February 14, 2013

सरस्वति माता ले हामी सबै लाई ज्ञान, बिद्या , बुद्धि ले भरिपुर्ण बन्न मद्दत गरुन!


बिद्या र बुद्धि लाई जीवन को आधार स्तम्भ ठानेर पुजा गर्ने चलन अत्यन्त उत्कृस्ट छ फोटो पुजा गरेर , लड्डु चढाउनु सांकेतिक संम्मान , स्रद्दा हो तर यथार्थ  ज्ञान  र बुद्दी को सम्मान   र सरस्वति को सहि पुजा मेहनत, परिश्रम, र इमान्दारिता साथ् अध्यन अध्यापन गर्नु र प्राप्त ज्ञान लाइ ब्यबहार मा परिबर्तित गर्दै परिवार, समाज र राष्ट्र र मानव सेवा मा समर्पण गर्नु नै सच्चा सरस्वति पुजा हुने छ|

अब हाम्रा धर्म परम्परा र संस्स्कृति लाई पन्डितहरु ले गरेको को केहि गलत ब्याख्या बाट परिमार्जित गर्दै सर्ब स्वीकार्य र यथार्थ परक बनाउनु जरुरि देखिन्छ |
चामल घिउ पोलेर यज्ञ गर्ने ,चामल निधार मा टासेर उत्सब मनाउने , मासिकस्राब भएकी चेली लाई घर निकाला गर्ने, पबित्र र पबित्र , लाचिन , अलचिन का परिभाषा हरु बदल्न तथा युग सुहाउदो परिमार्जन को खाचो देखिन्छ |
बिरालो बाधेर सरादे गर्ने अनि मरे पछि बाहुन पोस्ने हैन मानब कल्याण का काम मा सहयोग गरे पुण्य मिल्छ भन्ने कुरा को हेक्का राख्नु जरुरि छ | दुक्ख को कुरा त के छ भने धर्म को गलत ब्याख्या गरि धर्म को नै बदनामी गराउने खालका बलि प्रथा, मानव बीच भेद भाव सिर्जना गर्ने प्रथा हिन्दु धर्म मा ज्यादै निन्दनीय छन् साथै अन्य धर्म मा पनि विभिन्न धर्म गुरु हरुले गलत ब्याख्या गरि बिश्वो मा नै आतंक , हिम्सा र त्रास सिर्जना गरेको पाइन्छ |
 धर्म मानब कल्याण, मानब मात्र नभएर जीव जन्तु, प्रकृति सबै को रक्च्या गर्दै मानब लाई इमान्दार भएर बच्न अनि अरुलाई पनि सम्मान गरि बच्न दिने मध्यम हो न कि स्वार्थ अनुकुल ब्याख्या गर्दै समाज मा हिंसा भड्काउने ?
सरस्वति माता ले हामी सबै लाई ज्ञान, बिद्या , बुद्धि ले भरिपुर्ण बन्न मद्दत गरुन , सरस्वति पुजा को सुभकामना



0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More