July 27, 2016

आइएसले कोशी पुल भत्काउने खबर फैलाएर कोशी पुलमा भारतीय सेना तैनाथ गर्ने प्रपंच?

२ दिन देखि भाइरल बनेको तलको खबर प्रायोजित् र नियिजीत् हिसाबमा ल्याएको देखिन्छ । पहिला बिमान अपहरण को नाटक गरेर बिमान स्थाप सम्म भारतीय मार्सल ल्याउने यस्तै डिजाइन भएको जानकारहरु बताउछन ।  

यो तलको भ्रमपूर्ण समाचार अन्नपूर्ण बाट लिएको हो हेर्नुस आफै बुज्नुस

अन्र्तराष्ट्रिय आतंकवादी संगठन (आइएस) लेसप्तकोसी नदीमा निर्माण गरिएको कोसी ब्यारेज भत्काउने चेतावनी दिएको छ ।


आइएसले सप्तकोशीमा निर्माण गरिएको ५६ ढोके कोसी पुल भत्काउने धम्की दिएपछी भारतीय अधिकारीले सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई लिखितपत्र पठाएर कोसी ब्यारेजको भरपर्दो सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेको छ ।

भारतको विहार राज्यको सुपौल जिल्लाका डिएम बैजनाथ यादवले सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई आइएसले कोसी व्यारेज भत्काउने चेतावनी दिएकाले भरपर्दौ सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

यादवको आग्रह पश्चात पूर्वाञ्चल क्षेत्रिय सुरक्षा समितिको बैठक बसेर कोशी ब्यारेजमा सशस्त्र र नेपाल प्रहीको विशेष टोली परिचालन गरी सुरक्षा व्यवस्था कडा बनाउने निर्णय गरेको छ । आइएसले दिएको धम्की पश्चात पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिको आपतकालीन बैठक बसी कोसी ब्यारेजको सुरक्षा व्यवस्था मिलाउन सुनसरीका सुरक्षा प्रमुखलाई निर्देशन दिएको छ ।

पूर्वाञ्चलका क्षेत्रीय प्रशासक तथा क्षेत्रीय सुरक्षा समितिका अध्यक्ष रामप्रसाद आचार्यको अध्यक्षतामा सुनसरीको पकली स्थित सशस्त्र प्रहरीको पूर्वाञ्चल कार्यालयमा बसेको बैठकले आइएसले कोसी ब्यारेज भत्काउने धम्कीलाई मध्यनजर गर्दै भारतले माग गरे अनुसारको सुरक्षा व्यवस्था मिलाउने निर्णय समेत गरेको छ ।

क्षेत्रीय सुरक्षा समितिको निर्णय अनुसार कोसी ब्यारेजमा सोमबारबाटै शसस्त्र प्रहरी र नेपाल प्रहरीको विशेष टोली परिचालन गरिएको सशस्त्र प्रहरी वल सीमा सुरक्षा कार्यालय सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक जयबहादुर खड्काले बताएका छन् ।

भारतिय गुप्तचर संस्था ‘र’ ले आयएसले कोसी ब्यारेजमा आक्रमण गरी भतकाउन लागेको सूचना पाएपछी भारितय संचारमाध्यमले समेत कोसी ब्यारेजमा आईएसले आक्रमण गर्न लागेको समाचार प्रकाशित गरेका छन् । 

भारतीय संचार माध्यममा कोसी ब्यारेज भत्काउने धम्की दिएको समाचार बाहिर आएपछी भारतको वीरपुर जिल्लाका डिएमले लिखित रुपमा नै जिल्ला प्रशासन कार्यालय सुनसरी र सप्तरीलाई पत्र लेखेर कोसी ब्यारेजको सुरक्षा व्यबस्था मिलाउन आग्रह गरेका छन्। 

सुपौल जिल्लाका डिएम बैजनाथ यादवले जिल्ला प्रशासन कार्यालय सुनसरी र सप्तरीलाई लिखित पत्र लेखेर आईसले कोसी ब्यारेज भत्काउने धम्की दिएको भन्दै भरपर्दो सुरक्षा व्यवस्था मिलाउन अनुरोध गरेपछी कोसी ब्यारेजमा प्रहरीको विशेष टोली परिचालन गरिएको पूर्वाञ्चलका क्षेत्रिय प्रशासक आचार्यले बताए ।

आइएसले कोशी ब्यारेज भत्काउने धम्की दिएपछी भारत सरकारले समेत विहार राज्यको हररिया र सुपौल जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको भारतीय पत्रकार राजिव कुमारले जानकारी दिएका छन् । उनका अनुसार भारतीय सीमा सुरक्षा बल एसएसबीले कोसी ब्यारेज आसपासको भारतीय भूमि विरपुर र भिमनगर क्षेत्रमा कडा सुरक्षा दिएका छन् ।

भारतले कोसी ब्यारेजको सुरक्षा गर्न आग्रह गरेपछी कोसी ब्यारेजको सप्तरी र सुनसरीको दुबै तर्फ सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षाकर्मी परिचालन गरिएका छन् । आइएसले के कारणले कोशी ब्यारेजमा आक्रमण गर्न लागेको भन्ने विषयमा भारत पक्षले स्पष्ट रुपमा भने खुलाएको छैन् ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More