February 21, 2011

सबै नेपाली मिले के सम्भव छैन र यो सुन्दर प्रकृतिक सम्पदा अनि क्रिसी योग्य जमिन ले भरिभराउ देशमा


 अब फोहोरी राजनीति लाई निरुत्साहित गर्दै समाज मा योगदान गर्ने किसान, मजदुर, कर्मचारी, दिदि बहिनि दाजु भाई हरु अनि येत्रो आर्थिक सङ्कट को बखत् पनि देश लाई बचाई राख्न मदत गर्ने बिदेस मा पसिना बगाएर रेमिटान्स पठाउने परिश्रमी नेपाली हरुलाई सहानुभूति राखौ | ठगि खाने नेता , भ्रस्ट कर्मचारि भन्दा भारि बोक्ने भरिया र खेत जोत्ने किसान र बिदेसी भुमि मा पसिना बगाएर भए नि स्वोदेशी अर्थतन्त्र लाई बचाउने पर्देसी मजदुर नेपाली नै यो देश को अस्मिता जोगाएर राख्न सफल छन्  ति सबै महान छन् सबै श्रमिक, मजदुर, ब्यापारी , किसान हरु नै यो राष्ट्र क भाग्य विधाता हुन् भन्ने तथ्य लुकाएर लुक्दैन|हामी ले सपना देखे को नेपाल बनाउन हामी आफै लाग्नु पर्छ कुनै बाद आए नि, माइके लाल आए नि देश बनाउने हामी नेपाली ले हो | .कसले हाल्दिने यहाँ जनता क थाल थाल मा भात ? सब गफ र भासन ले चल्छ देश ? झुटो आस्वासन मा भोट दिने हामी नेपाली, हाम्रो धर्यता लाइ कमजोरी ठान्ने हरु,  देश मा ठुला ठुला गफ दिएर, असिक्चित, मजदुर, किसन लाई ठुला सपना देखाएर नया राजा बन्न उत्सुक पजेरो धारी नया पन्डित हरु सपना धेरै नदेख अब नेपाली ले राजनीति रुपी फोहोरी खेल बुझेका छन्,  खबरदार!

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More