May 14, 2016

टिकापुर घटना पछि मत्थर भएका थारुहरुलाई फेरी उचाल्दै भारत


मधेसकेन्द्रित आन्दोलनमा उक्त क्षेत्रका प्रभावशाली आदिवासी थारुहरुको संलग्नता न्यून र उदासीनता बढी देखिएको बेला उक्त समुदायको सक्रियता बढाउन विभिन्न आन्तरिक र वाहृय प्रयास हुन थालेका छन्।
वैशाख १४ देखि १६ गतेसम्म चितवनको सौराहामा सम्पन्न अन्तर्राष्ट्रिय थारु सम्मेलनमा नेपालका विभिन्न भागहरूसँगै भारतबाट पनि थारूहरु सहभागी थिए।

त्यसको दुई सातापछि भारतको उत्तरप्रदेशअन्तर्गत लखिनपुर खिरीमा सहकार्य र समन्वयका साथ रोटीबेटीका सम्बन्ध भएका समुदायहरुसँगै अघि बढ्नुपर्ने निर्णय गरिएको त्यहाँ सहभागी स्रोतले बताएको खबर आजको अन्नपूर्णमा चुडामणि भट्टराई समाचार लेखेका छन् ।भारत सरकारका प्रतिनिधिहरुसमेत समावेश ती सम्मेलनमा थारुहरु भारतका लागि मधेसीजत्तिकै नजिक भएको स्पष्ट संकेतमात्र दिइएन, आगामी दिनमा सरकारद्वारा दिइने छात्रवृत्तिसँगै विशेष विकास योजना थारुहरुप्रति लक्षित हुने आश्वासन दिइएको छ ।
भारतीय एजेन्सीहरुले मधेस आन्दोलनलाई जस्तै थारु समुदायभित्र घुसी उनीहरुलाइ आन्दोलित गर्ने रणनीतिका रुपमा यसलाई नेपाल सरकारले हेरेको छ ।
केहि समय अघि चितवन सम्मेलनमा भारतका तर्फबाट थारु समुदायको उत्थानका लागि थारु संग्रहालयलाई ५ करोड रुपैयाँ छात्रवृत्तिलगायत सहायता दिने घोषणा गरिएको थियो ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More