October 31, 2016

सक्छन भने लोकमानले कम्तिमा १०० जना भ्रस्ट नेताहरुलाई संगै जेल लगेर अफ्नो राष्ट्र भक्ति प्रमाणित गरुन

सक्छन भने लोकमानले रास्ट्रकोलागि कम्तिमा १०० जना भ्रस्टहरुलाई जेल संगैलगेर अफ्नो राष्ट्र भक्ति र मान्छे भएर  सानातिना त्रुटी बाहेक गम्भीर  गल्ति नभएको प्रमाणित गरेर देखाउन | जेल नै जानु पर्ने, कलङ्कको टीको नै लगाउनु पर्ने भए यी भ्रस्टहरुको टीको भन्दा जनताको वहावावाही पाउन जेलबाट निस्किएर पनि आफ्नो वजन कायम राखून ।जनताको अदालतमा सबै भ्रस्टहरुका कर्तुत पर्दाफास गरुन - भ्रस्टहरुले नै आतिएर महाअभियोग ल्याएको देखेर जनताको आजको चाहना यस्तो देखिन्छ ।
खुब ठुलोठुलो कुरा सुनियो लोकमान कार्कीको आफै घुस दिएर आफै घुसिया समातेको र घुस लिन-दिन साना स्तरमा डराउने प्रवृति भएकै हो उनको पालामा । फुटबल म्याच फिक्सिंग , नक्कली डाक्टर समातिएका,  केहि बहालवाला मन्त्रीहरु बर्खास्ती भएकै हुन् । के लोकमानले सरकारी आडमा कारोबार गर्ने  केहि कालोकोटवालाहरु , मानव-दानवअधिकारवालाहरुलाइ समात्न थालेपछि बबण्डर सुरुगरिएको हो ? उनलाई आयुक्त बनाउनेहरु देखि अख्तियारकै आडमा कालो धन्दा चलाउने हरुलाई अब उनि नै चुनौती बनेको हो ? प्रतिसोध अब नेताहरुले लिन लागेका हुन् ? आज सम्म उनीहरुले गर्दै आएको सम्पूर्ण भ्रष्टचारको कलङ्क एउटा व्यक्ति लोकमानलाइ लगाएर उनीहरुले सफाया पाउलान ? आजको  जल्दो प्रस्न संगै लोकमानको  गोप्य तयारी सम्बन्धि  सामाजिक संजालमा सार्बजनिक भएको एउटा सनसनीपूर्ण लेख  हेर्नुहोस :
--------------------------
तीन ठूला दलका नेताहरुको संलग्नतामा भएका ठूला घोटाला काण्डको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी थालेका एक गोप्य स्रोतबाट खुलेको छ । ठुलो समुहको नेपाली प्रेस र केहि पत्रकारहरु पनि महाअभियोग काण्डमा बिकेको र  बिबादस्पद बनेकोले उक्त खबर ढाकछोप हुने  भयले विकिलिक्स र केहि अन्तरास्ट्रिय मिडियामा सम्पर्क भइ सकेको र सूचना तथा जानकारी हस्ताक्षेप् हुने र छापामार्ने धम्किले गर्दा सुरक्षित स्थानमा विदेशका आफ्ना सूचना केन्द्र पुर्याएको बताइएको छ । बिबादस्पद पत्रकार र मिडिया हाउसका इमेल र अनलाइन गतिबिधि  ह्याकरहरुको समूहको समर्थन रहेको विकिलिक्समार्फत कलेक्सनहुदै गरेकोले ति पत्रकारहरुको पनि नाम आउने बताईएको छ ।

माओवादी शिविरमा हजारौं नक्कली लडाकूको सूचि बुझाई भएको अरबौंको भ्रष्टाचार, उद्योग पत्नी राज्यलक्ष्मी गोल्छालाई सभासद बनाउँदा असूलिएको करोडौं रुपैयाँ लगायतका ठूला प्रकरणका फाइल पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने लोकमानले तयारी थालेका स्रोतले दाबी गरेको छ । 

केही ठूला राजनीतिक दलका नेताहरुको समेत संलग्नता रहेको भ्रष्टाचार काण्डलाई अगाडि बढाउन खोज्दा त्यसको सूचना चुहिएपछि रातारात आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको ठानेका लोकमानले केही दिनअघिदेखि सबै काण्डका फाइलहरु तयार गरेका र ती सबैलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने भएका हुन् । 

‘कारबाहीको लागि फाइल अगाडि बढाउन खोज्दा नदिइएपछि जनतालाई यथार्थ कुरा पस्किनुपर्ने पक्षमा रहेका लोकमानले छैठसम्ममा ठूला भ्रष्टाचार काण्डको यथार्थता पत्रकार सम्मेलनमार्फत जनतामाझ राख्ने तयारी गरिएको हो ।’ एक गोप्य स्रोतले भन्यो–‘अब अवस्था झनै गञ्जागोलपूर्ण हुने भयो ।’


कुन–कुन काण्डको फाइल सार्वजनिक होला ?

