September 6, 2011

खानेकुरा सग रोग किनी खाने हामी अभागी कि अनाडी? कहाँ बाट होस् राम्रो स्वास्थ्य?

धत् ! गुद पाक भनेर के के खाइयेछ ?... पहिले पहिले बिरामी परेको पनि यी फटाहा हरुको कुहिएको गुदपाकले हो भनेर छेति पूर्ति सबै तिराउनु पर्छ, कति मान्छे लाई हैजा लग्यो होला कति को त मृत्यु पनि भो होला किन कि यो गुद्पक पसल नेपाल को नुम्बर १ मा पर्छ| न्युरोड गेट छेउकै गुदपाक पसल सायद त्यहाँ गुदपाक किन्न नजाने हामी मध्ये कमै होलाम |

नाम चै सुनिने तर काम चै कमै सुनिने बाणिज्य बिभाग ले कहाँ बाट आखाखुले कुन्नि ? न्युरोड को यो गुदपाक पसल,कर्नर ताजा गुदपाक भण्डार मा गुणस्तर जांच गर्न पुगेछ अनि भेटियो कुहिएको , म्याद गुज्रिएको पुरानो गुदपाक पनि प्रसोधन गरेर नया बनाएको |   व्यापार को नाम मा कस्तो अमानविय क्रियाकलाप,  अर्को कृष्ण गुदपाक भण्डार पनि छानबिन मा परेकोछ,  तेस्तै गरेर भान्सा मा फोहोर अनि सौचालय र भान्सा संगै भएको ले बिराटनगर को आदर्श जलपान पनि बन्द तेस्तै युनिक र लबली चाट मा पानि भान्सा मा फोहोर देखियेपछी चेतावनी दिएको समाचार आएको छ |

हुन त दोषी यी फटाहा हैनन् , यी सम्पूर्ण अखाद्य बस्तु नसोची खाने, किन्ने हामि हौ नुम्बर एक अनाडी अनि तेस्पछी अरुलाई दोष दिन मिल्ला | हामी दोबाटो भैया ले राखे को पानि पुरी , चटपटे देखि , स्वादे जिब्रो लाई स्वाद दिन खोजि खोजि स्वाद मात्र हेर्ने निहु मा जताततै गएर जे पायो तेही खान्छु यो खैरहदा ति मिसावट गरेर , सडेगलेका खानेकुरा बेच्ने ले अदृस्य रुपमा प्रोत्साहन पाइरहेका हुन्छन |

सोच्नुहोस न त्यो गुदपाक ले पेट भर्छ र ? त्यो तितौरा ले के पौस्तिक आहार दिन्छ त सरिर लाइ ? एस्ता कुरा अलिक पढेलेखेका हामी सिक्चित लाइ त बाल छैन ति असिचित ठुलो जमात ले त बुझ्ने कुरो भएन |


यी त सामान्य उदहारण हुन काठमाडौँ का हरेक कुना काप्चा का फास्ट फूड , रेस्टुरा हरु देखि तराई का चिया, मिठाइ पसल मा यस्ता अनियमितता त कति कति| यहाँ के छ त, यस्ता पसल लाई कानुनी दयारा भित्र ल्याउने? पुर्बधार हरु अनि ति नीति नियेम लाई लागु गर्न दबाब दिने कसले ? तेस्ता पसल खोल्नु भन्दा पहिला अनुगमन गर्नु पर्ने कि नपर्ने ? यस्ता कुरा हरु पहिला निर्क्यौल भएका छन् त ? अवस्य छैनन् छन् भने पनि केवल किताब मा होलान सबैले जानेको कुरो |

बेच्ने ले त बेच्यो त्यो किन्ने र खाने हामी चै कुन गतिला ?

