November 25, 2017

नेपाली दुतावास बेलायतको ७ दिनको तामझाम र यसका असरहरु - Harry Visit To Nepal Embassy


जगन कार्की 
बेलायत  स्थित नेपाली  दुतावासवासले गरेको सप्ताहब्यापी कार्यक्रम रुपमा भब्य देखिए पनि सारमा यसले  नेपाली समुदायहरु माझ पारेको प्रभावहरुबरे केहि मिहिन विश्लेषण र छल गर्नु पर्ने जरुरि देखिन्छ । 
सात दिनको कार्यक्रम शनिबार र आइतबारको छुट्टीमा बाहेक हप्ताभरि के साँची नै आवस्यक थियो ?  अथवा यसलाई कुनै होलिडेको समय पारेर जस्तै (आउंदै गरेको अप्रिलको इस्टर ब्रेक)मा गरेको भए अझ व्यापक बनाउन सकिने थिएन र ?  भन्ने जस्ता बिबिध प्रस्न नआएका हैनन्   प्रस्नको लागि प्रस्न गर्नु र ब्यबहरिकगएपछि आउने यथार्थ परिद्रिस्यले कार्यान्वयन पक्षलाइ प्रभाव पार्ने गर्दछ ।  कमिकमजोरीहरु आउने भनेको काम गर्दा नै हो अकर्मन्य भइ कामै नगरी फेस्बुके हलुका शैली र मिडियाबाजी गरेर चलाखीपूर्ण नाच  नाच्नु भन्दा डा दुर्गा बहादुर सुबेदीले गर्नु भएको यो प्रयास कति प्रसंसा गरेपनि कम नै देखिन्छ ।

कार्यक्रमका केहि पक्षहरुको विश्लेषण 
नेपाली ब्यापार प्रबर्धन : 
नेपाली ब्यापार नेपालीहरु माझ मात्र प्रबर्धन गर्न सफल मान्नु पर्ने देखिन्छ कारण सप्ताहको ब्यस्त दिन कार्यक्रम हुनु र  बेलायतका स्थानीय नागरिकको कम सहभागिता देखिनु  , तर पनि जुन हिसाबमा नेपाली उत्पादन र ब्यबसायलाइ यहाँको रैथाने समाजसंग घुलन गर्न भने पूर्णतह सफल नरहेको देखिएतापनि यो प्रयास भने सराहना योग्य छ । यहाका रैथाने लगानीकर्ता हरुलाई आकर्षित गर्न मन्त्रि नविन्द्रराज जोशीले हाइड्रो पावरमा राम्रो छ , पर्यटनमा लगानी गर भनेर घोक्रो फुकाएको भरमा मात्र लगानीकर्ता आकर्सित हुन्छन भन्ने सोच कम्तिमा बेलायत जस्तो परिस्कृत वित्तीय बजारका खेलाडी सामु भन्नु अपरिपक्व देखिन्छ  । 

कम्तिमा राज्यले बिदेशी लगानीलाई सुरक्षित गर्ने पोलिसी,  पूर्वाधार र बजार ब्यबस्थापन, र ब्यापारमा गर्ने सहजकारी भूमिका सम्बन्धि दरिलो प्रमाण सहितको अपिल बिना सजिलै लगानी भित्रिने देखिन्न । हाइड्रो-पावर भन्दा अझ आकर्षित लगानीको क्षेत्र भनेको पर्यटन पूर्वाधार, यातायात- रेल , दुर्गम क्षेत्रमा चलाउन सकिने सुरक्षित बस देखि ९५ प्रतिसत जनताको हातमा पुगेको दुर संचारमा यहाका भरपर्दा कम्पनिहरुलाइ किन लगानी गर्न आकर्षित गर्न नसक्ने ? त्यस्तै कृषि प्रविधि र वित्तीय क्षेत्रमा लगानी बारे भरपर्दो  चर्चा पनि कम देखियो । यस्ता गतिबिधिमा अझ परिस्कृत र रणनीतिक लगानीका योजनाहरु नआउनु र बिज्ञहरुबाट भन्दा मन्त्रीको हिसाबले औपचारिकताको लागि भासणले मात्र पक्कै पुग्दैन ।

