October 26, 2010

जरुरी नेताहरुलाइ सार्वजनीक बहिस्कारको ।

नेपाली जनताको परीवर्तनको आसालाई तुसारापात गर्दै देश र जनता प्रति अराजकता महंगी भ्रस्टचार दिन दाहाडै अपहरण र हत्याको राजनिती भित्रयाएर वर्तमा खाओवादी ठुलोपाटी अलिक ठुलो थाँग्रेस अनि झालेमाले सोझा सिधा मधेसीका नाममा राजभोग गर्ने मधेसका ठेकेदारहरु कोहि भन्दा कोही कम छैनन् मधेसिको बढि थिचोमिचो गर्ने र शोसण गर्ने मुठ्ठीभर धनीटाठाबाठा भनौदा मधेसीनै छन् यसमा विगत महेन्द्रीय राष्ट्रवादले गरेका राज्यपक्षका केहि कमजोरी बाहेक।

यिनले पक्कै पनि विकसित देशहरु भ्रमण गरेका छन राजनिती भनेको जनताको सेवा गर्ने र नेता जनताका नोकर हुन सेवक हुन भन्ने राम्रो थाहा पाएका छन् यिनका दिमागमा भुमन्डलीकरण तथा आधुनिकता तिर उन्मुख समाजका आवस्यकता अनि विकासका लागी गर्नुपर्ने योगदान जस्ता सम्पुण कुराको जानकारी राम्रो हेक्का छ तर यिनको गुहिय मानसिकता जनतामा राजनिती थेापार्ने अनि अनिस्चितता र भयमा ढुलिमुली गर्ने सुरक्षा घेरामा बसेर जनतालाइ असुरक्षीत बनाउने र जनताका हरेक वेदना र समस्यामा राजनिती भित्रयाउने ।

संसारमा राजनिती परिवर्तन विकास समस्याको सामुहिक समाधानका लागी हुन्छ राष्ट्र र राष्ट्रीयता बचाउन हुन्छ तर विडम्बना नेपालमा राजनितीको व्यापार हुन्छ राष्ट्र र राष्टीयता कमजोरपार्न राजनिती हुन्छ पैसा हुँदा शान्ती किन्न पाइन्छ यहाँ आफन्तलाइ जागीर खुवाउन अनि सात पुस्तालाइ पार लगाउन सरकारमा जान हाना थाप गरीन्छ अरु के के कुरा गरेर समय बर्वाद गरौँ कुकुरको खुट्टा टोक्नेकाम त मुर्खले गर्छ भन्छन ।

यि सब समस्या अनि चर्तिकालाको विकासक्रममा हामी जनताको मौनता अनि सहस्र स्विकार गरीदीने प्रवृती गाउघरमा रिबन काट्न देखि लिएर एउटा नागरीकता बनाउँदा खरदार लाई खनि पासपोर्ट बनाउँदा काम चाडो गरीदे भन्दै घुस खुवाउन अग्रसर परम्परा ले अनि यिनका ठुला भासण सुनिदिने अनि ताली कजाउने यिनका अन्तरवार्ता सुनेरा दंग भइदीने यिनको अन्तर्घाती कदममा साँचि बनिदीने जस्ता कदमले नै यि यति ठुला भए यि यति ठुला भएकी अब समस्या समाधान गर्न जनताले गुहार्छन अनि आफ्नो महत्व बढ्छ रजाइ गर्न पाइन्छ भनेर नभएका समस्या पनि सिर्जना गरीदीन थाले देशमा विद्यमान प्रधान मन्त्री छान्ने कुनै समस्या हो जनताले सिर्जना गरेको संविधान निर्माणका कुरा आल टाल गर्नका लागी आफ्नो तथा कार्यकर्ताको राजकिय सुख सुविधा लम्याएर अस्थिरता ल्याउने खेल ।

यति हुदा हुदै जान्दा जान्दै फेरी यिनकै पछि लाग्ने हामी कस्ता छि छी यो पाटी त्यो पाटी भन्दै गाउँमा लाप्पा खेल्ने हामी विकसीत देशमा निती नियती र काम हेरेर भोट मन लागे दिने नलागे चुप लागेर आफ्नो गरीखाने चलन हेरेर जान्नु पर्ने हामीले के को माले झाले के को काँग्रेस फाँग्रस कुन भातेले हाम्रो थालमा भात हाल्दिन्छन खै नापे त ?
गुका किराले आएर हाम्रो बाँझो बारी जोतेको सपना देखेर अन्न रोप्ने सपना देख्ने पाखन्डपन लाइ अब हामी त्यागी दिऔ ।

यिनलाइ चेतावनि स्वरुप गाउँ गाउँ बाट बहिस्कार गरौँ यिनका कार्यक्रम भाषण सुनेर समय बर्बाद नगरौँ यिनको फटो छापेर यिनलाइ महत्व दिएर ठुला ठुला समाचार नछापौँ छापेको नहेरौँ यिनका कुरा आएकी च्यानल बन्द गरौँ अनि हेरौँ के गर्दा रैछन?

1 प्रतिक्रिया हरु:

Exactly true ho yini haru lai baal matlab dinu hunna

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More