August 29, 2011

बाबुरामलाइ एक नेपालीको खुल्ला पत्र

ढिलै भए पनि डाक्टर भट्टराई, हामी सबैले रुचाएको व्यक्ति तपाई जस्ता विद्वान र देशप्रेमी व्यक्ति प्रधानमन्त्री मा पाएको मा सिंगो राष्ट्र हर्सित र गौरवान्वित भएको छ | तपाई जस्ता विद्वान लाइ त हाम्रो देश मा खोजि खोजि काम गर्ने अवसर दिनुपर्ने बेला आएको हो भन्ने महसुस सबै नेपाली ले निर्क्योल गरिसके को बेला हो यो | तपाइलाई तपाई कै पार्टी का ठुला हरुले धेरै खुट्टा तानेको, रोक्न खोजेको , शक्ति मा जान बाट रोक्न खोजेको , र कारबाही सम्म चलाएर सिध्याउन खोजे को जस्ता खबर हामीले सुनेका छौ र सबै नेपाली जनता तेस्को साची छ |
 यो देश मा राम्रो काम गर्ने र असल व्यवहार गर्ने हरुलाई जहाँ पनि भाजो हाल्ने र रोक्ने , डाहा गर्ने तेस्मा पनि आफ्नै भनौदा हरु हात धोएर लाग्चन | यस्ता चुनौती हरुलाई सामना गर्दै अन्तत देश को राज्यशक्ति संचालन गर्ने स्थान मा तपाई पुग्नु भए को छ तपाइँ बाट नेपाली जनता ले धेरै आस गरेका छन् , युवा हरु ले सपना देखेका छन्, दलित , आदिवासी , जनजाती हरुले न्याय , पहिचान र अधिकारको खातिर बोलिदिने सहारा को रुप मा हेरेका छन् , महिला हरुले आदर्स समाज स्थापना गर्ने , सिंगो राज्य ले अहिले सम्म का बिकृति , विसंगति लाइ पन्छाउदै साचो नया नेपाल निर्माण को जग हाल्ने व्यक्ति को रुप मा हेरेका छन् तपाइलाई |
 नया नेपाल , गनतंत्र नेपाल , समाबेसी र सर्भोवम नेपाल को तपाई को योजना , सपना र विचार मा नै अहिले नेपाल हिडिरहेको भन्ने नेपाली जनता को ठहर छ बास्तवमा यी पुराना संसदीय खेलाडी हरु , पंच मण्डली हरुलाई पनि नया नेपाल को स्वोरुप मा ल्याउने अठोट का साथ जीवन नै बाजी लगाएर समाज र राष्ट्र को अपरेसन गर्न जनयुद्ध को बाटो समातेर समाज मा रहेका बिबिध बिकृति र विसंगति को जरो हल्लाउने काम को श्रेय जनयुद्ध को परिकल्पना र मार्गनिर्देशक को नाताले सबैभन्दा बढी तपाइलाई जान्छ |
 तपाई का शान्ति , संबिधान का खाका , विचार अनि दिर्घ कालिन राष्ट्र निर्माण का योजना हरु नेपाली जनता को आवस्यकता र राज्य को आवस्यकता संग जोडिएका छन् तपाइले राज्य का हरेक समस्या , जनता का अकांच्या बुझ्नु भएको छ र रेसको समाधान जादु को छडी ले जस्तो गरेर हुने छैन तेसका लागि तत्काल निम्न बर्गीय जनता लाइ तत्काल राहत पुग्ने खालका कार्यकर्म हरु र दिर्घकालिन योजनाहरु पनि साथ् साथै लगेर एउटा मार्ग निर्माण गर्ने काम तपाई ले गरेको बेस हुने छ र भासन बढी हैन यथार्थ प्रक भएर यथार्थ धरातल मा रहेर काम गर्नु बेस हुनेछ र हामी ले यस्तै खोजेको हो २१औ सताब्दी का हामी जनता पनि तेती अनविज्ञ छैनौ बाबुराम कुर्सि मा जाने बित्तिकै तेसै जादु चलौचा भन्दैनौ र तिम्रा राम्रा काम मा साथ दिनेछौ |

