक्ति , मधेशबादी हरुको कुरो संघियतामा नगई देश खत्तम हुन्छ भन्ने कुरो अब जे मा गयेनी नियत सफा  हुनु पर्यो  संघियतामा नया पद सिर्जना , नया प्रसासनिक जालो सिर्जना गरेर  प्रसासनिक भार थुपार्ने  देश र जनताको हैन संघियता को कुरा गर्ने  नेता र तिनका  प्रयोजन गर्ने प्रायोजक हरुको फाइदा को लागि हो भने के काम भो र?  

मुख्य कुरो त नेपालको सन्दर्भमा  संघियता र कस्तो राजनीतिक प्रणाली अपनाउने भन्ने कुरा माटो सुहाउदो प्रणाली छनौट गरेर अभ्यास गर्ने र देखापरेका त्रुटिहरु  परिमार्जन गर्दै जाने कुरो हो कुनै देश मा के ठिक होला कहाँ के ठिक होला यहाँ  त पण्डित हरुका अड्कलबाजी र लिडे ढिप्पीले पो बितायो |

खैर नारा लगाउने , हल्ला गर्ने , बन्द गर्ने , गाली गर्ने, भत्काउने, चर्काउने, थर्काउने ले  धेरै हिट खाए अब निर्माण गर्ने , सुल्झाउने संयोजन , समायोजन गर्ने अनि त्यो भन्दा नि काम गरेर देखाउने हरुको साथ् दिनेबाला आयो अब बन्द गर्नु राजनीति हैन महा अपराध हो भनेर  शहर , गाऊ र संबिधान का भित्ता मा लेख्ने बेला आयो अब  भन्ने बेला आयो संघियता , संबिधान जे जे चाहिने न चाहिने  जो हो छन्  बन्द को विकल्प रोजेर माग राख !

राजनीति गरेर सुख दिन सक्दैनौ  जनता लाइ भने नाथे हो कम्ति मा दुक्ख त नदेओ आज  एक   स्वोतन्त्र  नेपाली को चाहना र कामना यहि हो जनता का घाउ मा औसधि मलम गर्न सक्दैनौ भने नुन र्किने काम नगर , उपचार बन्न सक्दिअनौ भने रोग बनेर नाबसिदेओ

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More