पर्यटनका लागि भएका प्रयास र यसको चर्चा : 
पर्यटन प्रबर्धनमा दुतावासले गरेको बिबिध अन्तरक्रिया , प्रबर्धन साँझ देखि मन्त्रि र पर्यटन बोर्डका प्रबर्द्धक हरुलाई ल्याएर भइरहेका विभिन्न कार्यक्रमहरु अत्यन्त सराहनीय भएतापनि अलिकति परम्परागत शैलीकै हावी बढी भएको भने  देखिन्छ  । हुनत दुतावासको भूमिका यसमा सहजकर्ताको मात्र हुने होला मुख्य योजना र काम गर्ने त पर्यटन मन्त्रालय र त्यहाँका कर्मचारीहरुकै हुने हो तैपनि  दुतावासमा भोज खुवाएर , पत्रकारहरुलाई खुशी मात्र पारेर गर्ने पर्यटन प्रवर्धनका शैली भने परिबर्तन गरि यहाको समुदाय र पर्यटन सम्बन्धि चासो राख्नेहरु सम्म पुग्न रणनीतिक कार्ययोजनाको जरुरि भने देखिन्छ । 

नेपालको पर्यटन सम्बन्धि अध्यनरत नेपाली बिद्यार्थीहरुदेखी निसुल्क  स्वयंसेवा गर्न तयार नेपाली जमातलाइ सदुपयोग गर्न साथसाथै  उनीहरुलाई अवसर र प्रबर्धन गर्न   दुतावास र नेपाल सरकारले देखाएको नैरास्यता भने टिठ लाग्दो छ । 

हाल भइरहेको पर्यटन बोर्डले केहि नगर्नु भन्दा  पर्यटन दुत छनौटगरि एक व्यक्ति मार्फत गरिएको प्रयोग सराहना योग्य छ तर प्रत्यक नेपाली पर्यटन दुत बन्न सक्ने अवस्था सिर्जना गर्न  सक्नु भने अझ बुद्धिमानिपूर्ण कदम हुन सक्ला भन्ने देखिन्छ । यसकालागि कम्तिमा एनआरएन लगायत विभिन्न संघ संस्थाहरुका प्रतिनिधि सम्मिलित पर्यटन प्रबर्धन दुतहरु बनाइ अहिले भनिएको पर्यटन दुतको सम्योजकत्वमा बिबिध कार्यक्रम गर्नसके अझ प्रभावकारी बन्ने देखिन्छ  एकजना व्यक्तिलाइ पर्यटन प्रबर्धनको जिम्मा दिएर अरुले रमिता हेर्ने  वा त्यसले गरोस हामी हेरौला वा त्यसले राम्रो गरे सबै बर्बाद हुन्छ बरु असहयोग गरौँ  भनें भावना पनि हावी नहोला भन्न सकिन्न ।

गुर्खाजहरुको मामिलामा भएका प्रगति :
 गुर्खाजहरुको हकहितको रक्षामाबोल्नु र उनीहरुको स्वार्थमा साथ दिनु सुगौली सन्धि संगै सरकारले गरेको हस्ताक्षरको रक्षागर्नु पनि राजदुतको मुख्य भूमिका हुन जान्छ जुनकुरा यस अघिका  आयाराम र गयाराम राजदुतहरु भन्दा हालका डा सुबेदीले मिहिन ढंगले बिश्लेसण र बुझ्ने प्रयास गरेको कुरा छोटो समयमा नै उनका क्रियाकलापहरुले प्रस्ट परेका छन्   ।  भिक्टोरियाक्रस गुर्खाज हरुको तस्बिर अनावरण , उनीहरुको प्रतक्ष संलग्नतामा राजपरिवार देखि रक्षामन्त्रिलाइ साक्षी राखेर डा दुबसुले गर्नु भएको गुर्खाजहरुको प्रसंसा र उनीहरुको हकहितको लागि  बिनम्र अनुरोध अहिले सम्मका राजदुतहरुले गरेको कोठे प्रयास भन्दा अत्यन्त सराहनीय देखिन्छ अझ गुर्खाज मामिला हेर्ने गुर्खाज हरुकै एक छुट्टै निकाय दुतावासमा सिर्जना गरि अघिबढ्नसके उल्लेखनिय रहला । 

