July 31, 2011

कतै देशलाई भडखालो मा पारेर जनताको घरघर मा लुट्न आउने यिनको नियत त हैन नत्र किन शान्ति प्रक्रिया र संबिधान प्रति उदासिनता?


आज आइतबार  सम्म  सफत नाखुवाये समर्थन फिर्ता लिदिने भनेर धम्क्यजस्तो गरे फेरी समर्थन फिर्ता लिए नया सरकार कांग्रेस को बन्ला जस्तो लाग्य जस्तो छ प्रचण्ड लाई समर्थन चै फिर्ता हुन्न रे ? उता कांग्रेस जनका केहि सामन्ती र  ब्यापारी का प्रयोजन मा  राजनीति गर्ने भुइँ फुट्टा हरु  कन्दनी कसेर लागे यही हो मौका सत्ता मा जाने अनि  ७ पुस्ता सम्म पुग्ने गरि सम्पति कमाउने र आफ्ना प्रायोजक हरुको पनि स्वार्थ पूर्ति गराउने ,नत्र के प्रधानमन्त्री को राजिनामा मात्र विकल्प हो त शान्ति, संबिधान र लोकतन्त्र  को ? 
नेपाल का सबै राजनीतिक दल का प्रायोजित अवसरबादी खेमा को नै पार्टी मा हैकम हुनेगरेको  छ चाहे त्यो माओबादी , कांग्रेस ,एमाले  वा कुनै होस्|

काम कुरो संबिधान र शान्तिप्रक्रिया तिर  कोइ मन्त्रि पद को लर्को लिएर सत्ता सयल  तिर  , कोइ राजिनामा को  डम्फु पिटेर फोहोरी खेल तिर , कोइ संबिधानसभा सिध्याउने सड्यन्त्र  बोकी अराजकता तिर किनकि  यी गुहिये हरुको नैतिक धरातल नै अराजकतामा सिर्जना भएको  छ| 
यिनले जसरि नेपाली जनता को दुक्ख , पिडा , आवस्यकता  लाइ फगत  सत्ता आरोहन को नारा बनाए, खुलेआम घोसना पत्र , भासन बाजी , बन्दुक बाजी , लोकतान्त्रिक प्रबचन  अर्थात् भएजति सबै  अस्त्र प्रयोग गरि  सोझा जनता लाइ फस्ल्यंग फुस्लुंग पारे भए जति सबै समस्या समाधान गर्छु   भने, नया नेपाल दिन्छु भने  अनि राज्यशक्ति मा पुगेपछि  सुरु गरे लुटतन्त्र | ति सोझा मजदुर , किसान ले कसरि बिस्वास नगरुन  भोको पेट लाइ सुन्दर रोटि को सपना देखाउदा |   नैतिक  समाज , लोकतान्त्रिक संबिधान र शान्ति पूर्ण प्रतिस्प्रधा मा एक मिनेट पनि टिक्ने हैसियत यिनको छैन किनकि यिनले शक्ति र सम्मान प्राप्ति नै  झुट, सड्यन्त्र , गद्दारी बाट गरेका छन्   तेसैले यिनलाई राज्य को संकटपूर्ण अवस्था लम्ब्याउनु छ, डिजिटल दुनिया , भूमण्डलीकरण को सोच मा चले को दुनिया बाट नेपाल को सम्बन्ध बिच्छेद गर्नु छ  अनि  भडखालो मा परेको देश मा लुटी लुटी खानु छ यिनलाई , नत्र किन  नबुझेकाहुन्  यिनले देश र जनताको आवस्यकता ? 

यी लोकतन्त्र, जनतन्त्र ,प्रजातन्त्र , जनतन्त्र के के तन्त्र अनि बाद को ओकालत गर्ने  चोरहरुले लोकतन्त्र भने को नै जनता  ठग्ने, सत्ता मा जाने , भ्रस्टाचार गर्ने , लुट्ने कमाउने ,नाम कमाउने, जय जयकार लिने , छापा  पत्रपत्रिकामा अगाडी आउने अनि सबै को राजा हुने  बुझेका छन् , नकी समतामुलक समाज को निर्माण , देश को आर्थिक  उन्नति गर्दै देश र जनताका दुक्ख पिडा को मुक्तिको एउटा अचुक माध्यम | 
खबरदार! जनता  बार बार कुकुर भुके जस्तो भासन गर्न र कार्तिक मा कुकुर लस्कर लगेकोजस्तो सडक मा आएर प्रदर्सन  गरिरहने काम नभएको जमात हैन , जनता को मौनता लाइ मौन स्वीकृति मात्र नसम्झ असली मा मौन परिछ्या हो यो , अब नेपाली समाज लाइ लागेको फोहोरी राजनीति रुपको  क्यान्सर को घाउ निको पार्ने दिर्घकालिन उपचार जनता ले हेरिरहेको छ  चेतना  भया! 

2 प्रतिक्रिया हरु:

lutna ta ke nai baki cha ra yiniharu le ..

यी लोकतन्त्र, जनतन्त्र ,प्रजातन्त्र , जनतन्त्र के के तन्त्र अनि बाद को ओकालत गर्ने चोरहरुले लोकतन्त्र भने को नै जनता ठग्ने, सत्ता मा जाने , भ्रस्टाचार गर्ने , लुट्ने कमाउने ,नाम कमाउने, जय जयकार लिने , छापा पत्रपत्रिकामा अगाडी आउने अनि सबै को राजा हुने बुझेका छन् , नकी समतामुलक समाज को निर्माण , देश को आर्थिक उन्नति गर्दै देश र जनताका दुक्ख पिडा को मुक्तिको एउटा अचुक माध्यम | yo line thik lagyo ... bhayeko nai yehi ho sathi

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More