July 25, 2016

प्रचण्ड असली हिरो-तेस्रो दल भएर पहिलोलाइ पछि लगाएर दोस्रोलाइ कान्लामुनी पुर्याए

नबिन चन्द्र शर्मा जिको खबरदारी 
प्रचण्डजीलाई प्रधानमन्त्रीका लागि अग्रिम बधाई । 
जनमतका आधारमा तेस्रो दल भैइकन पनि पहिलो दललाई आफ्नो पछी लगाउन र दोस्रो दललाई मैदान बाहिर पुर्याउन सफल हुनु भयो। तपाईंको क्षमतालाई सलाम।
हाम्रो लोकतन्त्रको सुन्दर पक्ष, प्रधानमन्त्री हुने बित्तिकै दिनगन्ती शुरु हुन्छ। त्यसैले तपाईंसङ धेरै समय हुदैन। गर्नुपर्ने कामहरू धेरै छ्न्।मन्त्रीमन्डल तुरुन्त गठन गर्नुहोस् ।
सहयोगी मन्त्रीहरुको संख्यामा रेकर्ड राख्न जरुरी छ। ५० भन्दा घटी संख्याले कामहरु पूरा गर्न नसकिएला।कामको प्रभावकारीताका लागि संख्या सङ्सङै ठुला मन्त्रीहरुको उपस्थिति पनि त्यतिनै महत्वपुर्ण हुन्छ। त्यसैले उपप्रधानमन्त्रीहरुको संख्या १० पुर्याउनै पर्छ ।
राष्ट्रिय एकता जरुरी छ। मन्त्रीमन्डलको गठन मा कुनै पनि दलहरू नछुटुन्।अझ मन्त्रीहरुलाई पालोमा बाध्न सके लोकतन्त्रको उच्चतम अभ्यास हुने थियोे ।मन्त्रीहरुको चयनमा गच्छदार प्रवृतिलाई समावेश गर्न जरुरी छ। नभए नेपाल चलाउन गार्हो होला। चेतना भया।
निर्वाचनका लागि कुनै हतार छैन। दलहरुकै योगदानका कारण १४ वर्ष स्थानीय निकायहरुको निर्वाचन नहुदा पनि देश चलेकै छ। दलिय व्यवस्था मा दलहरुको अनुकुलतालाई पहिलो प्राथमिकतामा राख्नु पर्छ। अनुकुलता हेरेर मात्रै निर्वाचनलाई अघि बढाउनु पर्छ।
तपाईंहरु ले शुरु गर्नु भएको भागबन्डा कायमै राखौं । देशलाई उभो लागाउने उत्तम उपाय यहि हो।
तपाईंहरु धेरै अनुभवी हुनुहुन्छ ।त्यसैले हाम्रा कुराहरु सधैं बुझ्ने गर्नु हुन्छ। यस्ले नियमितता पाउओस्। 
अग्रिममा तपाईंको सफल कार्यकालको लागि कामना गर्दछु।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More