कार्कीले यसअघि सार्वजनिक रुपमै आफ्नो कार्यकालमा ठूला माछालाई जसरी भए पनि समात्ने घोषणा गरेका थिए । ठूला माछालाई समात्ने अन्तिम तयारी गरिरहँदा कार्कीमाथि महाअभियोग लागेको धेरैको दाबी छ । 

ठूला तीन दलकै शीर्ष नेताहरुविरुद्ध करोडौं भ्रष्टाचारको फाइल बनाएर कारबाही थाल्ने अख्तियारले तयारी थालेको थियो । अख्तियारभित्रकै कर्मचारीहरुबाट त्यस्तो तयारीको बिषयको सूचना लिक भएपछि ठूला दलहरुले महाअभियोग प्रस्ताव दर्ता गराएका देखिएको छ । 

ख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख भएर आएपछि कार्कीले भ्रष्टाचार गर्दै आएका सुब्बा, खरदार र शाखा अधिकृत तहका कर्मचारीहरुलाईसमातेका थिए । तल्ला तहका कर्मचारीहरुलाई एक पछि अर्को गरी समातिरहँदा उनको निकै प्रशंसा भएको थियो । केहीले त अख्तियारले सानालाई मात्रै समात्यो भनेर आरोप लगाए । ठूला मान्छेलाई पनि समात्नु पर्यो भनेर अख्तियार प्रमुख कार्कीलाई चुनौति दिईरहे ।

जब ठूला भन्ने मान्छेहरुलाई आवश्यक अनुसन्धान गरी कारवाही गर्ने तयारी भईरहेको थियो, तब कार्कीलाई नै महाअभियोग लाग्यो । एमाले, कांग्रेस र माओवादीका गरी करिब सयको हाराहारीमा रहेका नेताहरुमाथि भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको अभियोगमा अख्तियारले अनुसन्धान गरिरहेको थियो र तिनै काण्डका फाइलहरु सार्वजनिक गर्ने तयारी भइरहेको बुझिएको छ । 

कांग्रेसका २१ जना नेता, एमालेका तीन दर्जन र माओवादीका दर्जन भन्दा बढी नेताहरुले भ्रष्टाचार गरेको फाईल सार्वजनिक हुने बताइएको छ । हाल अख्तियार हाँकिरहेकाहरुले ती फाइल नष्ट गर्नका लागी तीनओटै दलका शिर्ष नेतृत्वबाट निर्देशन पाइरहेका बुझेपछि त्यसको एकप्रति बेलैमा सुरक्षित गरेका लोकमानले सबै भ्रष्टहरुलाई नंग्याउन लागेका हुन् ।

नेताहरु मात्रै होईनन् भ्रष्टाचारमा केही व्यापारीहरु समेत संलग्न रहेको तथ्यका आधारमा बनेका फाइल समेत सार्वजनिक हुनेछ । स्रोतका अनुसार, व्यवसायीहरु सचिनलाल श्रेष्ठ आचार्य, सतिशलाल श्रेष्ठ आचार्य, यति एयरलाईन्सका अध्यक्ष आङछिरिङ शेर्पा, व्यवसायी दीपक भट्ट, लिटिल एन्जल्स स्कुलका सञ्चालक एवं साँसद उमेश श्रेष्ठ र म्यानपावर व्यवसायी तथा कांग्रेस नेता टेकबहादुर गुरुङ भ्रष्टाचारमा संलग्न भएको फाइल समेत सार्वजनिक गर्ने तयारी भइरहेको छ । 

यति एयरलाईन्सका शेर्पा र दीपक भट्टले एमालेका नेताहरुसँग मिलेर कार्कीलाई हटाउन ठूलै रकम खर्च गरिरहेको स्रोतको भनाई छ । दीपक भट्ट सोलु करिडोर आयोजनाका ठेकेदार हुन् । अख्तियारले सोलु करिडोर आयोजनामा व्यापक अनियमितता भएको भन्दै कारवाही अगाडि बढाएपछि भट्ट कार्कीसँग रुष्ट थिए । त्यस्तै सेनामा रासन ठेक्कामा लगाउने र हतियार सप्लाई गर्ने व्यक्ति हुन् भट्ट ।

