December 20, 2010

डाबर नेपाल ले अगाडी को मिति मा अहिले प्याकिंग गरे को खबर आयो त्यो बनाउदा झन् कति अनिअमिता गर्दो हो?

डाबर नेपाल ले अगाडी को मिति मा अहिले प्याकिंग गरे को खबर आयो त्यो बनाउदा झन् कति अनिअमिता गर्दो हो? हुन पनि फर्सी को झोल लाइ आप को रस भनि खाने हामी पनि सुध्रिन जरुरि छ| डाबर जस्तो बहुष्ट्रिय कम्पनि ले नेपाली उपभोक्ता मा गरे को अन्तर्घात को खबर ले प्रस्ट हुन्छ कि राजनीतिको फोहोरी खेल अनि सम्बन्धित निकाए हरु को निरिह पन ले खाद्यान्न मा मिसावट, अखाद्य बस्तु को मिश्रण,म्याद सकिएका गुणस्तर हिन सरसमान बिक्रि वितरण गर्ने थलो नेपाल भए को छ | गाऊ घर तिर भारतीय बजार मा प्रतिबन्धित पराग, मदिरा, पेय पदार्थ, प्याकेट मा पाइने अधिकांस बस्तु नक्कली लेबल लगाइएका र मिसावट युक्त पाइने गर्छन, होटल रेस्टुरा हरु मा बासि खाने कुरा बेची दिने, नाप तौल को अनियमितता जस्ता जघन्य जनमारा काम हरु ले परम्परा को रुप नै लिए का छन् , हुदा हुदा भारतीय बजार बाट सिमा क्षेत्र मा सक्कली औसधि को लेबल लगाएर भित्र पिठो हाली, चिनी पनि को घोल बनाई औसधि १०० प्रतिसत ब्यापारी लाई बोनस दिएर बिक्रि गर्ने प्रचलन अझै पनि बिध्यमान छ ति औसधि बिसेसत पहाडी भेग अनि तराई का बिकट गाऊ मा लगेर बिक्रि गरिन्छ जहाँ अधिकांस मानिस हरु असिचित र निरिह छन् सरकार को उपस्थिति हुदैन र भए पनि ब्यापारी को प्रयोजन बाट हुने गर्दछ हुन पनि नेपाल मा औसधि तथा स्वास्थ्य को बारेमा मानिस हरु अझै पनि धेरै कम ज्ञान रकने गर्छन

नेपाली जनता लाई क्रान्तिकारी आन्दोलन अनि लोकतान्त्रिक सासन व्यवस्था ले दिए को यो अर्को सुनौलो उपहार हो|
आफु ले दैनिक उपयोग गर्ने सरसामान किन्दा रोग र बिस सहित उपहार पाइन्छ किन कि हरेक समान मा हुन्छ यहाँ मिसावट अनौठो कुरा त अब नेपाल मा गुणस्तरीय र असली समान किन्न न पाइने नै भयो दुनिया गार्मेन्ट उद्योग देखि खाद्यान्न उद्योग ले राम्रा समान जति सबै निर्यात गर्छन र विदेश मा गुणस्तर नभएका बिकसित देश का सरकार ले प्रतिबन्ध लगाएका बताबरनिय र जनस्वास्थ्य मा प्रतिकुल असर पर्ने प्रबिधि, खाद्यान्न सबै नेपाल मा ब्यापारिक माफिया हरुले ल्याउने गर्छन र तेस्को सिकार गरिब निमुखा जनता बन्ने गर्छन किन कि सम्भ्रान्त धनि भनौदा हरु लेबल गुणस्तर चेक गरेर बढी मूल्य तिरेर भए पनि गुणस्तरीय समान किन्न सक्च्याम हुन्छन
हामी जनता आफै सचेत भएर घरेलु उत्पादन का बस्तु र सेवा लाई प्राथमिकता दिने र बहु राष्ट्रिय कम्पनि का समान हरु लाई निरुत्साहित गर्न जरुरि छ यसले देश को अर्थतन्त्र लाइ पनि मदत पुग्छ , बिसेस गरि हामी मा आकर्सक प्याकिंग र बिज्ञापन, उपहार योजना को प्रलोभन मा परेर समान किन्ने बानि सुधार्न जरुरि छ अब हामी आफै जागरुक भएर नक्कली प्याकिंग गर्ने देखि खाद्यान्न मिसावट गर्ने लाई समाज बाट बहिस्कार गर्न जरुरि छ किन कि नेपाल मा सरकार र राजनीति पनि ब्यापारी हरु को प्रयोजन बाट बन्ने र भत्कने परिपाटी सुरु भैसके को छ जुन कुरा निर्वाचन ताका, अधिबेसन ताका ब्यापारी हरु ले पार्टी हरु लाई गर्ने ठुला आर्थिक सहयोग र ठुला ठुला ब्यापारी ले राष्ट्र लाई तिर्ने कर छलेर घुस दिने प्रथा ले पनि पुस्टि गर्द छ |

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More