July 16, 2011

बजेट कि आस्वासन को पोको ?


युवा लाइ स्वोरोजगार का लागि   बिना धितो २ लाख ऋण  दिने  भनेर बाबुराम अर्थमन्त्री हुदा जिल्याए अब फेरी त्यहिँ नारा भरतमोहन ले नि ल्यायेचन पुरा मारामार गरेर फारम भर्न लगाए अनि लास्ट मा यता न उति साउदी कतार जिन्दाबाद भन्दै लागेका युवा हरुलाई कति रिस उठ्दो हो , यो बकम्फुसे नारा देखि ? हुनत त दि हालेपनि  सरकारी पोइसो खान जे नि गर्छु भन्दिने अनि जुवा तास , जाड रक्सि मा पोइसो सकिदिने हरुलाई चै यो पोइसो  जान्छ,  साचै केहि गर्छु भन्ने सक्च्यम,  उद्यमसिल   ले पाउदैनन बिडम्बना तिनीले कुनै फोर्स को सदस्यता लिया हुदैनन् लुट्न, चुट्न, ठग्न   जानेका हुदैनन् |

अर्को कुरो लुटेको , कालाबजारी बाट कमाएको कालो धन लाई सम्पति को स्वयेम घोसणा गर्न दिएको छ  कर छल्ने  लाइ कडाई का साथ कार्यन्वयन गर्छु भन्ने अनि कालो धन लाइ सुद्धिकरण गर्न दिने काइदा गज्जब को छ नत्र VAT मा नक्कली स्टिकर लगाएर कर छलने, लुट पाट , चोरी, भ्रस्टाचार को धन कसरि सुद्दबनाउने   | 
कृषि लाइ सुधार्ने नारा त कति हुन् कति तर बजेट चै नारा भन्दा कम रैछन |
सबै भन्दा नौटंकी चै दलित लाइ सगरमाथा चढाउन  २ करोड छुट्याएको लाग्यो दलित लाई डाक्टर इन्जिनीर  बनाउन रकम बिनियोजन गर ये भाते हो  गाऊ को बिद्यालय मा पढेर सरकारी क्याम्पस मा पढेको को गरिब ले कहाँ बाट राम्रो आंक ल्याउने ? हात मुख जोड्न नै मुस्किल हुन्छ मरी तरी पढ्यो डाक्टर इन्जिनीर बन्ने सपना देख्यो लास्ट मा सपना को मलामी गयो तेही हो यथार्थ | सिच्या छेत्र मा आउने स्कलरशिप , अनि उच्च   सिच्या का लागि दियिने अनुदान,चिकित्सा क्षेत्र मा आउने अनुदान  सबै नेता का  छोराछोरी अनि बाकि हुने खाने ले नै उपभोग गर्छन किनकि यिनको मापदण्ड नै एस्तो काइते बनाउचन  कि  गरिब को छोरो को उतिर्ण प्रतिसत तेसै पनि मध्यम निम्न  हुन्छ  हलो जोत्दै पढ्दै गरेको  बिद्यार्थी ले ल्याओस कसरि ? 
जे होस् पन्डित हरुले बनाएको बजेट मा सब्दजाल र भ्रमजाल कहिँ छुट्दैनन हेर्न र सुन्न अति सुन्दर लाग्चन यो त नेपाल का सबै बजेट को पारम्परिक ढर्रा नै हो नि काम र प्रगति त हेर्दै जाउ न तपाई हामी नै हो क्यारे समय को साची हरेक  परिस्थिति को तितो यथार्थ  झेल्ने, भोग्ने |

अब  कर्मचारी को तलब भत्ता बढेको छ छिमेकि मुलुक भारत मा पनि मुद्र स्फीति बढेको बधाई छ , चाइना तिर येन को भाउ बढी राछ हाम्रो परिनिर्भर अर्थब्यबस्था मा तेस्को असर त तुरुन्तै परिहाल्छ  बाकी कुरो बिगत् मा भएका यूरोप अमेरिका को आर्थिक मन्दी लाइ ठिक पर्न तिनका नीति र कार्यक्रम ले तेसै महंगी  बढिरहेको छ ,  तेसैले हामी पनि मूल्य बृद्दी थेग्न घर को बजेट तयार गर्न तिर लागौं  मदिरा, पान , फजुल खर्च लाई घटाएर अत्यावसेक खर्च तिर बजेट बढाउनु पर्ने बेला आयो जस्तो छ क्यार्ने जो होचो उसकै मुखमा त हो घोचो ?


Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More