बेलायतमा भएको जनमत संग्रहको बाछिटा नेपालसम्म पनि आइपुगेको छ । नेपाल सरकारका उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब हिन्दु राष्ट्रबारे जनमत संग्रह गर्नुपर्ने माग गरेका छन् । त्यस्तै संघियता बारेपनि जनमत संग्रह गरेर हेरौं कसले जित्छ भनेर उप प्रधानमन्त्री चित्र बहादुर केसीले जबर्जस्ती लादिएको संघियता धर्म निरपेक्षता खारेजीको माग गर्दै जनमत संग्रहमा जानुपर्ने बताए
।
राप्रपा नेपालले जनमत संग्रहको माग गरेको यो पहिलोपटक होइन । यद्यपि केपी ओली नेतृत्वको सरकारमा गएपछि थापाले यसलाई त्यति धेरै उठाएका थिएनन् ।
बेलायतमा भएको जनमत संग्रहको परिणाम आएकै दिन पोखरामा शुक्रबार आयोजित कार्यक्रममा थापाले हिन्दु राष्ट्र कि धर्म निरपेक्ष भन्नेमा जनमत संग्रह हुनुपर्ने बताए ।
Posted in:
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.