October 7, 2011

कानुन को बलात्कार ले,बन्दैन यो देस..!

By - Prakash Dhungana

आदर्स र कुनै बाद ले, बन्दैन देश
बम बारुद र छुरा,हातले बन्दैन देश!


जवान जती सबै अब,परदेश लागि सके
बाँकी,बुढा, भुरा हरुले बन्दैन देश!!
हाम्रा भोट बोकी भट्टि छिरि हिड्दै छौ रे
जुवा सुरा सुन्दरी ले बन्दैन देश!!!
तरुनीलाई,बोकी कता हरायौ रे भन्छन.
सिन्दुर् पोते चुरा हरुले, बन्दैन देश!!!!


उध्योग धन्दा कलकारखाना,बन्द भै सके
बन्द हर्ताल चक्काजाम ले बन्दैन यो देस..!!!!
नेपालीहरु आफु आफुमा जुध्न तयार छन् रे
जात भाषाको काटा काट ले बन्दैन यो देस!!!!!
ज्यानमारा हरु सभासद र मन्त्रि भका छन् रे
कानुन को बलात्कार ले,बन्दैन यो देस..!!!!
तेसरी कमरेड झन बन्दैन यो देस...



0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More