October 13, 2018

बुद्ध जन्मिएको सर्टीफिकेट र औचित्य

By Jagan Karki , Published in Online khabar & Setopati
बुद्ध जन्मिएको सर्टीफिकेट र औचित्य 

यो पवित्र बुद्ध भूमीमा,
क्रान्ति र युद्धको खेति फस्टाएन 
आऊ शान्ति र सद्भावको खेती गरौँ ।

हिम्सा, जात, धर्मको राजनितीले खल्बल्याएको शान्ति फिर्तागर्न आऊ 
मिलेर समता र सद्भावको दियो बालौं ।


बुद्ध दर्शन र मार्गबाट आफैँ बिचलित छन् 
हाम्रा मानसिकता र आचरणहरु 
छिमेकिसँग बुद्ध जन्मिएको सर्टिफिकेट खोज्नको के अर्थ? 
हत्केलाले सुर्य छेकिन्न, दुनियालाइ थाहा छ 
बुद्ध नेपालमा जन्मिएका हुन् भनि ,
तर प्रश्न : के हामीले हाम्रा ब्यबहार र आचरण हरुमा 
बुद्ध नेपालमा जन्मिएको प्रमाणित गर्दैछौँ ?

बुद्धले भने, पहिला तिमी बदलेऊ 
अनि बदलिनेछ तिमीले भनेको संसार ।
हामी त पहिला आफु नै नबदलियी 
लाग्यौं पहिला संसार बदल्न ।
आफ्नै देशमा जात, धर्म ,क्षेत्र, हिम्साको आगो लगाई 
हामी बिश्वलाइ शान्ति र बुद्ध संदेश सिकाउछौँ ।
आफैँ कालोबजारी मलजल गर्छौं 
तिनै संग समान खरिद-बिक्रि गरी, 
पैसा र शक्तिको आडमा घुस दिन तयार भइ 
हाम्रै काम पहिला गराउछौं हामी ,
अनि भन्छौ कोबजारी मौलायो, भ्रस्टाचार फैलियो,  
सरकार यसलाई रोक 
मानौ सरकार पालन कर्ता विष्णुले पठाएको दुत हो 
छु मन्तर गरि समस्या हल गर्ने । 
कठै हामी! ३ करोड नेपालीले मिलेर बिगारेको काम 
त्यो बबुरो सरकार एक्लैले के गरोस ? 
गर्न  सक्दैन 
अनि  चाहिन्छ हामीलाई कसैले बनाइदिएको  
नया जादुमयी सरकार ।

आऊ अन्धेरीलाई सत्तोसराप गर्ने ,
हाम्रा यी उर्जाहरु खेर नफालौं
बालौं  दिओ सानै भएपनि, शान्ति र सम्वृद्धिको 
जसले दिओस थोरै भएपनि  प्रकाश यो अन्धकारमा ।

आऊ बुद्ध जन्मिएको सर्टिफिकेट अरुसंग खोज्न छोडी 
पहिला लागु गरौँ बुद्ध आचरण हामी आफैंमा 
हाम्रो परिवार देश हुँदै शान्तिको बिगुल  फुकौँ बिश्वमा 
अनि  हेरौँ न कसले भन्दो रहेछ , 
बुद्ध जन्मिएका हैनन् नेपालमा ? 






0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More