April 27, 2016

टाईम वर्ष व्यक्ति बन्न मोदिलाई नेपालीले रोकेरै छाडे- नाकाबन्दीको मुल्य भारतले चुकाउनदैछ

विश्वका चर्चित सय व्यक्तिमा यस वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नपरेपछि विश्वभर चर्चा सुरु भएको छ । नेपालमा नयाँ संविधान जारी भएपछि भारतले गरेको ६ महिना लामो नाकाबन्दीपछि अन्तराष्ट्रिय तहमै मोदीको आलोचना भएको थियो ।
धेरैले मोदी चर्चित व्यक्तिको लिस्टमा नपर्नुको प्रमुख कारण नेपालमा भारतले गरेको नाकाबन्दी भएको अनुमान गरेका छन् ।

भारतीय नाकाबन्दीपछि नेपाली युवाहरुले मोदीलाई विश्वका चर्चित सय व्यक्तिको सूचीमा पर्न नदिन अभियान नै गरेका थिए ।
नेपाली युवाले ‘नो भोट मोदी’ अभियान चलाएर मोदीलाई विश्वचर्चित व्यक्तिको लिस्टमा नअटाउन दबाब दिएका थिए ।
बिहिबारमात्र विश्वचर्चित प्रतिष्ठित पत्रिका टाइम म्यागेजिनले सन् २०१६ को विश्वका सबैभन्दा प्रभावशाली सय व्यक्तिको सूची सार्वजनिक गर्दा त्यहा मोदी नपरेपछि नेपालमा भारतले गरेको नाकाबन्दीको चर्चा सुरु भएको छ ।
भारतीय प्रधानमन्त्री मोदी नपरेको सूचीमा भारतीय कलाकार, खेलाडी र बैंकर भने परेका छन् । भारतीय रिजर्भ बैंक (आरबीआई) का गर्भनर रघूराम राजन, अभिनेत्री प्रियंका चोपडा, टेनिस खेलाडी सानिया मिर्जा, फ्लिपकार्ड संस्थापक बंशल दाजुभाइ बिनी बंशल र सचिन बंशल, पर्यावरणविद् सुनिता नारायण पर्दा मोदी सूचीबाट आउट भएका हुन् ।
भारतीय गर्भनर, अभिनेत्री र टेनिस खेलाडी सूचीमा पर्दा मोदी नपर्नु आश्चर्य भएको भन्दै भारतय सञ्चार माध्ययमले मोदी आउट भएको खबरलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

सूचीमा चिनियाँ राष्ट्रपति सी जिनपिङ्ग, उत्तर कोरियाका तानाशाह किम जोङ्ग उन, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति बाराक ओबामा छन् ।
टाइमको सूचीमा फेसबुकका मालिक मार्क जुकर्बर्ग दम्पत्ति, जर्मनीकी चान्स्लर एङ्गेला मर्केल, पोप फ्रान्सिस र कमेडियन अजिज अन्सारीले भने स्थान पाएका छन् ।
अन्नपूर्णपोस्टबाट

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More