February 4, 2013

के नक्कली छैन नेपाल मा ?-प्रसङ्ग बिश्व उपभोक्ता दिवश

यो ब्लग पहिला नै प्रकासित भैसकेको हो प्रासंगिक लागेकोले पुनः प्राकृत गरिएको छ :

दुनिया बन्द हड्ताल,चोरी , ठगि बाबजुद  रगत पसिना बगाएर कमाएर गुजारा गर्नु पर्ने देशमा, बिडम्बना :
बजारमा पोइसो नक्कली 
दैनिक उपभोग्य समान सबै नक्कली 

स्वोदेशमा बसिखाने बाताबरण धमिलियो साहुको ऋणले टुप्पी डुबायो ? के गर्ने र ?
परदेश जाने पासपोर्ट नक्कली , भिसा नक्कली 

देशको एउटइ  गुजारा अर्थतन्त्र  चलाउने आधार र पेट पाल्ने पेसा , के गर्ने ? 
किसानका मलबिउ नक्कली , हलो कोदालो नक्कली 

आङ् ढाक्न लाज छोप्न मरितरी एकसरो जोड गरौ भन्यो यहाँ 
लत्ता कपडा नक्कली 

नेपाली धर्तिमा जन्मिने हरुले त पाएपाए, अब बिदेसीलाइ पनि पोइसोको भरमा बेचिन्छ यहाँ 
नागरिकता नै नक्कली ,लाइसेन्स  नक्कली

रोग निको पार्न अस्पताल जादा 
डाक्टर नक्कली, तेस्को औसधि झन् नक्कली 

राज्यको मेरुदण्ड शिक्षा
देशलाइ चाहिएको छ उद्योग मुखी , वर्तमान बजार मुखी अनि माटो सुहाउदो आत्मनिर्भर शिक्षा ?
फेद टुप्पोको जागिर मुखी परनिर्भर , अरु राष्ट्रले बनाएका कोर्स पढाउने घोकन्ते , फोकटको सैक्चिक प्रणाली, तेस्ले उत्पादन गरेका मास्टर  अनि  शैक्षिक प्रमाणपत्र सबै नक्कली

निस्पक्ष न्याय दिने अदालतका साची देखि पत्रकार सम्म नक्कली, 
देशलाइ निकास दिने सबल ,क्षमतावन ,  सक्षम भिजनवाला  नेता चाहिएको  
आखा फुटेका समाजबाट बहिर्क्रित , भिजन , सिक्च्या , क्षमता  नै नभएका नेता नै नक्कली 
फेद न टुप्पोको राजनीतिक व्यवस्था नक्कली 

माटो सुहाउदो अर्थतन्त्र अनि राजनीतिक व्यवस्था खोजेको मुलुकले 
दलहरुका परदेशी सिद्धान्त नै  नक्कली ??

कतै  यस्तो नक्कली  सेरोफेरोमा गुज्रिरहेको हाम्रो मानसिकता नै नक्कली त भएको छैन ?
अब भन्नुहोस हाम्रो समाज र नया पिढी कसरि बनाउन सकिन्छ त सक्कली ?

बोर लाग्या छैन भने आउनुहोस एकछिन नक्कली समान र बजार को यथार्थ गन्थन गरौ न ?



हिजोआज फेरी संचार पत्रहरुमा  नक्कली र सडेगलेको समानले चर्चा पाएको देखिन्छ, किन  हामी नेपालीले नै सडेगलेको र नक्कली समान को भागी हुनु पर्ने ? मरेर दुक्ख गरेर कमाएको पोइसो लिएर बजार गयो जे किन्यो तेही नक्कली तेसका बाउको एकातिर चाइनिज नक्कली समान को लर्को अर्को तिर इन्डियन नक्कली अनि सडेगलेको समान |

केहि  अघिको अंक मा नागरिक दैनिक ले छापेको दर्दनाक समाचार  भारत मा हैजा ले मरेको कुखुराको मासु नेपाली बजार मा बेचिदै रे १०० रुपया मा किनेर २०० मा बेच्ने गरेका छन् रे  यो एउटा ज्वलन्त उदहारण मात्र हो यस अघिको खबरदारी लेख मा पनि उल्लेक गरिसकिएको बिसय कुहिएको गुटका, नक्कली रक्सि , चामल दालमा ढुंगा अनि अखाद्य रंग र केमिकल लगाएका भारतीय बजार मा प्रतिबन्धित समान नेपाली बजारमा सजिलै खुला रुपमा बिक्रीवितरण हुने गरे को तथ्य तपाई हामी सामु धेरै तिता अनुभव छन् | 

