October 13, 2016

प्रचण्ड ज्यु शक्तिमा जान भैंसी पुजा स्वीकार्य दशैंको टिका कसरी अस्वीकार्य?

माओवादी आन्दोलनमा सुप्रिमोको भूमिका निर्वाह गरेका पुष्पकमल दाहालको दसैं दृष्टीकोण विचित्रको छ । हुन त धेरै विषयमा उनको दृष्टीकोण प्राय लाभ केन्द्रित रहन्छ
। तर दसैंको अलमल र ढुलमुल पनि दृष्टीकोणकै द्धिविधा हो । यसमा उनले जनताको चाडलाई सम्मान गर्छौ भन्दै सहजतापूर्वक ग्रहण गर्न पनि सक्थे । कुन्नी किन त्यसो गरेनन् । वरु दसैंलाई पुनर्परिभाषित गर्नुपर्ने तर्क सहितको वक्तव्य जारी गरेर मिडियालार्ई केहि दिनका लागि मसला दिए ।
दाहालको वक्तव्य लगत्तै पार्टीबाट केहि समय अघि वाहिरिएका वावुराम भट्टराईले महिला र पुरुषको समानताको कुरा उठाउँदै दशैंको आशिर्वाद समय सापेक्ष वनाउनु पर्ने धारणा व्यक्त गरे । पहिलो पटक प्रधानमन्त्री हुँदा पशुपतिनाथमा भारतीय मुल पूजारी राख्न हुँदैन भन्ने दाहाल दोस्रो पटक दिल्लीको सहानुभूति प्राप्तीले सत्तामा पुगेपछि त्यहि पशुपतिनाथ निर्माणको जिम्मा भारतलाई दिन तयार भए । विराटनगरमा गरिएको भैंसी पूजा चर्चामै छ ।from Asiansamachar

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More