May 12, 2016

भारतीय दुताबासका कर्मचारीले दिए मधेसबादी दललाई आदेस-"आन्दोलन चर्काउ"


भारतीय दूतावासका उच्च अधिकारीले सप्तरी जिल्लाका मधेसवादी दलका नेतासँग भेटघाट गर्दै घोषित आन्दोलन चर्काउन आग्रह गरेका छन्। काठमाडौंस्थित भारतीय दूतावासका डेपुटी चिफ अफ मिसनले विनयकुमारले एक निजी स्टाफ नर्स पढाउने इन्स्टिच्युटमा मधेसवादी दलका नेतासँग गए राति भेटघाट गर्दै त्यस्तो अाग्रह गरेका हुन्।
नेपाल–भारत मैत्री संघले आयोजना गरेको पाठेघर र स्तन क्यान्सर परीक्षण शिविर उद्घाटन गर्न उनी मंगलबार राजविराज आइपुगेका थिए। स्वास्थ्य शिविर उद्घाटनका लागि आइपुगेका उनले मधेसवादी दलका जिल्ला स्तरका नेता कार्यकर्तासँग भेट गरी घोषित आन्दोलनबारे जिज्ञासा राखेका हुन्।

राजविराजस्थित छिन्नमस्ता ऐजुकेशनल ऐकेडेमीमा मधेशवादी दलका नेताहरुसँगको छलफलका क्रममा ड्युपटी चिफ अफ मिसन विनयकुमारले आन्दोलन सफल पार्न काठमाडौं केन्द्रीत आन्दोलनको विकल्प नरहेको भन्दै दृढतापूर्वक आन्दोलनमा होमिन आह्वान गरे।

झन्डै दुई घन्टा लामो उनको घेटघाटमा मधेसवादी दलका स्थानीय र केन्द्रीय नेतासँग अलग–अलग गोप्य भेटघाट गरेको एक सहभागी नेताले नागरिकन्युजलाई जानकारी दिए।

स्टाफ नर्सको पढाइ हुने छिन्नमस्ता एकेडेमी संघीय समाजवादी फोरम नेपाल निकट शैलेन्द्र मोहन झा स्वामित्वको हो। भारतीय दूतावास निकट मानिने उनी नेपाल—भारत मैत्री संघका केन्द्रीय सदस्य हुन्। भारतीय अधिकारीसँग मधेसवादी दलका नेताहरुको भेटघाट उनैले मिलाएका हुन्।

मधेसवादी दलका नेताहरुसँग छलफल गर्नुपूर्व उनले जिल्लास्थित दलहरु, पत्रकार, समाजसेवी तथा नागरिक अगुवासँग छलफल गरेका थिए। स्वास्थ्य शिविरको उद्घाटन तथा एक दशकदेखि अलपत्र रहेका पाँच विकास आयोजनाबारे जानकारी लिन सप्तरी आएको भनिए पनि विनयकुमारको सप्तरी बसाइको अधिकांश समय राजनीतिक भेटघाटमै ब्यतित हुन पुग्यो। उनी स्थानीय डिलक्स होटलमा बसेका थिए।

भारतीय दूतावासका अधिकारीसँग मधेशी मोर्चा सप्तरीका संयोजक एवम् राष्ट्रिय मधेश समाजवादी पार्टी सप्तरीका अध्यक्ष गजेन्द्र मण्डल, पार्टी वरिष्ठ केन्द्रीय उपाध्यक्ष शेखरकुमार सिंह, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र प्रसाद साह, सदभावना पार्टी सप्तरीका अध्यक्ष सुनिलकुमार झा छलफल गरेका हुन्। यसैगरी सदभावना पार्टीका नेता दिपेन्द्र चौधरी, तराई मधेश सदभावना पार्टी सप्तरीका अध्यक्ष कपिलदेव यादव, बरिष्ठ नेता एवं विश्लेषक खुशिलाल मण्डल सहितकाहरुको उपस्थित रहेको थियो।

'अधिकार नपाएसम्म अान्दोलन चर्काउनोस्'

From : Nagariknews 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More