नेपाली, कला भाषा र संस्कृति प्रबर्धन : 
नेपाली भाषा र संस्कृतिको प्रबर्धनमा पनि यस कार्यक्रमको  उल्लेख्य योगदान रहेको पाइयो । विभिन्न ,नृत्य  कविता वाचन देखि अन्तरक्रिया सम्मका कार्यक्रमले नेपाल  सम्बन्धि चिन्तनमनन गर्ने गराउने काममा कुनै कसर राखेको पाइएन । 

बेलायत-नेपाल सम्बन्ध सुधारको पक्ष : 
यस पक्षमा दुतावासको प्रयास गतिलो भएपनि अझै सुधारका सम्भावनाहरु देखिएका छन् । बेलायती समुदायलाई नेपालप्रति सकारात्मक भाव जगाउन , पर्यटन प्रबर्धन गर्न राजदुत एक्लैको प्रयासले हुने कुरा हैन तर हरेक नेपाली नागरिकले एक देशको एक दुतको भूमिका खेल्ने बाताबरण बनाइदिने बारे सोच्नु पर्ने देखिन्छ । नेपाली पत्रकारहरुले नेपाली मिडियामा मात्र लेख्ने र नेपाली नै चर्चा बढी भएको   हुनाले समाचार र संचार यहाको स्थानीय गैर नेपाली बेलायती समुदायमा पुग्न केहि कठिन देखिएको अर्को तितो पक्ष पनि छ त्यसमा हाल अन्तरास्ट्रिय मिडियामा  आएको उल्लेखनिय कभरेजले पनि उल्लेखनिय भूमिका निभाएको छ यसकालागि दुतावासले रणनितिक उपाय अपनाई दुइ देशका सरकार मात्र नभई  नागरिक स्तरसम्मको सम्बन्धलाइ प्रगाढ बनाउन प्रसस्त अवसरहरु देखिन्छन् । 

नेपाली समुदायको प्रसंसा र गुनासा : 
कार्यक्रममा भागलिन नपाउनेको गुनासो छंदै छ भाग लिन पाउने हरुको पनि केहि गुनासाहरु आए । जस्तै दुतावासले नेपाली पत्रकार हरुलाई अत्यन्त फितलो व्यवहार गरेको , फोटो खिच्न बिदेशी पत्रकारहरुलाई बढी भाउ दिएको इत्यादी बाहिरी गुनासा बाबाजुद  त्यहाँ उपस्थित संघ-संस्थाका अधिकाम्स प्रतिनिधीहरुमाझ खट्किएको पक्षभने असभ्य र मर्यादाहिन ढंगले उठ्ने, बस्ने र खानपान गर्दिने , देशकै बेइजत हुने किसिमले आएका पाहुनाहरुसंग व्यवहार गर्दिने अर्को पक्ष प्रति जुन सजकताले दुतावासले कार्यक्रम तर्जुमा गरेको थियो त्यो पनि अत्यन्त सराहनीय देखिन्छ । 

