March 7, 2011

किन लगाइन्छ निधारमा टिका ?


हिन्दु धर्म आनुसार किन लगाइन्छ टीका ?
हिजोआज प्रायः निधारमा टीका लगाएका मानिस त्यति देखिंदैनन् । निधारमा टीका लगाएका मानिसहरू हेर्न चाडपर्व कुर्नुपर्छ । 

गोपीचन्दन, रक्तचन्दन, सिन्दूर, केशर आदिलाई टीकाका रूपमा प्रयोग गरिन्छ । हिन्दु धर्ममा टीका धारण नगरी गरिएका दान, तप, होम, पितृकार्यलाई निष्फल मानिन्छ । शरीरमा रहेका ७२ करोड ७२ लाख ७२ हजार २ सय १० नाडीमध्ये इडा, पिङ्गला र सुषुम्ना मुख्य मानिन्छन् । सुषुम्नालाई ज्ञानको प्रवाहक
मानिन्छ । यो मस्तिष्कको मध्यभागबाट निधारतर्फ निस्केको हुन्छ । यसैमा कालो टीका तिलक वा चन्दन लगाइन्छ । चन्दनले मानिसका विकारयुक्त कीटाणुको नाश गर्ने, विचार शुद्ध राख्ने, वीर्य संरक्षण गर्ने भएकाले चन्दन लगाइन्छ । मस्तिष्क तातेपछि मनमा नकारात्मक तरंग फैलन्छन् । यस्लाई सन्तुलित बनाउन टीका लगाउन थालिएको हो ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More