January 30, 2018

हराएका पुस्ता -कविता - जगन कार्की

कविता

बिस्व भूमण्डलीकारणको भुमरीमा
विद्युतिय संजालको आंधी बेहोरिसंगै 
 गंतब्यका गोरेटाहरु भुलेर 
हराएका पुस्ता हामी ।

परिबर्तनको तिब्र भेलमा 
नयाँ-पुराना मान्यताहरुको बेमेलमा 
ब्यबस्थापित हुन नसकी 
अस्तव्यस्त हाम्रा दिनचर्याहरु 

सूचना प्रविधिको बाढी संगै 
सत्य असत्य खुट्याउन नसकी 
देखावटि बजारका उपभोक्ता बन्दै 
हराउंदै गरेका हाम्रा चेतनाहरु 

सामाजिक संजालको हावामा 
बहकिएका युवापुस्ताहरु संगै हुर्कदों
गर्ने कम देखाउने बढी संस्कारले 
हराउदै गएको उद्यमशिलता

प्रबिधि बिकाशको चरम दुरुपयोग संगै 
समाजमा दुख पर्दा सहयोग गर्न छोडी  
तस्बिर खिच्न अघि सर्ने प्रवृति संगै 
हराउँदै गएका मानवीय संबेदानाहरु

आफ्नो बारी पाखा  बाँझो राखी ;
अन्नपात आयात गर्ने हैसियतमा  पुगेको ;
पराइ भुमिमा बिप्रेसण खेति गर्न लालाइत 
उत्पादन हराएका पुस्ता ।

कर्मकाण्डी ब्याकरण संगै 
उपहास र मानसिक यातनाले 
लेख्न बोल्न डराउँनु पर्ने 
भाषा हराउंदै गएका पुस्ता

अति राजनीति र बिक्रितीको 
सिकार बन्दै 
रुढीबाद सुधार्न नसकेर 
धर्म हराउंदै गएका पुस्ता

अति राजनीति र बिक्रितीको 
सिकार बन्दै 
रुढीबाद सुधार्न नसकेर 
धर्म हराउंदै गएका पुस्ता

बिदेशी मिडिया प्रभावले   
पराइ पहिरन र शैलीमोह बढेको
खस्किएको मौलिकताको जगेर्नासंगै
संस्कृति हराउँदै गएका पुस्ता

अतिरंजना र उत्तेजनाले बढाएको 
नकारात्मक सोच र शैलीको मलजलसंगै 
सकारात्मकता हराउंदै गएका पुस्ता

Follow writer: https://www.facebook.com/bimaljagan
Twitter:  @jaganbimal

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More