December 29, 2010

सबै बरबादीको जिम्मा कसलाइ दिने गल्ती गर्ने भन्दा सहनेको पो दोष बढि होकी अब ६ महिना चै यि शिस्रनेता भनौदा ठेकेदार र सभासदरुका चाकमा जिरे खोसा्रनी राख्दीनेकी?

संबिधानसभाको म्याद रिचार्ज गरेको ६ महिना बितीसकेकोछ त्यो पनि विवादस्पद ढंगले संबिधानसभाले आफ्नो आयु आफै बढाएर सबै संसदले तलब भत्ता सुविधा लिया हुन क्यारे त्यो सम्म त नेपाली जनताले पचाएका हुन अब यो अवस्था सम्म आइपुग्दा त राज्यको अस्थित्व लाइ नै खतरा पर्ने सुन्यता सृजना भएको छ वैदेशिक हस्तक्षेप नांगो रुपमा देखापरेको छ ।

एउटा सरकार बनाउने खेलमा ठुला भनाउदा राजनितीक दलका नेताहरुको सत्तालिप्साको फोहोरी खेलमा देश र जनताले नै एउटा राज्यविहिनताको अवस्था भोगिरहेको तथ्या सर्वविधित छ । एउटा काम चलाउ हैसियतको सरकारले देशको वन जंगल फडानि रोक्न नसक्नु व्यापारीहरुको प्रायोजनमा मुल्यवृद्धी अनुमोदन गर्दै जानु र सम्पुण कार्य व्यवस्था अल्पकालीन ढंगले चालाउनु अराजकता हत्या िहंसा ले प्रसय पाउँदै जानु लोकतन्त्र विरोधि तत्वहरु संगठित रुपमा चलखेल गर्नु अवश्य पनि राम्रो संकेत हैन । अझ शान्ति प्रकृया प्रति दलहरुद्धारा देखाइएको गैर जिम्मावारीपनले र माओवादीको जनविद्रोहको धोस संसदवादीहरुको अकर्मन्यता र प्रतिसोधका कदमहरुले थप जटिल मोडमा ल्याएर देशलाइ भड्खालोमा पार्ने संभावना बढेको छ जसको प्रत्यक्ष फाइदा छिमेकीले लिनेछन् त्यो अवस्थामा अरुलाइ दलाल भन्नेहरुनै मुख्य दलालको नाइकेको रुपमा चित्रीत हुनेछन् ।

नेपाली जनता र राज्यको यो कठिन घडिमा देशमा रहेका वुद्धिजिवी शिक्षित पेशागत संगठन नागरीक अगुवा,सचेत नागरीक हरुले टुलुटुलु राजनितीक दलका नेताहरुको तान्डव हेर्दै जानेहो भने मोटो रकम लिएर राज्य नै ठेक्कामा लगाउन पछि नपर्ने छाँटकाँट देखाए जल्दा बल्दा भ्रान्तीकारी लोक तन्त्रका ठेकेदारहरुले ।

गरीब किसान मजदुर सोसित पिडितको नाम रतो दिन भाशणमा जप्नॆ यत्रो मुल्य वृद्धी किसाको अन्नको मुल्य कौडिको दाम बनाउने कालाबजारी लोडसेडीग बढाएर इन्भटर जेनेरेटर वाला संग पैसा असुल गर्ने ँ काम गरिखाने लाइ गरी खान नदिने युवालाइ लुटीखान सिकाउने को को मात्र क्रान्तिकारी यहा । सबै बरबादीको जिम्मा कसलाइ दिने गल्ती गर्ने भन्दा सहनेको पो दोष बढि होकी अब ६ महिना चै यि शिस्रनेता भनौदा ठेकेदार र सभासदरुका चाकमा जिरे खोसा्रनी राख्दीनेकी जसको मतलब हामी सबै तात्नु जरुरी भयो ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More