July 11, 2011

मह एक औसधि अनेक , मह प्रयोग गरि घरमै निको पार्नुहोस विभिन्न स्वास्थ्य समस्या

Honey is useful household medicine if you use it properly. Some of the household treatment of health problem with honey in nepali.
मौरी र मानिसको सम्बन्ध युगौँदेखि भए पनि नेपालमा मौरीपालन व्यवसायलाई खासै व्यवस्थित ढङ्गले सञ्चालन गर्न सकिएको छैन । विविध वनस्पतिहरूबाट निःशुल्क पाइने पुष्परस, कुट र चोपलाई मौरीद्वारा सङ्कलन गराई महलगायतका अन्य बहुमूल्य वस्तु उत्पादनमा सदुपयोग गरिएमा मानिस निरोगी, फुर्तिलो र हृष्टपुष्ट त हुन्छन् नै साथै आर्थिक आर्जन गरी आˆनो जीवनस्तर उठाउनसमेत सक्षम हुन्छन् ।

मौरीको मह मौसम तथा पुष्परस दिने फूलको प्रकृति अनुसार फरक फरक रङ, स्वाद तथा गन्धका हुन्छन् । महको रङ र स्वादमा विविधता पाइए पनि महको औसत रासायनिक संरचना भने एउटै हुन्छ । प्रायः शरदकालीन ऋतुको महमा ग्लुकोज -डेक्स्ट्रोज)को मात्रा बढी हुन्छ र ग्लुकोज कम तापक्रममा जम्ने हुँदा मह पनि जम्न पुग्दछ । चोप वा अन्य केही वनस्पतिमा यसरी जम्ने गुण नहुने हुँदा गृष्ममा उत्पादन हुने मह लामो समयसम्म झोल अवस्थामा रहने गर्दछ ।

मौरीको शुद्ध मह उत्तम शक्तिबर्द्धक खाद्य पदार्थ हो । शरीरलाई आवश्यक पर्ने ८० वटाभन्दा बढी तìव महमा पाइन्छन् । महमा क्याल्सियम, क्लोरिन, तामा, फलाम, म्याग्निसियम, फस्फोरस, पोटासियम, सोडियम, जिङ्क, सेटेनियम र म्याग्निजजस्ता तìवहरू पाइन्छन् भने भिटामिन बी-१, बी-२ र बी-६ तथा निकोटनिक एसिड, एस्कोरविक एसिड, प्यान्टोथेनिक एसिडलगायतका भिटामिनहरू पनि पाइन्छन् ।

मौरीको शुद्ध महलाई निम्नलिखित तरिकाले प्रयोग गरेर रोग निको पार्न सकिने कुरा विभिन्न अनुसन्धानबाट प्रमाणित भएका छन् 

· दुई चम्चा मह र एक चम्चा कागतीको रसलाई एक गिलास मन्द तातोपानीमा मिसाएर दिनको दुई पटक खाने गरेमा रुघाखोकी ठीक हुन्छ ।

· नाकबाट पानी बग्ने समस्या भएमा वा रुघा लागेमा राति सुत्दा एक चम्चा महलाई एक गिलास तातोपानीमा मिसाएर खाने गरेमा निको हुन्छ ।

· मह र कागतीको रस दुई/एकको अनुपातमा तातोपानीमा मिसाएर खाने गरेमा उल्टी आउने, अमिलो डकार आउने समस्या ठीक हुनुका साथै उच्च रक्तचाप पनि ठीक हुन्छ ।

· राति सुत्ने बेलामा एक कप दूधमा दुई चम्चा मह राखी दैनिक सेवन गरेमा रगतमा हेमोग्लोबिन बढ्नुको साथै कमजोरी हट्छ ।

· महिलाको मासिक श्राव गडबडीमा एक गिलास पानीमा दुई चम्चा मह, आधा चम्चा कागतीको रस मिलाई खाने गरेमा केही दिनमा नै फाइदा गर्छ ।

· मह र भिजाएको चनाको पीठो दुई/एकको अनुपातमा मिश्रण बनाई अनुहारमा केही दिन लगाउनाले डन्डीफोर कम हुनुका साथै अनुहार चम्किलो हुन्छ ।

· टन्सिल आएमा वा घाँटी खसखस भएमा एक गिलास पानीमा १२५ ग्राम मह, २५ ग्राम फिट्किरी राखी पटक-पटक कुल्ला गर्दा वा दुई चम्चा मह, दुई चम्चा ग्लिसिरिन, एक चम्चा कागतीको रस, एक चम्चा अदुवाको रस मिसाई कुल्ला गर्ने गरेमा समस्या समाधान हुन्छ ।

· घाउमा मह लगाउनाले एण्टिसेप्टिकको काम गरी रगत बहने रोकिनुका साथै घाउ निको हुन्छ ।
· बियाँ झिकेको दुईवटा छोडा दुई चम्चा महसँग मुखमा राखी राम्रोसँग चपाई एक गिलास दूध राति सुत्ने बेलामा खाँदा यौन शक्ति बढ्छ ।

· मह र ग्लिसिरिन एक/एकको अनुपातमा मल्हम बनाई खस्रो तथा फुटेको छालामा लगाउने गरेमा ठीक हुन्छ ।

· गुलाबलाई पिसेर त्यसमा मह मिसाएर दैनिक प्रयोग गरेमा ओठ आकर्षक हुन्छ ।

· अमला र सुठाको बराबरी भागलाई महले मोलेर डल्लो पारी खाने गर्दा पेट सफा गराई कब्जियत हटाउँछ ।

· विद्यार्थी वा मानसिक थकान हुने व्यक्तिले शुद्ध मह सेवन गर्ने गरेमा थकान घट्नुका साथै स्मरण शक्ति बढ्छ ।

· एक सय ग्राम मह, २५ ग्राम उमालेको पानी र २५ प्रतिशत अल्कोहल वा सर्जिकल स्पि्रटको मिश्रण बनाई अनुहारमा दल्ने गरेमा अनुहारमा चमक बढ्छ ।

· सिमीको बोक्रा कुटेर रस छानेर एक कप पानीमा डेढ चम्चा मह मिसाई पिउने गर्दा पखाला लागेको ठीक हुन्छ ।

· एक चम्चा मह र केही थोपा अदुवाको रस मिसाई दिनको तीन पटक खाने गरेमा सुख्खा खोकी ठीक हुन्छ ।

· उच्च रक्तचाप भएकाहरूले लसुनको रसमा मह बराबर मात्रामा मिलाएर खाए निको हुन्छ ।

· एक तोला त्रिफला र पाँच लाल पिप्लाको चूर्णमा मह मिलाएर नियमित रूपमा चाट्नाले दम निको हुन्छ ।

· एक गिलास मन्द तातोपानीमा एक चम्चा मह र अलिकति कागतीको रस राखेर बिहान उठेपछि नियमित खाने गरेमा मोटोपन घटेर शरीर फूर्तिलो हुन्छ ।


· एक चम्चा महमा तीन चार थोपा कागतीको रस राखी सुत्ने बेलामा दैनिक अनुहारमा लगाउने गरेमा अनुहार चम्किलो र आकर्षक देखिन्छ ।
 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More