January 4, 2011

स्वाद मात्र हैन प्याजले औसधि को पनि काम गरिरहेको हुन्छ


प्याज आलुपछि  सबैभन्दा बढी खाइने तरकारीमा पर्छ । प्याजका फाइदा कम छैनन् । सास गनाउँछ भनेर युवा वर्ग यसको सेवनबाट हच्किने गरेको देखिन्छ । तर तिनले के भुल्नु हुँदैन भने, प्याज राम्रो तरकारीका साथै अति राम्रो औषधि समेत हो । प्याजमा केलिसिन र राइबो फलेबिन -भिटामिन बी) पर्याप्त मात्रामा हुन्छ ।

प्याजमा ११ प्रतिशत कार्बोहाइड्रेट हुन्छ । यसमा गन्ध हुनुको कारण यसमा एन-प्रोपाइल डाइसल्फाइड हुनु हो । यो पदार्थ पानीमा घुलनशील एमिनो अम्ल माथि एन्जाइमको प्रतिक्रियाले गर्दा निर्मित हुन्छ ।
आधुनिक चिकित्सा विज्ञानको नयाँ अध्ययन अनुसार, प्याजको नियमित उपयोगले ग्यास्टि्रक अल्सरबाट बचाउ हुन
सक्छ । यस्तै, स्विटजरल्यान्डस्थित बर्न विश्वविद्यालयमा गरिएको अध्ययनले यसको नियमित सेवनले ओस्टियोस्पोरोसिस हुने सम्भावना समेत कम हुने देखाएको छ । केही अन्य अध्ययनले प्याजको नियमित उपयोगबाट पेट र मस्तिष्कको क्यान्सर हुने जोखिम कम हुने उल्लेख गरेका छन् ।
प्याजले रगतमा कोलेस्ट्रोल, ट्राइग्लिसराइड र थ्रोम्बोक्सेनको स्तरमा समेत कमी ल्याउँछ । विभिन्न अध्ययन अनुसार, प्याजमा एन्टिब्याक्टेरियल र एन्टिफंगल गुण समेत हुन्छ ।     
आयुर्वेदमा प्याज अजीर्ण अर्थात् खाना नरुच्ने-नपच्ने र झाडापखालामा उपयोगी हुने उल्लेख छ । यो जीवाणुरोधी, तनावरोधी, पीडानाशक, मधुमेह नियन्त्रक, पत्थरी विरोधी र वाथरोधी मानिन्छ ।
प्याज प्राचीन कालदेखि नै कति उपयोगी रहँदै आएको छ भने, मिश्रको पिरामिडका निर्माताहरूसमेत प्याज खान्थे रे । पिरामिडका ममी -मानव शवह) रूपमा समेत प्याज पाइएको छ ।
प्याजलाई छालामा दल्दा कपालमा बढ्ने जनविश्वास समेत छ । 
Source :This article was published on ekantipur.com/np  published date  2068, chairtra  4 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More