झलनाथ खनाल ले सहमति को सरकार गठन का लागि मार्गप्रसस्त गर्ने सहमति अनुसार राजिनामा दिएपछि , दलहरु दुइ दलीय सहमति , त्रिदलीय सहमति खोजे कति खोजे खोजे , झलनाथ को सरकार बन्दा पनि सहमति खोज्दा खोज्दा सारा रिसोर्ट भ्याए तर बनेन सहमति | रास्ट्रपति ले सहमति गर्न दिएको समय सिमा नाघे पछि फेरी पनि यो पबित्र सब्द सहमति को ठुलो धज्जी उडीरहेको छ सहमति गर्ने सहमति गर्दै सहमति को सरकार बनाउने सहमति गर्न रास्ट्रपति समक्च्य अनुरोध गर्ने सहमति भयो तेसै अनुसार राष्ट्र पति ले पनि ३ दिन को समय थपिदिए |
यससंगै पत्रपत्रिका मा आएका कमन हेडलाइन समाचार हरु यस्ता थिए :- सहमति को सरकार गठन गर्न एमाले ले अन्तिम सम्म प्रयास गर्ने
-सहमति को सरकार गठन गर्न माओबादी हदै सम्म को लचकता प्रदर्शन गर्ने
- सहमति को सरकार नबने कांग्रेस ले संबिधान सभा को म्याद थप्न सहमति नगर्ने
- मधेसी मोर्चाले कांग्रेस माओबादी लाई सहमति गर्न आग्रह - नागरिक समाज का अगुवा ले सहमति को सरकार लाइ मात्र साथ् दिने
- ५ बुदे अनुगमन समिति र सभामुख ले सहमतीय सरकार गठन गर्न आग्रह
- राष्ट्र पतिले सर्बोछ को २ बर्ष ६ महिना भन्दा संबिधान सभा को म्याद थप्न नपाइने फैसला लाई मध्यनगर गर्दा सहमति को सरकार गठन गर्न आग्रह गरे
- कोइ ब्रेक थ्रु गर्ने कोइ अन्तिम बार्ता गर्ने दुनिया नाटक भैसके अब होला त सहमति ?
माओबादीले शान्तिप्रक्रियाको काम लाइ ठोस रुपमा कारबाही नगरे अरु दल नमान्ने छाट काट देखियो , माओबादी को आफ्नो रणनीति आफु सरकार मा गएर कारबाही गर्ने अर्थात् अरु नै कुनै हो कि भन्ने जस्तो देखियो र अन्य दलहरु बिस्वस्त हुननसकेको अवस्थामा सायदै नहोला सहमति ?
अब सहमति भएपनि लास्ट मा गएर बहुमतीय प्रक्रिया बाट नै प्रधानमन्त्री चुनिने भएछ | अन्तरिम संविधानको धारा ३८(१) अनुसार, संविधानसभामा प्रतिनिधित्व गर्ने ३१ दलबीच नै सहमति हुन सम्भव नभएकाले ३८(२) बमोजिम बहुमतीय प्रक्रियाबाट चुनाव गरिने रे | बाबुराम ले बहुमतीय प्रधानमन्त्री हुदिन भन्या छन् कांग्रेस ले देउवा लाई सहमतिको प्रधानमन्त्री को उमेद्वार भनेको छ क्यारे अर्कै बहुमतको उमेद्वार पो आउने भो कि के हो ?
कुरो जे होस् बाबुराम कमरेड बौद्धिक र भिजन भएका व्यक्ति हुन् तर यिनको पार्टी मा तागत चै झलनाथ को जति नि छैन कारण पार्टी शक्ति मा प्रचण्ड को हैकम छ त्यसमाथि बैद्य को अत्तो थपाईले यिनले शान्ति प्रक्रिया र संबिधान को जति काम गरे नि पार्टी भित्रै बाट गर्न दिदैनन र झलनाथ भन्दा निरिह प्रधानमन्त्री बन्न बेर छैन भन्ने केहि बिस्लेसक हरु को आसंका देखिन्छ | हुन पनि ५ बुदे मा जनसेना र नेपाल सरकार को दोहोरो सुरक्च्या लियिरहेका माओबादी नेता हरुले जनसेना को सुरक्च्या हटाउने सहमति भएको थियो प्रचण्ड , बाबुराम खेमाले फिर्ता पठाए भने बैध्य खेमा ले फिर्ता गरेका छैनन् यो एउटा सानो उदहारण | यस्तो अवस्था मा बाबुराम प्रधानमन्त्री नबन्दा पो इज्जत बच्ने हो कि ?
सकारात्मक भएर सोच्दा प्रधानमन्त्री नाथे जो सुकै होस् ,नो मतलब सहमति हैन संबिधान र शान्तिप्रक्रिया का काम लुरु लुरु गरेर राष्ट्र लाइ थेग्न गारो भएको संबिधान सभानामको को सेतो हात्ती लाइ बिदा गर, नत्र होस् गर राजतन्त्र को पतन लोकतान्त्रिक पार्टीहरुको सहि कामले हैन राजतन्त्रका आफ्नै गलत काम ले भएका हुन् तिम्रो काम को मुल्यांकन जनता ले गरिराखेका छन् |
खबरदार! देश र जनता का समस्या का समाधान बन्न सक्दैनौ घाऊ मा मलम पट्टि बन्न सक्दैनौ भने समस्या बनेर, घाऊ मा नुन र खोर्सानी बनेर लामो समय सम्म नाबसिदेउ साइड लाग नाथु हो बेकारमा जनता ले लखेट्नु पर्ने अवस्था आएमा राजा ले त नागरिक भएर बस्ने ठाउँ पाको थियो तिमि गद्दार हरुको भौतिक सरिरको अस्थित्वो पनि हराउन बेर लाग्दैन |
खबरदार! देश र जनता का समस्या का समाधान बन्न सक्दैनौ घाऊ मा मलम पट्टि बन्न सक्दैनौ भने समस्या बनेर, घाऊ मा नुन र खोर्सानी बनेर लामो समय सम्म नाबसिदेउ साइड लाग नाथु हो बेकारमा जनता ले लखेट्नु पर्ने अवस्था आएमा राजा ले त नागरिक भएर बस्ने ठाउँ पाको थियो तिमि गद्दार हरुको भौतिक सरिरको अस्थित्वो पनि हराउन बेर लाग्दैन |
1 प्रतिक्रिया हरु:
यस्तै कथित पन्ग्दुरे सहमति बनिहाले नि केहि लछारपाटो लाग्दैन शान्तिप्रक्रिया मा यिनको एस्तै ताल ले , सहमति त सत्ता को लागि पो त
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.