 बर्तमान स्थिति मा नेपाली जनता लाइ पटक्कै मननपर्ने काम हरु निम्न छन् यसलाई तपाइले गर्नुहुन्न भन्ने हामीलाई लागिरहे को छ : 
१. आफ्नो परिवार लाई लाभ को पद मा राख्ने , सुभिधा मुखी हुने
२. राज्य कोष को दुरुपयोग गरेर पार्टी र व्यक्तिगत स्वार्थ मा लगाउने
 ३. आफ्ना पार्टी का कार्यकर्ता को मात्र भरण पासन गर्ने तर अरुलाई रैती को व्यवहार गर्ने , बदला को भावना ले कार्यक्रम तर्जुमा गर्ने
 ४. सस्तो लोकप्रियता का लागि बहकाउ मा आएर अदुर्दर्सी र महत्वोकांची काम , योजना बनाउने गर्ने |
 ५. विदेश भ्रामन मा जम्बो टोलि लिएर जाने
 ६. च्यामता र योग्यता भएका लाइ पार्टी र व्यक्तिगत स्वार्थ मा लगेर पाखा लगाउने |
७. पुर्बग्राही भएर काम गर्ने
 ८. निम्न वर्गका लाइ भन्दा धनि वर्ग का को पक्च्या पोसन बढी गर्ने , गरिब लाई भन्दा धनि लाइ राहत दिने कार्यक्रम गर्ने बिगत का सबै सरकार ले जस्तो शक्ति , र सत्ता को आड मा जे पायो तेही गर्ने |
९. जंगली राज्य चल्न नदिने , कानुन र नियेम बिरुद्ध काम गर्ने , अराजक हरुलाई साथ् नदिने चाहे पार्टी को होस् चाहे बाहिरको होस्
 १०. तिमि यो पद मा पुगेका छौ अब गर्न दिएनन् भनेर खुट्टा कमाएर दोस थोपरेर अरुले जस्तो भित्तमा नाम टास्न मात्र गएको जस्तो गरेर लाचार भएर राजिनामा दिएको हेर्न चहन्नौ

  बाबुराम तिमि हाम्रा लागि गरिदिए पुग्ने काम हरु 
१. यो शान्ति र संबिधान को लफडा लाइ टुंगो लगाइदिने , यदि आफ्नै पार्टी का केहि गद्दार हरु तेस्को बिरुद्द आए तिनलाई जनता समू ल्याएर नंग्याउने
 2. युद्द कालमा लागेका घाउ हरु मा मलम पट्टि लगाउने , जन युद्द पिडित हरुका, सहिद परिवार , बिस्थापित सबैका माग तत्काल सम्बोधन गर्ने भत्किएका संरचना हरु लाई पुननिर्माण सुरु गर्ने
 3. बिधि को सासन स्थापित गर्न कानुन बिपरित गर्ने लाई पाता कस्ने राम्रो काम गर्ने लाई अवसर सिर्जना भर मग्दुर प्रयास गर्ने
 4. आर्थिक उन्नति का लागि , किसान , उद्यमी हरुलाई ठग्ने हैन प्रताक्च्या राहत र आत्मर निर्भर अर्थतन्त्र को जग हाल्ने
 5. कर्मचारी तन्त्र लाई परदारसी बनाउने भ्रस्टाचार नियन्त्रण को थालनी प्रधानमन्त्री को कार्यालय बाट नै सुरुवात गरेर देशब्यापी रुप मा लैजाने
 6. सिक्च्या , स्वास्थ्य, खानेपानी , बिजुली लगायत का जनता साग प्रताक्च्या सरोकार राख्ने आधारभूत सेवा हरु लाइ प्रथम प्राथमिकता मा राखेर तत्कालिन राहत र दिर्घकालिन समाधान को योजना सुरु गरिदिने इत्यादी ,
यी हामी जनता सग प्रताक्च्य सरोकार का बिसय तेस्तै अन्य कुटनीतिक सम्बन्ध, लोकतान्त्रिक अभ्यास , देश को गिर्दो अन्तरास्ट्रिय छबि सुधार्ने देखि लिएर समस्या नै समस्या को पहाड लाई समाधान पाइला र सुत्र ले बाध्न भरमग्दुर प्रयास गर्नुहोस यी सम्पूर्ण काम गरिरहदा जसले असायोग गर्छन तिनलाई जनता मा चिनाएर नंग्याउने काम साथ् साथै गर्नुहोस |
सिंह दरबार को भित्ता मा नाम टासेर गर्न दिएनन् भनेर अरुलाई गाली गर्न थाल्नु भयो भने नेपाली जनता को मन दुख्ने छ र तपैजस्ता विद्वान पनि सत्ता को सिनो मा रमाएर बसिदिनु भयो र काम केहि गर्नु भएन भने नेपाली जनता को आस कोहि मा पनि रहने छैन र लोकतन्त्र र नयानेपाल को लागि तपाइले देखाउनु भए को सपना फगत सत्ता मा जाने सिढी मा परिणत हुनेचन, लोक ले तपाइलाई धिक्कार्ने छ , तेस्तो नहोस | शुभकामना!