त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट मानिने सांसद तथा लिटिल एन्जल्सका मालिक उमेश श्रेष्ठमाथि करिब ९० करोड रुपैयाँ भ्रष्टाचारको मुद्दा रहेको स्रोतले बताएको छ । सो फाइल पनि बाहिर आउने छ।

त्यसैगरी पूर्व श्रम राज्यमन्त्री एवं सांसद टेकबहादुर गुरुङले ६० करोड अकुत सम्पत्ति जोडेको फाईल अख्तियारमा छ । श्रेष्ठ र गुरुङ देउवाका विश्वासिला मान्छे हुन् । कार्कीलाई हटाउन श्रेष्ठ र गुरुङ जोडबलले लागिपरेका छन् । 

त्यस्तै कांग्रेसका अर्का नेता एवं सांसद बहादुरसिंह लामाले करिब ८ करोड हिनामिना गरेको फाईल समेत बाहिर आउँदैछ । उता सुडान घोटाला काण्डमा मुछिएका कांग्रेसका पूर्व गृहमन्त्री एवं नेता कृष्ण सिटौलाले ६५ करोड रकम हिनामिना गरेको फाईल पनि सोही पत्रकार सम्मेलनबाट सार्वजनिक गरिनेछ ।

कांग्रेसका नेताहरु भन्दा पनि बढी एमालेका नेताहरु भ्रष्टाचार काण्डमा मुछिएको फाईल अख्तियारमा रहेको स्रोतको दाबी छ । एमाले नेताहरु वामदेव गौतम, सुवास नेम्वाङ, पूर्व कानुन मन्त्री अग्नि खरेल, राजेन्द्र पाण्डे, सुरेन्द्र पाण्डे, राज्यलक्ष्मी गोल्छासँगै केपी शर्मा ओली विरुद्ध पनि मुद्दा अख्तियारमा रहेको स्रोत बताउँछ । यी नेतासँग जोडिएका फाइल पनि लोकमानले बाहिर ल्याउन लागेका उच्च स्रोतको दाबी छ । 

एमाले कोटाबाट सांसद भएकी गोल्छाले आफूले पार्टीका लागि ७ करोड चन्दा दिएको यसअघि नै घोषणा गरेकी थिइन । त्यो ७ करोड रुपैंया विभिन्न च्यानल हुँदै केपी ओलीसम्म पुगेको बताइन्छ । त्यो ७ करोड के कसरी आएको र कुन कुन नेताले लिएको भन्ने विषयमा विभिन्न नेताहरुमाथि भएको अनुसन्धानको विस्तृत रिपोर्ट फाइलमा रहेको छ । 

भ्रष्टाचारको मुद्दामा अधिकांश माओवादी नेताहरु समेत संलग्न रहेको भेटिएको छ । माओवादी लडाकु सेनाको नाममा भएको रकम हिनामिनाको विषयमा अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत उर्जा मन्त्री जनार्दन शर्मा, उपराष्ट्रपति नन्दबहादुर पुन र पूर्व गृह मन्त्री शक्ति बस्नेत लगायतका नेताहरु मुछिएका छन् । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डको बारेमा अनुसन्धान गर्न एकजना अनुसन्धान अधिकृत नै तोकिसकिएको थियो।

नेपाली काँग्रेसका शेरबहदुर देउवा, आरजु देउवा, रामचन्द्र पौडेल सुजता कोईराला लगायत २३ जनामाथिे अनुसन्धान हुने संकेत पाएपछि भारतबाट समेत अख्तियारमाथि निरन्तर दबाब आएकाले फाइल पछि तानिएको थियो । सबैभन्दा बढी भ्रष्टचार गरेका काँग्रेस नेताको फाईल रोक्दा भएको सहमतिकै कारण कार्कीमाथिको महाअभियोगको प्रस्तावमा नेपाली काँग्रेसको नेतृत्व पछि हटेको अनुमान छ ।

लोकमानसिंह कार्कीसँग सबभन्दा बढी रुष्ट एमाले नेताहरु रहेका छन् । अख्तियारमा करिब ८० प्रतिशत कर्मचारीहरु एमाले निकटका थिए । जब कार्की आए त्यसपछि उनले कटौती गर्दै त्यो संख्या तीस प्रतिशतमा झारेका थिए ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More