June 28, 2011

भुत्राको चढुन नानो कार ?

तेसका बाउको जुन पत्रिका हेरो नानो कार को एड  धान बालि लगाउने बेलामा किसान लाइ सस्तो मल,  बिउ , अनि सजिलो प्रबिधि चै भित्रयाउ,  कसरि आत्मा निर्भर बन्ने ? हैन कसरि पोइसो  विदेश तिर पठाउने  अनि परनिर्भर बन्ने लाइन मा देश को अर्थतन्त्र दौडिएको छ , नानो कार, मोबाइल , इन्टरनेट प्रबिधि सस्तो उपलब्ध हुनु ठिक छ तर भोक, प्यास , अन्धकार मा बसेको नेपाली समाज लाई त्यो भन्दा बढी महत्वोपुर्ण जीवन  गुजारा चलाउनु छ  |
हिजो कान्तिपुर मा एउटा संचार छापिए को थियो किसान लाई मल, बिउ छैन रे रोपाई मा ? घर , बजार , बिद्यालय आवत  जावत गर्ने तुइन सरकारी मर्मत , सम्भार को अभाव मा चुडिएर ५ जना खोला मा डुबेर मृत्यु भयो रे ?तेल, ग्यास , बिजुली को त कुरै छोडौ ?

 महंगी ले आकाश छोएको छ, २ छाक टार्न अनि लाला बाला पढाउन मुस्किल छ मजदुर , किसान को हाल , आकासे खेति अनि मल बिउ को अभाव मा भए को बालि पनि घट्दो अवस्था मा छ  पानि , बिजुली, आत्मनिर्भर हुने सिप, प्रबिधि  हैन मोबाइल, भटभटे  गाउ गाउ मा लगेर कुखुरा  बाख्रा बेचे को पोइसो पनि मोबिल को बिल मा सकिन्छ बाकी रहे को खर्च इंडिया को तेल र नुन , चाइना को लुगाफाटो, electronic goods  अनि बडे बडे कम्पनि को समान(fair n lovely, sampoo etc) made in चै नेपाल समान बहुरस्त्रिया  कम्पनि को तेस्मा पनि इंडिया को , खोइ देश को आफ्नो समान ?   अब हुदा हुदा भात खाने चामल, रोटि खाने गहु पनि आयात गर्ने अवस्था मा पुग्यो मुलुक ,  भुत्रोको चढुन नानो ?

अब मंगसिर लाग्छ फेरी धान को भाउ चै कौडी को मूल्य मा बेच्नु पर्छ धोति लाइ फाल्गुन चैत मा तेइ धान को चामल नेपाल आयात हुन्छ अनि  तेब्बर दाम मा किनेर खानु पर्छ नेपाली ले ,कुहिए को सुपाडी जति सब गुट्खा बनाएर नेपाल पठाउच जुन समान इंडिया मा बिक्रि बन्द भएको हुन्छ, अरु भन्दा नि औषधि बोर्डर का गाऊ मा पिठो भरेर दुरुस्तै नक्कली बनौचन अनि १०० प्रतिसत नाफा को लोभ मा बेचन नेपाल का औसधि पसले ले  अनि समान सगै रोग किनो खायो ,नक्कली दारु तेस्तै  सिमाना का घर घर मा सिल प्याक हुन्छ रोयल स्ताग, खुकुरी  देखि रातो लेबल को रक्सि सम्म तेइ पिउचन पोइसो , किड्नी  सब बर्बाद थुइक्क नेपाली को कर्म भन्नु कि बुद्दी ? ,  भुत्रा को चढुन नानो कार ?

देश न सरकारले  चलाको न पशुपतिनाथ ले, अहिले सम्म तेही रगत पशिना काढेर गरिब जनता ले गरे को श्रम, अनि पर्देसी नेपाली दाजु भै ले पठाए को रेमिटान्सले धानेको छ   नत्र  सोमालिया , इथिपिया जस्तो भैसक्थियो | ति सोझा सिधा लाई पनि लुटेर , ठगेर सक्ने भए, भुत्रा चढुन नानो कार ? 

2 प्रतिक्रिया हरु:

wao lekh hos ta yesto super like bimal ji

Wao bimal ji great lekh sarai chitta bujyo.. keep it up

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More