4 प्रतिक्रिया हरु:

बाबुरामलाइ एक नेपालीको खुल्ला पत्र this letter should be given to baburam from we nepalese some one please try to let baburam know about this letter.
this letter represents the feelings of nepalese

१० बरस को जन् यूद्ध ले खोजे को र नेपाली जनताले भनेको दूबई को फुजन को परिणाम नै बाबुरामहो भन्ने हाम्रो बिश्वासमा ठेड न पुगोस यही हामी नेता पीड़ित जनताको कामनाछ

यी सबै काम अहिले गर्न अलि कठिन छ सबै भन्दा पहिलो प्रथामिकता भनेको शान्ति सु-ब्यबस्था र संविधान जारी गर्नु हो!हामीले धेरै आशा गर्यौं तर आशातित कोहि पनि हाम्रो नजरमा पर्न सकेन सबैको बोज बाबुराम लाइ अहिले एकै पटक न बोकाउँ!

Ho sachhikai Nepal le yak gaurab sali netalai p m banauda aafaima khusi 6. Badarko chal garne kangresi "jasle aafu pani ghar banaudaina arule banayako ni bhatkau6" tesarinai Baburam le banay pani tiniharule bhatkauna sag6. Des becher khan khojne maha neta Girijako palama becheka ti sugauli sandhi dhekiko puratattik jun Gehendra samser le banayaka hatiyar haru becher aafu pani dhukuti kumlayaka kura jibanta 6. Ti 2oo quintol GUN, kHUKURI, TOP, GOLI ra annya hat hatiyar lagbhak 54 lakh us dollor ma bhechda k des ra yitihas becheko bhayanata? Ani sujhata le rubel jasta bangali juwai palera rakhnuma tapai k bhannu hun6? Karodau rupiya ghotala garer, ani phone bye pass jasta apradhik karya garer pani uslai sisno pani samet lagaiyana. Yasto abasthama ra yamaleko dhokebaj niti ra bebaharle garda PM BABURAM lai muskil parla. Yauta kuyako aalu le borama raheka saiyau aalulai kuhau6. Tesaile ti kuyaka aalulai bora dekhi nafalda samma taja aalu khana payine 6aina. So 1st try to remove damage potato. Ra tespa6i suru garnus ganmukhi karyakram haru jaha milos - Garib lai rozgar, balbalika lai sish6a, rogilai ausadhi, sahidko aatmama santi, chelibetilai swatantrata ra janatalai surat6a.

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More