July 5, 2011

process to follow if you lost nepali passport.


The process to follow if the passport of nepal is lost or stolen.
हराएको राहदानी सम्बन्धी व्यवस्था यस्तो रहेको छ ।
  1. राहदानी हराएको कारणले नयाँ राहदानी लिनुपर्दा माथि उल्लिखित कागजातको अतिरिक्त निम्नबमोजिमका कागजात समेत संलग्न गर्नुपर्नेछ :
  2. (क) राहदानी हराएको पुष्टि हुनेगरी स्थानीय प्रहरी कार्यालयले दिएको प्रतिवेदन,
    (ख) हराएको राहदानी खोजतलासका लागि राष्ट्रिय पत्रिकामा प्रकाशित सूचना,
  3. राहदानी हराएको कारण नयाँ राहदानी जारी गर्नु पूर्व हराएको राहदानीको नम्बर र जसको नाममा राहदानी जारी गरिएको हो सोको सूचना नेपाल प्रहरी, नेपालस्थित इन्टरपोलको कार्यालय, अध्यागमन कार्यालय तथा नेपालस्थित विदेशी नियोगलाई दिएपछि मात्र नयाँ राहदानी जारी गर्न सकिनेछ ।
  4. राहदानी हराएको अवस्थामा राष्ट्रिय पत्रिकामा सूचना प्रकाशन भएको मितिले ७ दिन पछि मात्र नयाँ राहदानीको लागि निवेदन दिन सकिनेछ । तर विदेशमा राहदानी हराई नियोग समक्ष नयाँ राहदानीका लागि निवेदन दिंदा यस दफाबमोजिम राष्ट्रिय पत्रिकामा सूचना प्रकाशन गर्नुपर्ने छैन ।
  5. हराएको राहदानीको हकमा दब्बर दस्तुर लाग्नेछ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More