February 6, 2012

भारत को ट्रान्जिटमा नेपालीलाइ अती दुर्व्यवहार गर्छन यार, तपाइ नि पर्नु भा छ ?

भारतीय विमानस्थल हरुमा नेपाली दाजुभाई , दिदि बहिनि हरुलाई गरिने दुर्ब्यबहार   नभोग्ने  भारत को ट्रान्जिट भएर हवाई यात्रा गर्ने नेपाली  हामी नगन्य होलाम | हिजोआज त भारत को ट्रान्जिट भएर यात्रा गर्ने उडान कसरि हुन्छ  छलेर  अरु नै देश हुदै विदेश जाने उडान छान्ने नेपाली हरुको नै जमात बढी पाइन्छ | 
हाम्लाई नि यो ब्लग लेख्ने जागर ३ बर्ष पहिला  नै चल्या हो,  फेरी सोचे म मात्र होला  यस्तो  भोग्ने जब भारत को ट्रान्जिट हुदै जेट एअर बाट   बेलायत को यात्राको क्रममा मा   त्यहाँ का अध्यागमनका   कर्मचारी ले नेपाली   इंगलैंड जाने भन्दै तल्लो स्तर को सब्द हरु बोलेका अनि व्यवहार देख्दा  यस्तै कथा भोग्ने नेपाली हरु त धेरै रहेछन , फेरी जागर चल्यो आज यस्तै कथा सुनेर
 केहि महिना अघि डाक्टर संजय गजुरेल जी ले पनि अमेरिका बाट नेपाल फर्कदा इन्दिरागंधि अन्तरास्ट्रिय एअरपोर्ट मा गरिएको दुर्ब्यबहार अनि  लगेज हराएर काठमाडौँ मा पाएको दुख को कथा nepalnews.com  मा पढेर अनि धेरै साथि भाइ हरुका कथा सुन्दा सारै दुक्ख लागेर आउछ |  गजुरेल जी ले लेख्नु भएको कथाव्यथा हार गुहार(Click here to read) सुनेर देल्ली  एअरपोर्ट ले सुधार गर्ने जमर्को गरेको खबर सुनियो अब हेर्दैजम क्यारे कति सुधार गरेचन   
हुन त नेपाल का नेताहरुले देखाएको नालायकीपन अनि दिल्ली का ठेकेदार हरुसग लम्पसार पर्ने  नियति को परिणाम होला हामी नेपालीले बिसेष गरेर छिमेकि भारत मा भोग्नु पर्ने दुर्व्यवहार | 

यी त भए केहि बुज्न बोल्न सक्ने नेपाली ले भोग्नु परेका पिडा  एउटा साधारण नेपाली जो विभिन्न सिलसिला मा  भारत जाने गर्छन अनि तिनलाई बहादुर , कान्छा, दरवान, पहाडिया जस्ता विभिन्न नाम ले स्वागत गरि मान मर्दन गरिन्छ |
उपचार मा गएका सोझा नेपाली को आखा , किड्नी झिकेर उल्टै रकम असुल गरेर घर पठाउने सम्म का ब्यबहार त सामान्य जतिकै बनिसके का छन् सिमा जोडिएका  बिहार , बङ्गाल देखि दिल्ली सम्म | 

अब हामि नेपाली उनीहरुको देश मा तिर्थबर्त गैदियेर , उनीहरुका समान किनिदिएर उनीहरुको अर्थतन्त्र को एउटा ठुलो उपभोक्ता भैदिदा उल्टै  सास्ती  भोग्नु पर्ने हो भने किन प्रयोग गर्नु पर्यो त भारत को ट्रान्जिट???
 बरु बंगलादेश , पाकिस्तान को रुट बाट आउदा एस्तो भोग्नु पर्दैन बा ! लु सबैले सोच्नु पर्ने बेला आयो र अब |

यी देश को  मुहार फेर्छु भन्ने नेताजि हरुले मजाले दिमागमा बरफ राखेर  सोच्ने बेला आयो खुला सिमाले हामीलाई फाइदा बढी कि भारत लाइ ? भनेर  फाइदा भाको छ भनेर फाइदा भएको छ त अपराधी , कालाबजारी र गैरकानुनी धन्दा गर्ने लाइ  |
नेपालभारत  सिमा सधै खुल्ला छोडे अब मधेस मात्र हैन नेपाल धेरै भेग हरु अनियन्त्रित बसाइसराइले खाने छ एकदिन दुसरा सिक्किम बन्न के बेर ? बाबुरामले तेसै नेपाल  चिन  वा भारत  संग   मर्जर(यानिकी बिलय) हुने खतरा भन्या हुन् होला त ?

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More