July 10, 2011

तिनका बाउको नया संबिधान ले मात्र हाम्रो थाल थाल मा भात हाल्ने र नया नेपाल सब्द ले देश को कायापलट हुने हो र ?


बिदेशी मुलुक हरुमा राज्य ले मूल्य बृद्दी गर्दा पहिला तलब, ज्याला , भत्ता बृद्दी गर्छन अनि मात्र मूल्य बृद्दी जनता ले थेग्न सक्छन नि , नेपाल मा हुन्छ उल्टो  राज्य ले मूल्य बृद्दी गर्छ कमाई खाने बाताबरण झन् झन् बिगार्दै हत्या, हिम्सा , अराजकता , अनि भए को गुजारा प्रणाली को अर्थतन्त्र को झन् दोहन | 

किसान लाई मल, बिउ, टेक्टर को मूल्य भार, डिजेल को मूल्य , मजदुर को ज्याला सबै बढी भएछि त्यो लगानी को अन्न चाई किन कौडी को मूल्य ? 
मजदुर लाई काम गर्ने दछेता , छेमता , हक हित अधिकार का साथै कर्तब्य का  कुरा हैन राजनीति केवल राजनीति सिकाइदिने , जेन तेन उद्योग चलायो  हप्ता उठाउने युवा दस्ता थर्काउने चन्दा प्रतेक संगठन उठाउन जाने |
 दोष त ब्यापारी हरुको पनि होला संक्रमण कालको फाइदा उठाउन दुनिया किर्ते धन्दा गर्ने , ठगि को कालाबजारी चलाउने तर  राज्यले पनि तिनलाई भ्याट छल , नक्कली समान बेच नत्र उद्योग बन्द गर भन्या जतिकै अवस्था सृजिना गर्दिया छ नि ?
ब्यापारी सग कर असुल्ने अनि सुरक्च्या को प्रत्याभूति नदिने आयात, निर्यात पटक्कै ब्यबस्थित नगर्ने , व्यापार लाई सघाउ पुर्याउने काम  माक्खो नमार्ने अनि तिनले  कालाबजारी , नक्कली समान नाभित्र्याये के गरुन भन्या  
साना इमान्दार ब्यापारी लाई कैची लगाएर नियम पालन गराउने ठुला सग  ५ तारे मा संगै बसेर डकार्ने मन्त्रि हरु को ताल छ |

न तेल , न बिजुली , न रोजगार , भाको रोजगार पनि गन्जागोल , न कानुन , जसको लाठि तेस्कै भैसी भन्या जस्तो भा छ देश नेता , दल भनौदा हरु आफ्नो स्वार्थ सिद्द्ध गर्न मस्त कसलाई मतलब गरिब दुखि को पिडा मतलब केवल कुर्सि , पद र पोइसो को न हो जुन चोर आए नि खाने नै हुन्  | 

हामी सोझा जनता लाई गरिखान नदिने अनि  कि लुटपाट चोरी गर के , कि दस्ता मा भर्ति हु  नत्र विदेश गइ हाल भन्ने इस्थिती हो देश को जो सुकै ले जे सुकै खोकोस यो नै हो यथार्थ ?  

जतातै भ्रस्टाचार , न्याय पालिका देखि हरेक संबैधानिक अंग, संस्थान सर्बत्र  राजनीतिकरण  अनि साना लाई ऐन ठुला लाई चैन , चोर लाई चौतरी साधुलाई सुली को अवस्था छ हेर्नुस न त्यो परशुराम भन्ने डन लाइ सर्बोच ले  पकडी भन्दा पनि नासमत्ने राज्य कस्तो हो यो ?

यिनका बाउको संबिधान ले न हाम्रो थाल-थाल  मा भात हाल्दिन्छ  न नया नेपाल सब्द ले देश को कायापलट हुन्छ सबै भ्रम हुन् ठगीखाने मेलो हो|  मुख्य कुरो हो नियत को यिनले राम्रो गर्ने नियत भए देश र जनता को कन्तबिजोक लाइ लम्ब्याएर किन राजनीतिक फाइदा लिरहने ? 
यो संबिधान जस्तोसुकै बनाउन तेस्को कार्यान्यन र इमान्दारिता नै  राज्य को भबिस्य निर्धारण गर्ने जग हो यो कुरा हामी सबै लाई चेतना भया |

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More