नेपालीले आफ्नो रगत पसिना ले कमाए को पैसा खर्चगरेर मंर्नको लागि आफै रोग किन्नु पर्च, तेस्ता समान संगै, कारण ति समान प्रयोग गर्दा स्वोतः रोग को सिकार भइन्छ| कल्पना गर्नुस कति दाजुभाई मरेहोलन अकाल मा ? बिसेसतह सिमा ओरिपरिका दाजुभाई हरु धेरै मात्र मा एस्तो समस्या बाट ग्रसित छन् |

दोसी को त ?
दोषी नम्बर १ .  
जथाभावी राम राज्य चल्न दिने मुख्य दोषी हुन् अहिलेका नालायक नेत्रित्वो, राजनीतिक दल यिनले देशमा कानुनी राज्य र देशका सम्पूर्ण सम्बन्धित निकायहरुलाई  चल्न नै दिएका छैनन् !

दोषी नुम्बेर २  . 
भ्रस्टाचारले ग्रसित  कर्मचारीतन्त्र , सबै भन्दा फटाहा यी भए यिनले राम्रो सग आफ्नो जिम्मेवारी निर्बाह गरिदिए पनि धेरै समस्या हल हुन्थियो | नेपालमा ग्रामिणभेगमा बस्ने अधिकांस जनसंख्या अहिले पनि अशिचित अथवा अर्धचेतन नै मान्नु पर्च कुन कुरा ठिक कुन कुरा बेठिक भन्ने कुरा कम मात्र थाहा हुने र तिनलाई सजिलै ठग्न सकिने हुनाले तिनलाई नै टार्गेट गरेर तेस्तो ठगिको धन्दा चलाइन्छ |
यसको सिकार हुनेमा अधिकांस रिक्सा मजदुर, भरिया , दैनिक ज्याला गरिखाने मजदुर देखि असिक्चित बलको काम गर्ने मजदुर रहेको पाइन्छ |

दोषी नम्बर ३ .
 हामी आफै , सोच्नुहोस न हामी,  आफैले फलाएको प्रांगारिक अन्न , स्वोदेशी समान भन्दा जे चिज महँगो अनि आकर्सक प्याकिंग छन् तेही मनपर्छ , गाउघरमा उब्जाएका सबै राम्रा कुरा चै सस्तोमा बेचिदियो अनि महंगा तर कुहिएका , रंगाएका , कमसल समान किन्यो चलायो अनि साथै आफु पनि रोगि कमजोरी भयो,  अनि धेरै जस्तो चै सस्तो को लोभ मा फस्ने काइदा 

दोषी नुम्बेर ४ 
हाम्रा जान्ने , बुज्ने वर्गहरु , मिडियाहरु : मिडिया यो कवच लगाउदा सबै भाग्य प्राप्त हुन्छ भनेर एड आउछ , चाउचाउमा सबै मा उपहार नै उपहार तेसका बाउको बरु सस्तोमा समान बेच्नु नि के को उपहार उपहार फेरी बिज्ञापनमा मात्रै त हो  सोझा सिधा जनता झुक्याउने काइदा  तेस्तै दुनिया समाज सेवाका लागि खुलेका एन जी ओ बिजनेस ले पनि यो क्षेत्र मा ध्यान दिएको पाइदैन किन कि जनता निरोगी भए , ठगिएनन भने यिनको मागी खाने भाडो बन्द हुन्छ क्यारे ? 

दोषी केलाउदै जाने हो भने कति कति ?  हुदा हुदा अब बजार मा रु १००० को नक्कली नोट प्रसस्त छरिएको भेटिन थालेका छन्  यसले पनि ठगिने त ति सोझा सिधा श्रमिक , मजदुर समूह नै हुन्, हैनन् र ? 
अब राज्य अन्धो भयो भने हामी पनि अन्ध भएर बस्नु भन्दा  अब हरेक नेपाली ले आफ्नो कर्तब्य बोध गरि यस्ता खराब तत्वो को खोजि खोजि बहिस्कार प्रतिकार सुरु गरौ |
सबै भन्दा पहिला आफ्नो परिवार, छिमेक टोलमा त कम्तिमा यस्ता कुराको चेतना फैलाउ अनि कानमा तेल हालेर बसेको सरकार यानिकी सम्बन्धित अङ्ग हरु प्रसासनको पनि ध्यान अकर्सन गरौ , नेपाली समाजका हरेक भाइरस हरुको स्क्यानिंग गर्दै डिलेट गर्ने जिम्मे हामी समाजका सदस्य हरुको नै हो किनकि हामीले नै तिनलाई राम्रो संग चिन्ने र भोग्ने मौका पाएका छौ कसो ?





Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More