October 11, 2010

दिनहु दांत ब्रश गर्नुहोस मुटुको रोगबाट बच्नुहोस्


दिनहुँ दाँत सफा गर्नाले तपाईं मुटुसम्बन्धी रोगबाट समेत जोगिन सक्नुहुन्छ ।
आयरल्यान्डको रोयल कलेज सर्जन्स र बि्रटेनको बि्रस्टल युनिभर्सिटिका अनुसन्धानकर्ताहरूको दाबी अनुसार, मुख फोहोर रहिरहे त्यहाँ उत्पन्न हुने जीवाणु रगतमा जान्छ र यसले गर्दा रगत जम्ने गर्छ । यसले मुटुको कुनै भाग प्राणघातक रूपले सुन्निन समेत सक्छ ।
मुख फोहोर हुँदा स्ट्रेप्टोकोक्स गोरडोनी जीवाणु उब्जिन्छ । यो जीवाणु सामान्यतया मुखभित्रै पाइन्छ । यसले दाँतको सतहमा पहेंलोपनालाई बढाउँछ । यो जीवाणु रगत निस्किरहेको गिजाबाट रक्त नलीमा प्रवेश गर्छ । अनि यसले मानव शरीरमा रगत जमाउँछ । रगत जम्ने गरेपछि हृदयाघातको खतरामा वृद्घि हुन्छ । यसैले दिनहुँ ब्रस गरौं, मुखमा जीवाणु उत्पन्न हुन नदिऔं र मुटु रोगलाई टाढै राखौं 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More