शहीदहरुको सम्झनामा
- कविता - भू पी शेरचन - घुम्ने मेच माथि अन्धो मान्छे बाट
हुँदैन बिहान मिरमिरे तारा झरेर नगए
बन्दैन मुलुक दुइ-चार सपूत मरेर नगए
्र
ओठमा हाँसो गालामा लाली तब आउँछ जगत्को
देशको पीरले भेटी जब वीरले चढाउँछ रगतको
घाँटीमा फाँसीको माला गाँसी वीरले हाँस्ता
मातृभूमिकेा चरण ढोगी भाग्दछ दासता
उम्रन्न बोट कसैले बीउ छरेर नगए
हामीले खाने प्रत्येक गाँसमा रगत छ शहीदको
हामीले फेर्ने प्रत्येक सासमा रगत छ शहीदको
हाम्रो मुटुको प्रत्येक चालमा छ धडकन शहीदको
हाम्रो खुसीको प्रत्येक पलमा छ जीवन शहीदको
पाउने थिएनौ खुशी तिनले छाडेर नगए
हामीले आफ्नो कर्तव्य बिसे्र इतिहासले धिक्कार्ला
गोली निलेका शहीदका प्यारा ती लाशले धिक्कार्ला
धरतीले मुख लाजले छोप्ला आकाशले धिक्कार्ला
शहीद रोलान् हामीले उन्नति गरेर नगए
हँुदैन बिहान मिरमिरे तारा झरेर नगए
बन्दैन मुलुक दुइ-चार सपूत मरेर नगए !
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.