सुन्दा पनि कहाली लाग्ने घटना हुन थाले यो मुलुकमा हिजो कान्तिपुरमा छापिएको दाल चामल र दैनिक गुजारा चलाउन नसकेर छोराछोरीको हत्या गरेर आत्महत्या गरेकी एक महिलाको यो समाचार [Click in this link to read] पढ्दा अनि यसकै १-२ दिन अगाडी विलासी सगरमाथा सयर गर्न सरकारले प्रचण्डका छोरा लगायतको टोलि लाइ २ करोड प्रदान गरेको घटना को अवलोकन गरिरहेका म जस्ता जो कोहि नेपाली को मन मा खेल्ने एउटा सामान्य प्रस्न के यो देशमा सरकार मात्र ठुला बडा , धनि , नेता को मात्र चाकडी र रेख देख गर्न बन्छन? हैन भने किन एउटा गरीब नेपालीले बिदेसिनु पर्ने , दाश हुनुपर्ने , राजनीतिक पार्टी का झोला बोक्नु पर्ने , युद्द का गोला बारुद बन्नु पर्ने , विदेश मा भेडा गोठालो देखि मरुभूमि मा गएर जीवन गुजारा चलाउनु पर्ने केहि नसके आत्मा हत्या गर्नु पर्ने अवस्था सिर्जना गरिदैछ ?
गरिबीको कारणले २ सन्तान को हत्या पछि आत्मा हत्यासमाचार सम्बन्धि भिडिओ हेर्नुहोस
मूल्य बृद्दी पहिला कि मुल्यब्रिदी थेग्ने जनता को आयस्तर बृद्दी पहिला ? न गरिखान सहज बताबतरण छ तेस्मथी महंगी र अभाव को भारी थिचिदिएको छ निरिह नेपाली लाइ |
मट्टीतेल ग्यास देखि सारा मूल्य बृद्दी गरिएकको छ तर राहत खोइ ?भएको राहत पनि लिने जति सबै राजनीतिक दलका झोले दलाल | खोइ राज्यको तर्फबाट जनतालाइ ब्यबहारिक संत्वोना बोलिको
सान्त्वोनाले भोको पेट भरिन्छ र ? मुखको सुशासन र सम्रिद्दीको नाराले देश बनिने भए नेपाल मा १ से १ सुन्दर सैलीमा पुराण भन्ने पण्डितहरु छन्| कुराले चिउरा भिज्दैन भन्ने माकुनेले जस्तो असफल प्रधानमन्त्री भएपछि थाहा पाएर के काम यसले त देश उही अनाडी हरुको प्रयोगसाला न हुने भो |
के हो त आखिर राज्य को दाइत्वो आफ्ना जनता प्रति ? हुने खाने , चिल्ला गाडी छाड्ने पावर भएकाले कागज मा २-४ अक्च्यर को प्रस्ताब ल्याएर आयेभने २-४ करोड को सहयोग दिने तर एउटा गरिबले केहि गर्छु सहयोग चाहियो मात्र पनि भन्न नसक्ने अवस्था मा पुग्यो मुलुक ? खै कस्तो लोकतन्त्र हो यो ?
हिजो मात्र गरिएको सार्बजनिक यातायात को मूल्य बृद्दी गरिब लाइ कि धनि लाइ ? के धनि व्यक्ति हरु चड्चन सार्बजनिक यातायात ?
हरेक भासन मा भोका, निमुखा , गरिब , किशान , मजदुर का सपना बेच्न , फलाक्न कहिल्यै नथाक्ने शक्ति मा पुगेपछि भुलभुलैया मा लागेर आफ्ना गुट , परिवार ,व्यक्ति र पार्टीगत स्वार्थ मा लाग्ने नेताहरुको चेत कहिले खुलेर नेपाली जनता ले नागरिकको सच्चा हैसियत पाउने ?
यी वर्तमान नेत्रित्वो को झुण्ड बाट नेपलली जनता ले के आस गर्ने जसले संबिधान भन्दा अरु कुनै बस्तु नै संसार मा छैन भन्ने भ्रम जाल को खेल मा राज्य नै बन्दि बनाइदिएका छन् जनता भने महंगी र अभाव ले भोकभोकै मर्नु पर्ने स्थिति छ राज्य संक्रमण काल को भुमरीमा फसेको छ जे पायो तेही गर्ने , बोल्दै हिड्ने र अराजकता फैलाएर फाइदा लिनेहरु मालामाल छन् |
साधु लाइ सुली चोर लाइ चौतारी टक्र्याउने लोभीपापी हरुको भिडले शान्ति , संबिधान र राष्ट्र सम्ब्रिद्द बनाइद्लेनन् भनेर पर्खिने
हामी पो गल्ति भयौ कि?
अब अत्ति बाट चार भएपछि खति हुन्छ जागौ चारैतिर बाट शान्ति र संबिधानको नाटक लाइ बचेको ६५ दिन को समय मा पुरागर्न दबाब दिएर कुहिएको दुर्गान्दित राजनीति, सर्बाधिक असफल नेत्रित्वो र कहालीलाग्दो संक्रमण काललाइ सदाको लागि बिदा गरेर नया नेपाल सिर्जना गर्न उद्यत नया प्रतिनिधि हरु लाइ स्थान प्रदान गरौ
1 प्रतिक्रिया हरु:
साधु लाइ सुली चोर लाइ चौतारी टक्र्याउने लोभीपापी हरुको भिडले शान्ति , संबिधान र राष्ट्र सम्ब्रिद्द बनाइद्लेनन् भनेर पर्खिने हामी पो गल्ति भयौ कि?
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.