यो सुन भन्ने कुरो नि नेपालमा मात्रै लगाउने , देखाउने गर्छन जस्तो छ यार के सारो भाउ बढेको ? नया बिवाह हुनेवाला दुलाहा , दुलहीहरु देखि छड्के तिलहरी , के-के जाति बनाएर खुब देखाउने रहर भएका चेलीहरु अब सुन बहिस्कार गर्ने बेला भो है! यो न नेपालमा उत्पादन हुन्छ न रोप्न मिल्छ बेकारको ?
हाल एक नेपालीको बार्षिक प्रतिव्यक्ति आय ४७ हजार छ अनि एक तोलाको सुनको मूल्य पुगेको छ ५८ हजार ६ सय अर्थात् बर्षदिनभरी कामगरेर केहिमा खर्च नगरीकन पोइसो राख्दा पनि एक तोला सुन किन्न हामी जस्ता सामान्य नेपालीको औकात पुग्दैन |
अब हुनेखाने भनौदाहरुले लगाएर हुदाखानेहरुलाई देखाएर बेकारमा किन समाजमा भेदभाव खडा गर्नु ? त्यसै त नेपालमा धनि र गरिब बीचको खाडल झन् बढ्दोरुपमा छ यो नेपाल , नयानेपाल आए देखि त धनि झन् धनि बन्दै गा छन् , नया लुटपाट, गुण्डा गर्दी , राजनीति व्यापार फस्टाएर नया धनिहरु बढेका छन् , गरिब, गरिखाने र इमान , जमान बेचीखाने लाइ झन्झ-न् दयनीय अवस्थामा पुर्याएकाछन् अर्थात् भनौ सोझा , सिधाका त दिन गए जतिकै भाको छ हौ !
बिबाहगर्नको लागि आवस्यकतामा पहिलो नुम्बरमा नै सुन राखिन्छ अब भन्नुस त पोइसो नहुने , सुन किन्न औकात नहुनेले बिबाहगर्न कति गारो पर्या छ ?
छोरोको बिहे गर्न गहना किन्ने पिरलो छोरिको बिहा गर्न त झन् इज्जत ढाक्न रे , देखाउन रे, के के हो, के के? सुन लाइ त यस्तो आवस्यक बस्तु
बनाइदिए कि.. भो नकुरो गरम...., यो दाइजो प्रथाको सुरुवात पनि सुनले नै गरेको हुनु पर्छ है , नेपाल मा दाइजो प्रथाको अन्त्य गर्न पनि बिबाहमा सुन प्रतिबन्ध गरिदिए हुन्थियो कि ?
नेपाली समाजमा भेदभाव
सृजनागर्ने कारक तत्वोमा जातिप्रथा कम र बर्गीय रहनसहन, सामन्ती प्रथा , बढी देखिएको छ , ठुला भतेर आयोजना , पजेरो सयर , सुन , हिरा मोति प्रदर्शन जस्ता क्रियाकलापहरु नै भेदभाव सिर्जनाका मुख्य कारक हुन् | त्यसमा पनि अब यस्तो महँगो सुन लगाएर हिड्ने एक व्यक्तिले आफ्नो मनको सन्तुस्टी त पुरा गर्ला तर समाजमा धेरै असन्तुस्टी जन्माउछ, बरु सुन लगाएर समाज र राज्यलाई पिर पार्नु भन्दा नलगाएको बेस |
गर्न सक्छौ भने भेद भाव कम गर्ने संस्कार सुरुवात गरेर समतामुलक नेपाल बनाउन तर्फ योगदान गरौ नसके सुन नलगाएर भएपनि यस कदममा सहयोग गरौ ! सुन र बाहिरको देखावटी गहनाले देखाउने हो र मानिसको असली चरित्र ? अनि लुट-पाट , गुण्ड-गर्दी बाट बच्नपनि, अहिलेको अनिकाले जमानामा बच्न पनि सुन नलगाउनु पर्ने भो बा !
अब नेपालीले सुनका गहना हैन शान्ति, सद्भाव, नैतिकता र समता मुलक भावको गहना लगाएको बेस होला भन्ने हामीलाई लागिराछ , कसो ?
2 प्रतिक्रिया हरु:
lu chitta bujyo hai dai timro kuro
यसपाली त बिहे गरम भने को यार सुन को भाउ ले रोक्ला जस्तो भो ... लु न नया संबिधान मा बिहे मा सुन प्रतिबन्ध लगाउने व्यवस्था गरम ...
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.