July 23, 2016

ओलीले नैतिक धरातल गुमाएको भन्दै फोरम लोकतान्त्रिक र राप्रपा नेपालले पनि सरकार छोडे

सरकारमा सहभागी मधेसी फोरम लोकतान्त्रिक र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले  सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। शनिबार बसेको दुबै दलको संसदीय दलको बैठकले समर्थन फिर्ता लिएको हो । दुबै दलले अविश्वासको पक्षमा मतदान गर्ने निर्णय समेत गरेको छ ।

शनिबार फोरम लोकतनत्त्रिकको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । ओली नेतृत्वको वर्तमान सरकारमा फोरम लोकतन्त्रिकबाट तीन दुई मन्त्री छन्। प्रधानमन्त्री ओली विरुद्धको अविश्वासको प्रस्तावमा मतदान गर्ने स्वास्थमन्त्री रामजनम चौधरीले जानकारी दिए। फोरम लोकतान्त्रिकबाट सरकारमा उपप्रधानमन्त्री तथा भौतिक योजनामन्त्री विजय गच्छेदार, स्वास्थयमन्त्री रामजनम चौधरी र स्वास्थय सहायक मन्त्री राजा रज्जाक रहेका छन्। फोरम लोकतान्त्रिकका १४ सांसद रहेका छन्।

यसैगरी शनिबार नै बसेको राप्रपा संसदीय समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको राप्रपा संसदीय दलका उपनेता विक्रम पाण्डेले जानकारी दिए।

वर्तमान सरकारमा राप्रपाबाट दुई मन्त्री छन्। अब सरकार विरुद्ध संसदमा पेश भएको अविश्वासको पक्षमा पार्टीले मतदान गर्ने उनको भनाई छ । सरकारमा राप्रपाका दुई मन्त्री छन्। श्रम तथा रोजगार मन्त्री दिपक बोहोरा र बाणिज्यमन्त्री जयन्त चन्द सरकारमा सहभागी छन्। यसअघि प्रेमबहादुर सिंहले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट फिर्ता आएका थिए।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि ओली नेतृत्वको सरकारमा सहभागी दलले सरमर्थन फिर्ता लिनेक्रम बढेको छ। यसअघि राप्रपा र राष्ट्रिय समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट फिर्ता आएका थिए।


0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More