जसरि हलुका संग प्रिन्स ह्यारी र अन्यसंग फोटो  खिच्न नदिएको र निमंत्रना नगरिएको दोष दुतावासलाइ हामी लगाउँछौं त्यस्तै गम्भीर रुपले हामीले खल्ती खल्तीमा कार्यालय बोकेर हिड्ने च्याउसरि खडा गरिएका संस्थाका अनगिन्ति प्रतिनिधिहरु  अनि ति प्रदिनिधिहरुले हरेक कर्यक्रममा संस्थाको बोस बनि आफै मात्र स्थाई रुपमा गइदिएर संस्थाका अरु प्रतिनिधि हरुलाई रोकेको पक्ष पनि सोचनीय हुन्  ।बेलायत स्थित नेपाली संस्था  संस्थाका हाकिमहरुले सोच्नु पर्ने कुरा भनेको आफु एउटा कार्यक्रम मा सहभागी भएपछि अर्को कार्यक्रममा अर्को प्रतिनिधिपनि जाओस भनें भावना जागृत हुनु पर्ने हो । 
 दुतावासले संघ-संस्थाको प्रतिनिधित्व गराउंदा १ जना प्रतिनिधि माग्ने हो कि संस्थाको हाकिमको नाममा सिधै पत्र लेख्ने सोचनीय पक्ष होला । त्यस्तै कसरि केहि अमुक व्यक्तिहरु चाही दुतावासको हरेक कर्यक्रममा स्थाई पाहुना  बनिरहेका छन् त्यसमा पनि सोच्नु पर्ने देखिन्छ । 

प्रिन्स ह्यारी दुतावास आउने कुरा मध्यनजर गर्दै एवरेस्ट इनले तयार गरेको स्वादिस्ट खानाको परिकार र तयारी ह्यारीलाई खोपीका देउता जस्तो गरि परपरै भगाउनु र खान सम्मको व्यवस्था मिलाउन नसक्नु भने कम्जोर पक्ष देखिन्छ हुनत सबै संग पालो गर्दै अंकमाल गर्न दिएपनि कुरा फेरी फितलो ब्यबस्थापन भन्ने नै आउने थियो । भएको त्यतिहो अलिकति हालीमुहाली हुने दुतावासलाइ थर्काएर स्थाई भोज खाने स्थाइ पाहुनाहरुले  स्थान नपाएको गुनासो मात्र होला । खैर,  यी सबै क्रिया र प्रतिक्रियाले नै हामी सबैलाई परिस्कृत गर्दै लैजाने हो अब आउँदा दिनहरुमा सबै पक्षले मनन गर्नु पक्ष हुन् | 

अन्य मुलुकको तुलनामा बेलायतमा नियुक्त हुने राजदुतको भूमिका भने अलिकति बिसिस्ट किसिमको हुनुपर्ने देखिन्छ कारण एकतर्फ यहाँ रातो पासपोर्ट धारी ठुलो  नेपाली समुदाय , गुर्खाजहरुका परिवार, हरियो पासपोर्टधारी नेपाली ,पेशाकर्मीहरु र   बिद्यार्थीहरु सम्मको हकहित र भावनाका कुराहरु समेट्नु पर्ने हुन्छ भने अर्को तर्फा २ देश बिषको सम्बन्ध प्रगाढ गर्न सरकारी तहका कामकारबाही देखि मुलुकको स्वार्थ अनुरुप काम गर्नु पर्ने हुन्छ ।  प्रश्न राजदुतले हरियो पासपोर्ट धारी नेपाली नागरिकको स्वार्थ रक्षा गर्ने कि रातो पासपोर्ट धारी नेपाली को गर्ने भन्ने पनि छ? 

यी बिबिध पक्ष र पाटाहरुबाबजुधपनि  नियुक्त भएर आएको छोटो समयमा नै  विभिन्न ब्यक्तित्वहरुसंग परामर्स र सुझाव लिएरयो भब्य कार्यकर्मको आयोजना गर्दै  सफल ढंगले कार्यनवयन गर्नु यस अघि आउने राजा-महाराजाका दर सन्तानले पारिबारिक बिरासत सम्झी आफ्ना-आफ्नालाइ छानेर मोज र भोज मात्र गराउनु नै राजदुतको कर्तब्य हो भन्ने  शैलीको  अन्त्य  गरि  एक साधारण किसानको छोरो राजदुत भएर आउँदा गरेको असाधरण कामले भबिस्यमा आउने राजदुतहरुका   काम कारबाही र क्षमतालाइ पनि चुनौती थपिदिएको छ । 
( बिजनेस कन्सल्टेन्ट पेसामा अभ्यासरत लेखक कार्की  व्यापार प्रशाशनमा डक्टरेट गर्दैछन् )
Mar 23, 2017, - Published on Nepali Patra 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More