अब यसरि छापा मात्र मार्ने हो भने नेपाल का ८० प्रतिसत बिसेस गरि खानेकुराका पसल बन्दगर्नु पर्ने हुन्छ तर तिनलाई नियन्त्रण र निरन्तर अनुगमन गरे नेपाल मा कमन रुप मा देखा पर्ने टाइफाईड, हैजा, जन्डिस दाहिरिया देखि धेरै जस्तो भयानक स्वास्थ्य समस्या तेसै हल भएर जान्छ र मृत्युदर नै कम हुदो हो | यो मुलुक मा अलिक हुनेखाने हरु त हाइजिनिक खाना खाना , अर्गेनिक खाना खाना महंगा रेस्टुरा मा गएर स्वास्थ्य खाना छानी छानी खलन तर तल्लो स्तर का मजदुर किसन जसलाई आज को छाक कसरि टार्ने र तत्काल पेटको समस्या पार लगाउने लाई जिउदै मारिदिएका छन् एस्ता पापी ब्यापारी ले | तिनले खाने तेस्तै सस्ता सडक पेटी का रेस्टुरा हुन र तिनले नै बेच्ने गरेका हुन्छन तेस्ता खानेकुरा , खानेकुरा सग रोग किनी खाने हामी अभागी नेपाली कहाँ बाट होस् स्वास्थ्य राम्रो तेसै मर्न , मारिना बाध्य | बिरामी भएर अस्पताल गयो अस्पताल मा नै लुट्चन फेरी भो नकुरा गरम ....आत्मा रोएर आउछ |

नेपाल तेस्तो देश हो जहाँ जसले जे चाह्यो तेही व्यापार सुरु गर्ने अनि हदै भए कर मा दर्ता हुने र स्थानीय नगरपालिका र गाबिस मा दर्ता हुने चलन छ | अलि अलि पोइसो सुगाइदियेछि दृस्टी बिहिन ले पनि लाइसेन्स पाउने मुलुक हाम्रो देश |
काठमाडौँ का मिठाइ पसल को बारेमा पावर समचार को भिडिओ हेरौ : 
 
हाम्रो देश नै होला फेरी उपभोक्ता अधिकार देखि जनस्वास्थ्य सम्बन्धि धेरै एनजीओ , आइएननजीओ खेति हुने देश तर काम नगन्य र सुन्य प्राय देखिन्छ किन कि तिनले गरेका काम कि त प्रभाबकारी भएका छैनन् कि त झारो टार्ने मात्र काम भएको हुनुपर्छ |

राज्यका सबै निकाय हरु बाणिज्य बिभाग जस्तै लागिपरिदिये , सबै अनियमिता हटेर जान्चन नागरिक सग सहयोग माग्नुहोस सबै निकाय का हाकिम महोदय हरु गर्नुस हाकिम साहब हो सब ले राम्रो काम को लागि सहयोग गर्छन | अब नेपाली समाज मा फलानो हाकिम हो , मन्त्रि हो थियो हैन अब हुदा के गर्यो भनेर काम को मुल्यांकन गर्ने जमात तयार भएको छ है , भुडी देखाएर , घर का तल्ला देखाएर पौरख गन्ने दिन गए तिनलाई त भनिन्छ भ्रस्टचारी |

 लु न गल्ति गर्ने भन्दा सहने को दोष हुन्छ भंचन , समस्या छ मुलुक मा यी समस्या नै हुन हामी नेपाली को अवसर पनि सबै समस्या लाइ सुल्झाउदै अघि बढ्ने अब सरकार मात्र हैन जनस्तर मा बाट पनि यस्ता कुकर्म र अनियमितता लाई नियन्त्रण गर्न खबरदारी , उजुरी र निन्दा गर्नु पर्दछ |

2 प्रतिक्रिया हरु:

लु न गल्ति गर्ने भन्दा सहने को दोष हुन्छ भंचन , समस्या छ मुलुक मा यी समस्या नै हुन हामी नेपाली को अवसर पनि सबै समस्या लाइ सुल्झाउदै अघि बढ्ने अब सरकार मात्र हैन जनस्तर मा बाट पनि यस्ता कुकर्म र अनियमितता लाई नियन्त्रण गर्न खबरदारी , उजुरी र निन्दा गर्नु पर्दछ | chi chi dhal ko paani halera prasodhan garne ......

खाद्यान्न उत्पादन तथा बेचविखनको एउटाछुट्टै ऐन हुनु पर्छ ।
जस्तो विदेशमा कसैले कुनै खानेकुरा खाएर पेट दुखेमा वा कुनै कैफियत भएमा प्रहरिमा उजुरी दिना साथ प्रहरिले तत्काल छानबिन गर्नु पर्छ र छानबिनमा कुनै साना मसिना भएपनि दोष भेटिएमा उस्ले दावि गरेको क्षतिपूर्ति तिर्नु पर्छ र सरकारको तर्फबाट पनि सजाय भोग्नु पर्छ । त्यस्तै खालको ऐन र ऐनको कार्यान्वयन हुनु जरुरी छ । अव यस्मा ढिला गर्नु हुंदैन ।

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More