April 4, 2016

नेपालीको हृदय रुवाउने, देशको शिर निहुराउने खबर भुकम्प पिडित बालबालिका बिक्रीको खुलासा

एजेन्सीः बेलायती एक पत्रिकाले भूकम्पपीडित नेपाली बालबालिका करिब आठ लाख नेपाली रुपैयाँमा किनबेच भएको खुलासा गरेको छ ।

वैशाख १२ गते गएको भूकम्पमा परी परिवार गुमाए पनि बाच्न सफल नेपाली बालबालिका बेलायती परिवारले किन्ने गरेको खुलासा उक्त पत्रिकाको छ । १० वर्ष भन्दा कम उमेरका बालबालिकालाई बेलायती परिवारले किन्ने गरेको खबरमा उल्लेख छ । 

गिरोहले भूकम्पपीडित नेपाली बालबालिका र नेपालसँग सीमा जोडिएको भारतको बिहारका बालबालिका बेलायत लगेर बेच्ने गरेको खुलासा भएको हो ।

द सनले गरेको खुलासा अनुसार यसरी बिक्री हुने बालबालिकाको मूल्य ५ हजार दुई सय ५० पाउण्ड तोकिएको छ । जसको नेपाली मूल्य सात लाख ९० हजार हुन्छ । समाचारमा बालबालिका बिक्री गर्ने गिरोहको नाइके भारतीय नागरिक मख्खन सिंह रहेको दाबी गरिएको छ ।

यसरी बिक्री भएका बालबालिकालाई बेलायती परिवारले धर्मपुत्र–पुत्री अर्थात् घेरलु कामदारका रुपमा प्रयोग गर्न सक्ने उल्लेख गरिएको छ ।

सनको टोलीले ग्राहकको रुपमा मख्खनलाई नेपालको सीमाबाट ५० माइल टाढा रहेको भारतको जालन्धरमा भेटेका थिए । मख्खनसँगको सबै कुराकानी लुकाइएको क्यामेराबाट रेकर्ड गरिएको समाचारमा उल्लेख छ ।

मख्खनले द सनको टोलीलाई बालबालिकासँग समेत भेट गराएको खबरमा उल्लेख छ । मख्खनले भारतको बिहारका गरिब परिवारका बालबालिकालाई समेत यसरी नै बिक्री गर्ने गरेको समेत खुलासा गरिएको छ
ग्राहकको रुपमा मख्खनलाई भेट्न पुगेको द सनको टोलीलाई उनले बिक्रीका लागि १३ वर्षका बालक सुस्ती राम, १२ वर्षकी पूजा र १० वर्षका बालक अमितलाई भेट्टाएका थिए ।
खबरमा मख्खनले भेट्टाएका बालबालिका नेपाली हुन् वा भारतीय हुन भन्ने विषयमा भने केही उल्लेख गरिएको छैन ।

मख्खनले द सनको टोलीसँग परिचय गर्न लगाउदा १२ वर्षीया बालिका पूजाले आफ्नो उपनाम प्रिती रहेको बताएकी थिइन ।

द सनको टोलीलाई मख्खनले पहिला सम्झौता गरेपछि मात्र बालबालिका लान दिने बताएका थिए ।

समाचारमा यसरी नै भारत र भारतसँग सीमा जोडिएको नेपालका गरिब परिवारका बालबालिकालाई धर्मपुत्र वा पुत्रीको रुपमा र घरायसी कामदारको रुपमा बेलायतमा बिक्री गर्ने गरेको उल्लेख छ ।

मख्खनले सम्झौतापछि आफूले बालबालिका उपलब्ध गराउने तर आवश्यक कागजात आफै तयार गर्नुपर्ने बताएको समेत समाचारमा उल्लेख गरिएको छ ।

भारतमा यस्ता बालबालिका धेरै भएको र नेपालमा वैशाखमा गएको भूकम्पपछि बिचल्ली भएका धेरै बालबालिका समेत भारत पुगेकाले आफूले बिक्री गर्ने गरेको मख्खनले बताएको खबरमा उल्लेख छ ।
अन्न पूर्ण पोस्टबाट 

Child survivors of Nepal earthquake ‘being sold’ in the UK

Theresa May urges police investigation after the Sun reports that Nepalese and Indian children are being sold to British families as domestic slaves

Guardian news : http://bit.ly/1Sw4u9B

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More